मेलाको खर्च सार्वजनिक
चैते दशैँका अवसरमा बागलुङमा आयोजना गरिएको धार्मिक सम्मेलन तथा चैत्राष्टमी मेला –२०८१ मा ४८ लाख रुपियाँ बढी खर्च भएको छ । आयोजक बागलुङ कालिका भगवती गुठी व्यवस्थापन समितिले सोमबार पत्रकार सम्मेलन गरी मेलाको आयव्यय सार्वजनिक गरेको हो ।
कालीगण्डकी हुँगीको पुरानो घाटलाई धार्मिक पर्यटकीय क्षेत्र बनाइने
स्याङ्जाको गल्याङ नगरपालिका–११ स्थित कालीगण्डकीको तटमा रहेको पुरानो घाट क्षेत्रलाई धार्मिक पर्यटकीय क्षेत्र बनाइने भएको छ ।
बुढीगण्डकी जलविद्युत् आयोजना प्रभावितका लागि मुआब्जा निर्धारण
बुढीगण्डकी जलविद्युत् आयोजनाबाट प्रभावित क्षेत्रका बासिन्दाका लागि मुआब्जा निर्धारण गरिएको छ । चुमनुब्री गाउँपालिकाका जनप्रतिनिधि, प्रवर्धक कम्पनी साहस ऊर्जाका प्रतिनिधि र स्थानीयको सहभागितामा मुआब्जा निर्धारण गरिएको हो ।
शिक्षाको गुणस्तर सुधारका लागि आर्थिक सहयोग
स्याङजामा रहेका सामुदायिक विद्यालयको गुणस्तर सुधारका लागि कोरियामा रहेका नेपालीहरुले झण्डै १४ लाख सहयोग गरेका छन् ।
आगलागीले १६२ हेक्टर जङ्गल सखाप
तनहुँका जङ्गलमा आगलागी बढ्न थालेको छ । १२ ठाउँमा लागेको आगलागीबाट एक सय ६२ हेक्टर जङ्गललाई सखाप पारेको डिभिजन वन कार्यालय तनहुँका सूचना अधिकारी वन अधिकृत राजकुमार श्रेष्ठले जानकारी दिनुभयो ।
बागलुङको सर्कुवा पूर्ण खोप सुनिश्चित घोषणा
दक्षिण बागलुङको जैमिनी नगरपालिका ४ सर्कुवालाई पुर्ण खोप सुनिश्चित वडा घोषणा गरिएको छ ।
म्याग्दीमा ४० जलविद्युत् आयोजनाबाट हजार मेगावाट विद्युत् उत्पादन हुँदै
हिमाली जिल्ला म्याग्दीमा सञ्चालनको प्रक्रियामा रहेका र सञ्चालनमा आइसकेका जलविद्युत् आयोजनाहरुबाट एक हजार मेगावाटभन्दा बढी विद्युत उत्पादन हुने भएको छ ।
बन्दीपुर अस्पतालमा ३६५ दिनै ओपिडी सेवा सुरु
तनहुँको बन्दीपुर गाउँपालिका–४ बन्दीपुर बजारस्थित बन्दीपुर अस्पतालले बहिरङ्ग (ओपिडी) सेवा १३ घण्टा सञ्चालन गरेको छ । बिरामीको सहज उपचारका लागि सार्वजानिक बिदाको दिन समेत गरी ३६५ दिनै सेवा दिने गरी वैशाख १ गतेदेखि बिहान ७ देखि साँझ ८ बजेसम्म ओपिडी सेवा सुरु गरेको हो ।
पर्यटकका आँखामा ल्होमन्थाङको कुण्ड
मुस्ताङको ल्होमन्थाङ गाउँपालिका–५ स्थित प्राकृतिक रूपमा जमिनबाट निस्किएको तातोपानी पछिल्लो समय स्वदेशी तथा विदेशी पर्यटकको आकर्षणको केन्द्र बन्दै गएको छ ।
पर्यटकको पर्खाइमा हात्तीढुङ्गा
बागलुङको जैमिनी नगरपालिका–९, पैँयुँथन्थापमा हात्तीको मुखाकृति (सुँड) जस्तै भएको ठुलो ढुङ्गा छ । जसलाई स्थानीयले हात्तीढुङ्गा नामकरण गरेका छन् । उक्त हात्तीढुङ्गा
नयाँ वर्ष साँझमा गुन्जियो बेँसीसहर
लमजुङ सदरमुकाम बेँसीसहरमा नयाँ वर्ष २०८२ को शुभारम्भका अवसरमा साङ्गीतिक साँझ सम्पन्न भएको छ । बेँसीसहर नगरपालिकासँगको साझेदारीमा नेपाल टेलिभिजन
चलचित्र छायाङ्कनकोे ‘हब’ बन्दै मुस्ताङ
पछिल्लो समय बेनी–जोमसोम–कोरला सडकमा आवतजावत गर्न सहज भएसँगै यहाँ चलचित्र छायाङ्कनको आकर्षक गन्तव्य बनेको छ ।
ढोरपाटन–गुर्जा पदमार्गमा काठे पुल निर्माण
