बागलुङ कालिका मन्दिरमा दर्शनार्थीको घुइँचो
नयाँ वर्ष २०८२ सालको पहिलो दिन बागलुङको प्रसिद्ध शक्तिपीठ बागलुङ कालिका भगवती मन्दिरमा दर्शनार्थीको घुइँचो लागेको छ ।
रुप्से झरनामा पर्यटकीय पूर्वाधार निर्माण गरिँदै
रुप्से झरनामा पर्यटकीय पूर्वाधार निर्माण गरिँदै
अर्जुनचौपारीका २६ जनामा मोतियाबिन्दु
अर्जुनचौपारी गाउँपालिकाका २६ जनामा मोतियाबिन्दु देखिएको छ । गाउँपालिकाले हिमालय आँखा अस्पताल पोखराको प्राविधिक सहयोगमा आयोजना गरिएको निःशुल्क आँखा जाँच शिविर तथा पालिकाको एकीकृत शिविरमा आँखाका बिरामीमा मोतियाबिन्दु भेटिएको हो ।
नयाँ वर्ष २०८२ प्रेरक बन्ने मुख्यमन्त्री पाण्डेको विश्वास
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सबै किसिमका चुनौती सम्बोधन गर्न नयाँ वर्ष प्रेरक बन्ने विश्वास व्यक्त गर्नुभएको छ ।
गुल्मीको २२ हजार हेक्टर जमिनमा मकै खेती
टोपलाल अर्यालरेसुङ्गा, वैशाख १ गते । किसान बारीमा मल फालेर मकै रोप्न वर्षाको प्रतीक्षामा थिए । भर्खरै भएको वर्षाले मकै किसानहरूलाई उत्साहित बनाएको छ । पहाडी जिल्लाहरूमा अधिकांश किसानले चैतमै मकै रोप्छन् । मकै रोप्ने केही बेला ढिप्किएपनि लामो वर्षा भएकाले मकै रोप्न सुरु गरिएको धुर्कोट गाउँपालिका–६ का राम बहादुर थापाले बताउनुभयो । चैतमा रोपेको मकै साउन महिनाको अन्तिममा पाक्ने गर्छ । खेतमा फागुन महिनामै मकै रोप्ने र गाउँका बारीमा चैतमा नरोपे कोदो रोप्न समस्या हुने गर्दछ । सुत्यवति गाउँपालिका–५ का युवराज भण्डारी खेतमा रोपेका मकै कम्मर–कम्मर आउने भए । तर, वर्षा नभएका कारण बारीमा मल फालेर मात्रै बस्नु परेको थियो । अहिले तीन दिन परेको वर्षाको कारण मकै रोप्न थालिएको भण्डारीले बताउनुभयो । फागुनमा नभएपछि केही गुल्मीमा २२ हजार ४१८ हेक्टर क्षेत्रफलमा मकै खेती हुने गरेको छ । बर्से मकै २० हजार ५१३ र बसन्ते एक हजार ९०५ हेक्टर क्षेत्रफलमा लगाउने गरिएको छ । जिल्लामा बर्से मकै ७१ हजार २०५ मेट्रिक टन र बसन्ते मकै पाँच हजार ९६७ मेट्रिक टन उत्पादन हुने कृषि ज्ञान केन्द्र गुल्मीका बाली संरक्षण अधिकृत प्रकाश मरासिनीले जानकारी दिनुभयो । पछिल्लो समय किसानहरूले उन्नत जातको मकैलाई प्राथमिकता दिन थालेका छन् । गुल्मीमा सबैभन्दा बढी क्षेत्रफलमा मकै लगाउने वर्षाको समयमा हो । फागुनदेखि वैशाखसम्म लगाउने मकैलाई बर्खे मकै भनिन्छ । उन्नतर्फ अरुण–२, मनकामना–३ र देउती जातको मकै धेरै लगाइन्छ । यो जिल्लामै उत्पादन हुने मकै हो । करिब ७० प्रतिशत किसानले हाइब्रिड जात अर्थात् सिपी र जेके मकै धेरै लगाउने गरेको कृषि ज्ञान केन्द्रका बाली संरक्षण अधिकृत मरासिनीले बताउनुभयो । जसका कारण जिल्लाको रैथाने बाली हराएर जाने समस्या देखिएको छ । किसानले धेरै उत्पादन गर्ने उद्देश्यले हाइब्रिड मकै लगाउने गरेका छन् ।
