दश लाख खर्चेर राधाकृष्ण मन्दिर पुनःनिर्माण
सिरानचोक गाउँपालिका–५, छोप्राकस्थित फौदर गाउँको राधाकृष्ण मन्दिर पुनःनिर्माण भएको छ । गाउँपालिकाको आर्थिक सहयोग र स्थानीयको श्रमदानमा मन्दिरको पुनर्निर्माण सम्पन्न भएको हो ।
जिपको ठक्करबाट दुई वर्षीया बालिकाको मृत्यु
बलेरो जिपको ठक्करबाट तनहुँमा एक बालिकाको मृत्यु भएको छ । व्यास मार्गमा पर्ने तनहुँको व्यास नगरपालिका–७ कलेस्ती बजारमा ठक्कर दिँदा सोही ठाउँकी दुई वर्षीया दिप्सा श्रेष्ठको मृत्यु भएको प्रहरीले जनाएको छ ।
असोज १३ देखि सफा र सुकिलो नोट साट्न पाइने
नेपाल राष्ट्र बैंकले यस पटकको दसैँलाई लक्षितगरी सर्वसाधारणका लागि आगामी असोज १३ गतेदेखि २२ गतेसम्म सफा तथा सुकिला बैंक नोट सटही सुविधा दिने भएको छ ।
ढाकमर गाउँ
कलात्मक पहाडले घेरिएको मुस्ताङको लो–घेकर दामोदरकुण्ड गाउँपालिका– २ को ढाकमर गाउँको बेनी–जोमसोम–कोरला सडकको घमी–चराङ खण्डबाट खिचिएको तस्बिर । पृथक भूगोल र हावापानी उपल्लो मुस्ताङको आकर्षण हो ।
मनकामना केबुलकार असोजबाट सञ्चालनमा आउने
मनकामना केबलकार असोज १ गतेबाट पुन नियमित रूपमा सञ्चालनमा आउने भएको छ । मनकामना दर्शन प्रालिले बुधबार एक सूचना जारी गर्दै २ महिनापछि मनकामना केबुलकार स्तरोन्नति गरी पुन सञ्चालनमा ल्याउन लागेको मनकामना केबलकारका नायब महाप्रबन्धक उज्जल सेरचनले जानकारी दिनुभयो ।
दोहोरो नागरिकता लिन खोज्ने एक पक्राउ
नवलपुर प्रहरीले दोहोरो नागरिकता लिन खोज्ने एक जनालाई पक्राउ गरेको छ । जिल्ला प्रशासन कार्यालय पाल्पाबाट नागरिकता लिएर फेरि नवलपुरबाट लिन खोज्ने मध्यविन्दु नगरपालिका वडा नम्बर १० का तिलप्रसाद टोमटाका छोरा ३९ वर्षीय टिकाप्रसाद टोमटालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
पर्यटकीय याम सुरु हुँदै : पर्यटकीय राजधानीमा यस्तो छ तयारी
पोखरा यसै पनि विश्वमाझ परिचित पर्यटन गन्तव्य त हुँदै हो त्यहीँमाथि अहिले पोखराले पर्यटकीय राजधानीको उपमासमेत पाएको छ । पर्यटकीय राजधानी घोषणापछि पोखराले एउटा मुख्य पर्यटकीय याम गुजारिसकेको छ भने अर्को मुख्य पर्यटकीय याम असोजदेखि सुरु हुँदैछ
तनहुँमा २८ जनाले त्यागे नेपाली नागरिकता
तनहुँमा रहेका २८ जनाले नेपाली नागरिकता परित्याग गरेका छन् ।
गण्डकी प्रदेशसभा बैठक बस्दै
गण्डकी प्रदेशसभाको बैठक आज दिउँसो २ बजे बस्दै छ । चालु आर्थिक वर्ष २०८१/८२ को बजेट पारित गरेपछि स्थगन भएको प्रदेशसभा बैठक दुई महिनापछि बस्न लागेको हो ।
मुस्ताङको चितुवा गुफा पूर्वाधारको अभावमा ओझेलमा
मुस्ताङको घरपझोङ गाउँपालिका–५ ठिनीमा रहेको हिउँ चितुवा गुफामा पुग्ने पदमार्ग नुहँदा पर्यटकलाई समस्या भएको छ । मुस्ताङ घुम्न आउने पर्यटकलाई भुलाउन र बसाई लम्बाउनका लागि उपयुक्त सम्भावना बोकेको हिउँ चितुवा गुफा पूर्वाधारको अभावमा ओझेलमा परेको हो ।