ढोरपाटन सिकार आरक्षको गुर्जाघाट र म्याग्दीको धवलागिरि गाउँपालिका–१ गुर्जा जोड्ने पदमार्गमा पर्ने हुचिनखोलामा काठको पुल निर्माण भएको छ ।
स्मार्ट भिलेज घलेगाउँमा आमन्त्रित गोल्डकप सुरु
नयाँ वर्षको अवसरमा सोमबारदेखि स्मार्ट भिलेज घलेगाउँमा आमन्त्रित गोल्डकप फुटबल प्रतियोगिता सुरु भएको छ । आठौं स्मार्ट भिलेज आमन्त्रित गोल्डकप फुटबल प्रतियोगिताको सूचना तथा सञ्चार प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले उद्घाटन गर्नुभयो ।
पर्यटकको आकर्षक बन्दै लोमान्थाङको तातोपानी कुण्ड
मुस्ताङको लोमान्थाङ गाउँपालिका–५ मा अवस्थित प्राकृतिक रुपमा जमिनबाट निस्किएको तातोपानी पछिल्लो समय स्वदेशी तथा विदेशी पर्यटकको आकर्षणको केन्द्र बन्दै गएको छ ।
डुबेर बालिकाको मृत्यु
लमजुङको दोर्दी खोलामा नुहाउने क्रममा पानीमा डुबेर एक बालिकाको मृत्यु भएको छ । दोर्दी गाउँपालिका-४ नौथरसेरा निवासी पाँच वर्षीया रश्मी तामाङको दोर्दी खोलामा डुबेर मृत्यु भएको हो ।
तमानखोलामा जिप दुर्घटनाः एक जनाको अवस्था गम्भीर
बागलुङको तमानखोला गाउँपालिकामा भएको जिप दुर्घटनामा घाइते भएका मध्य एक जनाको अवस्था गम्भीर रहेको छ ।
आफ्नै शरिरमा आगो लगाएका वृद्धको मृत्यु
आफ्नै शरिरमा पेट्रोल खन्याएर आगो लगाएर आत्मदाहको प्रयास गरेका एक वृद्धको मृत्यु भएको । पेट्रोल खन्याएर शरीरमा आगो लगाएका बागलुङको ताराखोला गाउँपालिका–१ भुस्कातका ८० वर्षीय हस्तबहादुर गुरुङको आइतबार राति मृत्यु भएको हो ।
स्याङ्जामा ब्राह्मण सङ्ग्राहलय निर्माण
आँधीखोला गाउँपालिका–१ बाटास्वारामा स्याङ्जामा ब्राह्मण सङ्ग्राहलय निर्माण गरिएको छ ।
मुस्ताङमा ३४ बोरा अवैध शालिग्राम बरामद
मुस्ताङमा ठृलो परिमाणमा अवैध शालिग्राम शीला प्रहरीले बरामद गरेको छ । मुस्ताङको बारागुङ मुक्तिक्षेत्र–३ स्थित इलाका प्रहरी कार्यालय छुसाङ चेक पोष्टले विभिन्न समयमा चेक गर्दा ३४ वटा सेतो बोरामा प्याकिङ गरिएको ८९४ केजी शालिग्राम शीला बरामद गरेको जिल्ला प्रहरी कार्यालय मुस्ताङले आज जनाएको छ ।
बागलुङको तमानखोलामा जिप दुर्घटना : १० जना घाइते
बागलुङको तमानखोला गाउँपालिकामा पिकअप जिप दुर्घटना हुँदा १० जना घाइते भएका छन् ।
नेपाललाई पर्यटनको हव बनाउने सरकारको सपना : सञ्चारमन्त्री
सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले नेपाललाई पर्यटनको हव बनाउनुपर्ने बताउनुभएको छ । पर्यटनबाटै नेपालको सम्वृद्धी सम्भव हुने उहाँले बताउनुभयो ।
कास्कीको रुपा गाउँपालिकामा स्वास्थ्य बिमा कार्यक्रम सुरु
कास्कीको रुपा गाउँपालिकाले स्थापना गरेको रुपा अस्पतालमा सोमबारदेखि स्वास्थ्य बिमा कार्यक्रम सुरु भएको छ । बिमा बोर्डसँगको सहकार्यमा रुपा अस्पतालले स्वास्थ्य बिमा कार्यक्रम सुरु गरेको हो ।
वालिङमा १९० जनामा भेटियो मोतियाबिन्दु
स्याङ्जाको वालिङ नगरपालिकाका विभिन्न वडामा पुगेर नागरिकको आँखा परीक्षण गरिएको छ । गाउँ तहमा नै पुगेर गरिएको आँखा परीक्षणबाट नागरिकहरु खुसी भएका हुन् ।