बुढेसकालमा सिप सिक्दै आमा
चुलोचौकोमा सीमित पश्चिम बागलुङको निसीखोला र ढोरपाटनका महिला ऊनमार्फत आयआर्जनमा जोडिन थालेका छन् । बुढेसकालमा यहाँका आमाहरू सिप सिकेर आयआर्जनसँग जोडिने प्रयासमा रहेका छन् ।
बजेट अभावमा सडक निर्माण रोकियो
बजेट अभावका कारण गण्डकी प्रदेश सरकारद्वारा बहुवर्षीय ठेक्कामार्फत म्याग्दीमा सञ्चालित छ वटा सडक स्तरोन्नति योजना निर्माण रोकिएको छ ।
नागरिकको स्वास्थ्य उपचारमा सरकार प्रतिबद्ध छ : सञ्चारमन्त्री गुरुङ
नेपाल सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सबै प्रकारका रोगको उपचार देश भित्रै गर्नेगरी सरकारले स्वास्थ्य क्षेत्रको सुधार गर्न लागेको बताउनुभएको छ।
बन्दीपुरमा रैथाने खाना एवं सांस्कृतिक महोत्सव सुरु
नेपाली नयाँ वर्ष २०८२ को उपलक्ष्यमा तनहुँस्थित पर्यटकीय नगरी बन्दीपुरमा सुरु गरिएको रैथाने खाना एवं सांस्कृतिक महोत्सव–२०८२ को गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले उद्घाटन गर्नुभएकाे छ ।
तनहुँमा चितुवा आतङ्क बढ्दाे
तनहुँमा पुनः नरभक्षी चितुवाले आतङ्क मच्चाएको छ । जङ्गलमा बस्ने चितुवा मानव बस्तीमा आएर मान्छेलाई आक्रमण गर्न थालेपछि यहाँका बासिन्दा आतङ्कित भएका हुन् ।
अन्नपूर्ण गाउँपालिकाको कृषि एम्बुलेन्स प्रयोगविहीन
म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले खरिद गरेको कृषि एम्बुलेन्स प्रयोगविहीन भएको छ ।
गलेश्वर मन्दिरको भेटीबाट सौन्दर्यकरण योजनालाई सहयोग
जिल्लाको प्रमुख धार्मिक पर्यटकीयस्थल गलेश्वर मन्दिरमा भक्तजनले चढाएका भेटीबाट सजावट योजनालाई सहयोग भएको छ । गलेश्वर शिवालय क्षेत्र विकास कोषले मन्दिरमा सङ्कलन भएको भेटीबाट बेनी नगरपालिकाले सञ्चालन गरेको गलेश्वर बजार सौन्दर्यकरण योजनाका लागि रु छ लाख सहयोग गरेको हो ।
सीमान्तको कुसुन्डा भाषा सिक्ने चाहना अधुरै
अमरराज नहर्कीतनहुँ, चैत ३१ गते । तनहुँमा एक मात्रै कुसुन्डा जातिकाे परिवार छ । त्यसै जातिकी दमौलीस्थित सत्यवती माध्यमिक विद्यालयमा कक्षा १० मा पढ्ने सीमान्त कुसुन्डाले आफ्नो कुसुन्डा भाषा सिक्न चाहनुभएको छ तर पाउनुभएको छैन ।कुसुन्डा भाषा बोल्ने र फैलाउने रहर भए पनि अवसर नपाएको सीमान्तले गुनासो गर्नुभयो । सीमान्तले भन्नुभयो, ‘आमालाई राम्रोसँग बोल्न आउँदैन भाषा सिक्ने रहर छ तर पाएको छैन ।’ भाषा हराए पहिचान हराउने भएकोले सिक्न चाहेको सीमान्त बताउनुहुन्छ । ‘हाम्रो समुदाय थोरै छ भाषा लोप हुन लागेकोले सिक्न चाहेको हुँ तर अवसर पाएको छैन’ सीमान्तले भन्नुभयो । विभिन्न सांस्कृतिक कार्यक्रममा लोपोन्मुख जातिको सम्मान गर्न भन्दै प्रमुख अतिथि बनाउने गरेको स्मरण गर्दै सीमान्तले कार्यक्रमको सम्बोधनमा आफ्नो भाषा बोलेर पहिचान दिन मन लागे पनि भाषा सिक्न नपाउँदा अधुरो रहेको बताउनुभयो ।व्यास नगरपालिका–१०, डिही गाउँ बस्ने सीमान्तको आमा इन्द्रमाया कुसुन्डा थोरै मात्र कुसुन्डा भाषा जानेको बताउनुहुन्छ । आफ्नो भाषा लोप भएर जाने चिन्ता भएर श्रीमान् राजा मामाले केही भाषा सिकाउनुभएको तर तालिम नपाउँदा पूरा नजानेको बताउनुभयो । पति राजा मामाको निधन भएयता इन्द्रमायाले कुसुन्डा भाषा बोल्न पाउनुभएको छैन । कुसुन्डा भाषा पूरै बोल्न जान्ने राजा मामाको २०७५ साल वैशाख ५ गते निधन भएको थियो । नेपाल आदिवासी जनजाति महासङ्घ जिल्ला समन्वय परिषद् तनहुँको निवर्तमान अध्यक्ष वसुन्धरा घर्तीले राजा मामालाई कुसुन्डा भाषाको पूरा ज्ञान भए पनि इन्द्रमायाले केही मात्र जान्नुभएको जानकारी दिनुभयो । राजा मामाले कुसुन्डा केटी नपाएपछि फरक जातिसँग विवाह गरेकाले एक पुस्ताबाट अर्को पुस्तामा भाषा स्थानान्तरण गर्न समस्या परेकाले कुसुन्डा भाषा लोप हुने अवस्थामा पुगेको घर्तीले बताउनुभयो ।कुसुन्डा समुदायको आफ्ना मौलिक भाषा, संस्कृति, मूल्यमान्यता, रीतिथिति लोपोन्मुख अवस्थामा रहेकाले प्रवर्द्धनको पर्खाइमा रहेको घर्ती बताउनुहुन्छ । घर्तीले भन्नुभयो, “ सरकारले मातृभाषा र संस्कृतिको अनिवार्य अध्ययन गर्नुपर्ने नीति बनाउने हो भने कुसुन्डालगायतका अन्य भाषा र संस्कृतिको संरक्षण गर्न सकिन्छ, होइन भने गुगलमा मात्रै सीमित हुन्छ ।” विकासको गति, समयको परिवर्तन, सामाजिकीकरण, वन विनाश, गैर जातीय विवाह प्रणाली लगायतले गर्दा भाषा र संस्कृति लोप हुँदै गएको घर्तीले बताउनुभयो । फिरन्ते कुसुन्डा जातिको जीवन पहिले जङ्गलमै बित्थ्यो । स्थायी घर र बसोबास नभए पनि उनीहरूका आफ्नै कला, संस्कृति र संस्कार थिए । वनमा बस्ने भएकोले वन राजा भनेर चिनिन्थे । जङ्गली जनावर सिकार गरेर र वनकै कन्दमूल खाएर जीवनयापन गर्ने कुसुन्डा आफ्नो मौलिकतालाई क्रमशः त्यागी समाजमा सम्मिलन हुँदै गएका छन् । यो जातिमा मानव जातिकै प्रारम्भिक अवस्थाको प्रतिनिधित्व गर्ने संस्कार थियो । तनहुँमा एक घरपरिवार मात्रै कुसुन्डा छन् । इन्द्रमायाको परिवार आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानले