दाउन्नेको ट्राफिक व्यवस्थापन गर्न डेढ सय प्रहरी परिचालन
पूर्व पश्चिम राजमार्ग अन्तर्गत नारायणघाट–बुटबल सडक खण्डको दाउन्नेमा ट्राफिक जाम व्यवस्थापन गर्न नवलपुर खण्डमा मात्रै डेढ सय बढी सुरक्षाकर्मी परिचालन गरिएको छ ।
गत वर्षको च्याम्पियन मधेशलाई कर्णालीले हरायो
पोखरामा जारी दोस्रो संस्करणको केपी ओली कप टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगितामा डिफेन्डीङ च्याम्पियन मधेश प्रदेश कर्णालीसामु निरीह बनेको छ ।
गण्डकी विश्वविद्यालयको कुलपतिमा प्राडा. तिवारी
गण्डकी विश्वविद्यालयको कुलपतिमा प्राडा. ईन्द्रप्रसाद तिवारी नियुक्त हुनुभएको छ । मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले शुक्रबार तिवारीलाई नियुक्तिपत्र प्रदान गर्नुभएको हो ।
तेक्वान्दोका नवौँ डान गुरुङलाई पोखरामा सम्मान
तेक्वान्दोमा सबैभन्दा माथिल्लो उपाधि नवौँ डान प्राप्त गर्न सफल ग्रान्डमास्टर तुलसीकुमार गुरुङलाई सम्मान गरिएको छ ।
कुरिलो टिप्न जङ्गल गएका युवा भालुको आक्रमणबाट सख्त घाइते
लमजुङको क्व्होलासोथार गाउँपालिका–७, भोजेमा कुरिलो टिप्न जङ्गल जानुभएका एक युवक भालुको आक्रमणबाट सख्त घाइते हुनुभएको छ ।
व्यास नगरपालिकाद्वारा गौरवका योजना कार्यान्वयनमा
तनहुँको व्यास नगरपालिकाले छनोट गौरवका आयोजनालाई कार्यान्वयनमा ल्याउन थालेको छ ।
कृषकलाई २५७ वटा हाते ट्याक्टर वितरण
पुतलीबजार नगरपालिकाले कृषकहरुलाई २५७ वटा हाते ट्याक्टर वितरण गरेको छ ।
केरा खेतीतर्फ किसान आकर्षित
स्याङ्जाको कालिगण्डकी गाउँपालिका–५ बास्टारीका कृषकहरु व्यावसायिक केरा खेतीतर्फ लागेका छन् ।
सहज बन्दै बेनीका सडक
म्याग्दीको सदरमुकाम बेनीदेखि ग्रामीण बस्ती जोड्ने ग्रामीण सडक ढलान र स्तरोन्नति भएपछि स्थानीयवासीलाई आवतजावतमा सहज भएको छ ।
जैविक मल उत्पादन गर्दै ठोट्नेखोला सामुदायिक वन
सामुदायिक वन समूहले काठको विकल्पका रूपमा अन्य वन पैदावारबाट रोजगार सिर्जनासँगै आयआर्ज गर्न सुरु गरेका छन् । वनभित्र थुप्रिएका ज्वलनशील पदार्थको उपयोग गर्दै वन समूह रोजगारीसँगै जैविक मल उत्पादनमा जुटेका हुन् ।
पदमार्गले जोडियो प्रसिद्ध जलजला र माटे
जिल्लाको सबैभन्दा उच्च स्थानमा अवस्थित प्रसिद्ध धार्मिक एवं पर्यटकीयस्थल जलजलादेखि माटेको लेक पुग्ने पदमार्ग निर्माण सम्पन्न भएको छ ।
बेनी नगरमा दुई विद्यालयको नतिजा शून्य, ११ विद्यालय कमजोर
बेनी नगरपालिकाको आधारभूत तह कक्षा ८ को नगरस्तरीय परीक्षामा सहभागी ३३ विद्यालय मध्ये दुई वटा सामुदायिक विद्यालयको नतिजा शून्य भएको छ भने ११ वटा विद्यालयको नतिजा कमजोर देखिएको छ ।
पालिकास्तरीय अस्पताल भवन अलपत्र
मङ्गला गाउँपालिकास्थित १० शय्या क्षमताको पालिकास्तरीय अस्पताल भवन अलपत्र बनेको छ । विसं २०७८ असारमा दुई वर्षभित्र सम्पन्न गर्नेगरी नौ करोड ११ लाखमा ओमबुद्ध इन्टरनेसनल कन्ट्रक्सनले ठेक्का लिएको थियो ।
मर्स्याङ्दी जलविद्युत् केन्द्रद्वारा ४० प्रतिशत मात्रै विद्युत उत्पादन