एक रोपनी जग्गा खरिद गरी तीन कोठे घर निर्माण गरिदिएको घरमा बस्दै आउनुभएको छ । कुसुन्डा जातिको संरक्षणको लागि प्रतिष्ठानले नै विसं २०६१ पुस ७ गते राजा मामाको विवाह इन्द्रमाया तामाङसँग गराइदिएको थियो । कुसुन्डाहरू स्याउलाका एक पाखे छाना भएका अस्थायी टहरा बनाउँदै फिरन्ते रूपमा जङ्गलका विभिन्न ठाउँमा बसोबास गर्दथे । जङ्गली रूख बिरुवाका ठूल्ठूला पात गाँसेर ओछ्याउने र ओढ्ने गर्थे । धनुष वाण, कालिज, गोहोरो, वन कुखुरा, मृग, स्याललगायतको सिकार गर्दथे ।वन तरुल, निगुरो, गिठा, भ्याकुर, सिप्लीगान जस्ता जङ्गलमा पाइने कन्दमूल तथा तरकारी खाएर जीवनयापन गर्ने गर्दथे । जङ्गलमै बच्चा जन्माउने, स्वास्थ्य सुरक्षा नहुँदा बच्चाहरू मर्ने जस्ता कारणले कुसुण्डा लोप हुँदै गएकाले तनहुँका कुसुन्डा परिवारलाई सामाजिक जीवनमा ल्याइएको व्यास नगरपालिका वडा नम्बर १० का निवर्तमान वडाध्यक्ष तुलसीराम सापकोटाले जानकारी दिनुभयो ।
प्रभावित स्थानीयले पाए मुआब्जा
तनहुँको आँबुखैरेनी गाउँपालिका–४ स्थित मस्र्याङ्दी जलविद्युत् केन्द्रबाट प्रभावित बासिन्दाले मुआब्जा पाएका छन् । प्रभावित क्षेत्र जलविद्युत् बाँधको किनारको बस्तीका बा
कालिगण्डकी बगरमा स्याउखेती
मुस्ताङ, चैत ३१ गते । मुस्ताङको कालिगण्डकी नदी तथा शाखा नदीको तटीय गेग्रान बगरमा गरिएको स्याउखेती । मुस्ताङका एक दर्जन बढी गाउँहरुमा नदी क्षेत्रको खेर गईरहेका खाली जमिनमा स्तरोन्नति गर्दै स्थानीय कृषकहरुले उच्चघनत्व प्रविधिमा आधारित हाईब्रिट स्याउ लगाउन थालेका छन् । तस्बिरः रासस
सिद्धार्थ राजमार्ग छोट्याइन्छ : मन्त्री पौडेल
नेपाल सरकारका उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले आगामी बजेटमा सिद्धार्थ राजमार्ग सरकारको प्राथमिकतामा पर्ने बताउनुभएको छ । सिद्धार्थ राजमार्ग बुटवल,
पोखराको लेकसाइडमा सुरु भयो नव वर्ष महोत्सव
पर्यटन राजधानी पोखराको लेकसाइडमा शनिबारबाट २० औं फेवा नव वर्ष महोत्सव सुरु भएको छ। पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले शनिबार आयोजित सभामा महोत्सव उद्घाटन गर्नुभयो।
दुम्कीवासको डाइभर्सन खोलाले बगायो, यातायात अवरुद्ध
दुम्किबासको विनयी खोलामा आएको बाढीले डाइभर्सन बगाएपछि नारायणघाट–बुटवल सडक पूर्ण रूपमा अवरुद्ध भएको छ। दाउन्नेमा बाक्लो धुलोमाथि हल्का पानी परेर सडक अवरुद्ध भइरहेका बेला विनयी खोलामा आएको बाढीले डाईभर्सन नै बगाएपछि थप समस्या भएको हो।
देशलाई समृद्ध बनाउन प्रदेश संरचना आवश्यक छ : मुख्यमन्त्री पाण्डे
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले नेपालमा राजसंस्था पुर्नस्थापना हुन नसक्ने बताउनुभएको छ ।
अझै भेटिएनन् अन्नपूर्णको हिउँपहिरोमा बेपत्ता निग्मा र रिमा
अन्नपूर्ण हिमालको हिउँपहिरोमा बेपत्ता दुई जना आरोहीका सहयोगीको खोजीकार्य स्थगित भएको छ ।
उत्पादनमा जोड्न आमाहरूलाई पाठी र बोका वितरण
राधाकृष्ण डुम्रेस्याङ्जा, चैत ३० गते । स्याङ्जाको वालिङ नगरपालिका–१ का महिलाहरूलाई उत्पादनमा जोड्न बाख्राको बिउ पाठी र बोका वितरण गरिएको छ । स्थानीय साहार बाख्रा पालन स्वावलम्बी महिला कृषक समूहका सदस्यहरूलाई पाठी तथा बोका वितरण गरिएको हो । आर्थिक समृद्धिका लागि साझेदारी कार्यक्रम अन्तर्गत ‘भोकालाई एक छाक भोजन होइन, जिउने जुक्ति सिकाऔँ भन्ने मुलनाराका साथ वालिङ नगरपालिका र हेफरको आर्थिक सहयोग तथा दियालो संस्थाको व्यवस्थापनमा सञ्चालन भइरहेको ‘वालिङ कृषि विकास परियोजना’ अन्तरगत बिउका रूपमा पाठा पाठी वितरण गरिएको हो । कार्यक्रममा बोल्नुहुँदै वडा नं.१ का वडाध्यक्ष पदमराज गुरुङले महिलाहरूलाई उत्पादनमा जोड्न बाख्रा वितरण गरिएको बताउनु भयो । साना किसानलाई उत्पादनमा जोड्न सके मात्रै देशमा आर्थिक समृद्धि आउने उहाँको भनाई छ । ग्रामीण क्षेत्रको विकासका लागि महिला उत्पादनमा जोडिन जरुरी रहेको उहाँले बताउनु भयोबाख्राको नस्ल सुधार गरी आम्दानी बढाउन पाठी सँगै बोका वितरण गरिएको वालिङ नगरपालिकाको पशु सेवा शाखा प्रमुख डाक्टर रोशन बस्यालले बताउनु भयो । नस्ल सुधारका लागि कृषक आफै पनि सचेत हुनु पर्नेमा उहाँको जोड छ । साहारा बाख्रा पालन स्वावलम्बी महिला कृषक समूहका २१ जना सदस्यहरूलाई पाठा पाठी वितरण गरिएको वडा अध्यक्ष गुरुङले बताउनु भयो । समूहका अधिकांश सदस्यहरू दलित महिला रहेको समूहकी अध्यक्ष सुधा विकले बताउनु भयो । वालिङ नगरपालिकाले साझेदार संस्थासँग मिलेर वडा नं.१ देखि ७ सम्मका महिला तथा साना किसानलाई उत्पादनमा जोड्न विभिन्न क्रियाकलाप गर्दै आएको नगर प्रमुख कृष्ण खाँणले जानकारी दिनुभयो । उहाँले भन्नुभयो,“पहिलो चरणमा सात वडामा गरिएको क्रियाकलाप प्रभावकारी भएको छ, अव थप १४ वटै वडामा सञ्चालन गर्ने योजना छ ।”कार्यक्रम मार्फत एक हजार ६ सय महिलालाई आबद्ध गराउने योजना रहेको पालिकाले जनाएको छ ।
बसको झ्यालबाट टाउको निकाल्दा ठोक्किएर मृत्यु