तनहुँको आँबुखैरेनी गाउँपालिका–४ स्थित मर्स्याङ्दी जलविद्युत् केन्द्रले ४० प्रतिशतमात्रै विद्युत उत्पादन गरेको छ । ६९ मेगावाट क्षमताको यस केन्दबाट हाल ३० मेगावाट अर्थात ४० प्रतिशत मात्रै उत्पादन भएको केन्द्रका प्रमुख इन्जिनियर पशुपति गौतमले बताउनुभयो ।
दाउन्ने सडक : बिस किलोमिटर जाम, यात्रुको बिचल्ली (फोटो फिचर)
पूर्व पश्चिम राजमार्ग अन्तर्गत नारायणघाट–बुटवल सडक खण्डको दाउन्नेमा चिप्लो बाटोका कारण सवारी साधन चल्न नसक्दा यात्रुको बिचल्ली भएको छ । राति १२ बजेदेखि एउटा गाडी पनि पास हुन नसकेको जिल्ला प्रहरी कार्यालयका प्रमुख, प्रहरी उपरीक्षक यादव ढकालले जानकारी दिनुभयो ।
सुशील गर्बुजा हत्यामा संलग्न थप नौ जनालाई एक वर्ष कैद सजाय
एक वर्षअघि बेनी बजारमा भएको सुशील गर्बुजाको हत्यासम्बन्धी मुद्दामा ९ जनालाई जिल्ला अदालत म्याग्दीले एक÷एक वर्ष कैद सजायको फैसला गरेको छ । यसअघि हत्याका मुख्य अभियुक्त ६ जनालाई दोषी ठहर गर्दै जन्मकैदको फैसला गरेको थियो ।
दुई प्रदेश जोड्ने कालीगण्डकीमा बन्यो पक्की पुल
कालीगण्डकी नदीमाथि पक्की पुल निर्माण भएको छ । गण्डकी प्रदेशको तनहुँ र लुम्बिनी प्रदेशको पाल्पा जोड्ने पक्की पुल निर्माण भएसँगै दुई वटा प्रदेशका नागरिकलाई आवतजावतमा सहज बनेको छ ।
मुग्लिङ–पोखरा सडक: ४८ प्रतिशत प्रगति
काठमाडौँ र पूर्वी नेपाललाई पर्यटन राजधानी पोखरासँग जोड्ने सडक सहज हुँदै गएको छ । पोखरादेखि मुग्लिङसम्मको सडक स्तरोन्नतिले गति लिँदा पछिल्लो समय कास्कीको पोखरा महानगर क्षेत्रमा पनि तीव्र गतिमा काम भइरहेको छ । यसअघि मापदण्डका संरचना, बिजुली पोल, खानेपानी पाइप व्यवस्थापन जस्ता समस्याले काम सुस्त थियो ।
गोरखा–जितगढी एकीकरण पदयात्रा तनहुँ आइपुग्यो
ऐतिहासिक महत्त्व बोकेका स्थानको प्रवर्द्धन गर्ने उद्देश्यका साथ सुरू भएको नेपाली सेनाको ऐतिहासिक गोरखा–जितगढी पदयात्रा तनहुँ आइपुगेको छ ।
कोरला नाकाबाट सामान ल्याउन पहल
उपल्लो मुस्ताङका व्यापारीले चीनको स्वशासित क्षेत्र तिब्बतसँगको सिमाना कोरला नाकाबाट घरायसी प्रयोजनका लागि मात्र नभई व्यावसायिक रूपमा सहज हुने गरी सामान ढुवानीको वातावरण बनाउन आग्रह गरेका छन् ।
प्राकृतिक चिकित्साले चामत्कारिक उपचार
नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुन स्वास्थ्योपचारका लागि थुप्रै मुलुक धाउनुभयो ।
नाबालिकालाई वेश्यावृत्तिमा लगाउने दुई जना पक्राउ
जिल्ला प्रहरी कार्यालय बागलुङले नाबालिकालाई वेश्यावृत्तिमा लगाएको आरोपमा दुई जनालाई पक्राउ गरेको छ ।
गाडीले च्यापेर एक जनाको मृत्यु
म्याग्दीको धवलागिरि गाउँपालिकाको ताकम-मच्छिम-मुना सडकअन्तर्गत उत्तिसिनेमा आज दिउँसो बोलेरो जिप मर्मत गर्ने क्रममा च्यापिएर एक जनाको मृत्यु भएको छ ।
केपी ओली कप क्रिकेट : गण्डकी हिरोज सेमिफाइनलमा
पोखरामा जारी दोस्रो केपी ओली कप टी–२० राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताको समूह ‘बी’ बाट गण्डकी हिरोज सेमिफाइनलमा प्रवेश गरेको छ । प्रतिकुल मौसमका कारण खेल रोकिदाँ गण्डकी रनरेटमा अघि बढेको हो ।