साधन घर्ती म्याग्दी ,चैत ३० गते । मुस्ताङबाट बेनीतर्फ आउँदै गरेको बसको झ्यालबाट टाउको बाहिर निकाल्दा गेटमा ठोक्किएर सल्यानकी एक बालिकाको मृत्यु भएको छ । शुक्रवार राती करिब १० बजेको समयमा रा १ ख १६१३ नम्बरको बस बेनपा–९ ,गलेश्वर स्थित धर्मशाला परिसर भित्र जाने क्रममा टाउको गेटमा ठोक्किएर उक्त बसमा सवार सल्यान जिल्लाको त्रिवेणी गाउँपालिका–६,लवाङकी १५ वर्षीया सरस्वती ओलीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका सूचना अधिकारी सागर पौडेलले जानकारी दिनुभयो ।उहाँका अनुसार,समयमा घटनास्थलमा गम्भीर घाइते ओलीको बेनी प्रादेशिक अस्पतालमा उपचारको ल्याइए पनि चिकित्सकले मृते घोषणा गरेका थिए । शव पोस्टमार्टमका लागि अस्पतालको शव गृहमा राखिएको छ भने बस चालक पनि प्रहरी नियन्त्रणमा रहेका छन् ।
बन्ने भयो मुस्ताङको छेङ्गुर–झोङ पुल
मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको झोङखोलास्थित छेङ्गुर–झोङ पक्की पुल बन्ने भएको छ । भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालय अन्तर्गत चा
मर्स्याङ्दीको विद्युत् उत्पादन घट्यो
तनहुँ, चैत ३० गते । जिल्लाको आँबुखैरेनी गाउँपालिका–४ स्थित मर्स्याङ्दी जलविद्युत् केन्द्रबाट अहिले ३० मेगावाट मात्रै विद्युत् उत्पादन हुने गरेको छ । ६९ मेगावाट क्षमताको यस केन्दबाट हाल ३० मेगावाट अर्थात् ४० प्रतिशत मात्रै विद्युत् उत्पादन भएको हो । लामो समयदेखि सुख्यायाम हुँदा नदीमा पानीको बहाव कमि भएकाले उत्पादन ह्वात्तै घटेको केन्द्रका प्रमुख इञ्जीनीयर पशुपति गौतमले बताउनुभयो । गौतमले भन्नुभयो, “यस वर्षको हिउँदमा पानी परेन्, लामो खटेरीले गर्दा विद्युत् उत्पादन घटेर ४० प्रतिशत झरेको छ ।” हाल ४० मेगावाट विद्युत् उत्पादन हुनुपर्नेमा लामो खडेरी गर्दा ३१ मेगावाट पुगेको गौतमले जानकारी दिनुभयो । केन्द्रमा २३र२३ मेगावाटका तीनवटा टर्बाइन रहेका छन् । यो केन्द्र सन् १९८९ मा निर्माण सम्पन्न भएको हो । सो केन्द्रबाट उत्पादित विद्युत् चितवनको भरतपुर र काठमाडौँको स्युचाटार स्टेशनमार्फत राष्ट्रिय प्रसारण लाइनमा जोडी वितरण हुँदै आएको छ । सुख्यायाम भएकाले नदीमा मिसिने खोला, झरना, खोल्सीको पानी घटेको तथा कतिपय सुकेकाले उत्पादनमा असर परेको गौतमले जानकारी दिनुभयो । केन्द्र प्रमुख गौतमले भन्नुभयो, “वैशाख लागेपछि घाम चर्को लाग्ने हुँदा हिउँ धेरै पग्लने र वर्षा बढी हुने भएकाले उत्पादन बढ्दै जाने विश्वास लिइएको छ ।”सुख्खा मौसममा विद्युत् उत्पादन कम हुँदा प्राधिकरणले भारतबाट विद्युत् आयात गर्नुपर्ने बाध्यता छ । मर्स्याङ्दी हिमालबाट बगेर आएको नदी हो । चिसो मौसममा तापक्रम घट्दै जाँदा हिउँ कम पग्लिने र वर्षा नहुँदा यसका सहायक नदी, खोला, खोल्सी, झरनामा पानीको बहाव घढेसँगै विद्युत् उत्पादन पनि घट्ने गरेको हो ।