मीना परियार हत्या प्रकरण : अभियुक्तलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश
म्याग्दीको बेनी नगरपालिका–९ तोरीपानीकी १९ वर्षीया मीना परियारको हत्या मुद्दाका सबै आरोपीहरुलाई जिल्ला अदालत म्याग्दीले पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको छ ।
चुमनुब्रीमा पर्यटन शुल्क लिइने
गोरखाको चुमनुब्री गाउँपालिकाले पर्यटकबाट पदयात्रा शुल्क लिने भएको छ । मनासलु संरक्षण क्षेत्र (एमक्याप) मा पदयात्रामा जाने विदेशीसँग एक हजार र नेपालीसँग दुई सय रुपियाँ शुल्क लिने गाउँपालिकाले निर्णय गरेको हो । गाउँपालिकाले आर्थिक ऐन, २०८१ अनुसार असोज १ गतेबाट लागु हुने गरी शुल्क लिने निर्णय गरेपछि ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) गण्डकीले आपत्ति जनाएको छ । संरक्षण क्षेत्र प्रवेशमा एमक्यापले विदेशीसँग तीन हजार लिने गरेको छ भने टे«ेकिङ एजेन्सिज एन्फर्मेसन सिस्टम (टिम्स) बापत थप दुई हजार लिने गरिएको छ ।
निर्माण क्षेत्रकी साहसी महिला गौमती
डेढ दशकअघि निर्माण क्षेत्रमा मजदुर भएर भित्रिनुभएकी रोल्पाकी गौमती बुढामगरले अहिले सफल निर्माण व्यवसायीको परिचय बनाउनुभएको छ । उहाँ महिलाले पनि निर्माण क्षेत्रमा काम गरेर सफल व्यवसायी बन्न सक्छन् भन्ने उदाहरण बन्नुभएको छ । ३८ वर्षीय गौमतीले १५ वर्षको यो अवधिमा विभिन्न आयोजनामा कठिन र चुनौतीपूर्ण कामको जिम्मा लिएर सम्पन्न गरिसक्नुभएको छ । गौमतीसँग भिर पहरामा झुन्डिएर काम गरेको अनुभव छ । ऊबेला मनाङको चामे सडक निर्माणका लागि श्रीमान् सहवीर घर्तीमगरसँगै गौमती मजदुरी गर्न जानुभएको थियो । त्यहाँ पाँच वर्ष मजदुरका रूपमा उहाँले सडक निर्माणको काम गर्नुभयो । गौमतीले रोल्पालगायत अन्य जिल्लाबाट सडक निर्माणका लागि आवश्यक पर्ने जनशक्तिको बन्दोबस्तीको कामसमेत गर्दै आउनुभएको थियो । मनाङको सडक निर्माणको काम सकेपछि २०७०
क्षयरोगबाट तनहुँमा १४ जनाको मृत्यु
तनहुँमा क्षयरोगबाट एक वर्षको अवधिमा १४ जनाको मृत्यु भएको छ । आर्थिक वर्ष २०८०/०८१मा क्षयरोगबाट सङ्क्रमित भएका आठ पुरुष र छ महिला जना महिला गरी सो सङ्ख्यामा मृत्यु भएको स्वास्थ्य कार्यालय तनहुँका सूचना अधिकारी सुदीप कँडेलले जानकारी दिनुभयो ।
भीरकोट र किचनासमा कांग्रेसले बेसाहाराको घर बनाउने
। नेपाली कांग्रेसले भीरकोटको वडा नं.–६ र विरुवा –५ किचनासमा विपन्न तथा बेसाहाराको घर बनाइदिने भएको छ । कांग्रेस भीरकोटले घरबारविहीन वडा नं. ६ चिउरेनी निवासी प्रेमबहादुर माझीलाई घर बनाइदिने भएको हो ।
हुप्सेकोट पहिरो विस्थापितको आशा अधुरै
नवलपरासी (बर्दघाट सुस्तापूर्व) को हुप्सेकोट गाउँपालिकाका-५ बागखोरमा गएको पहिरोबाट विस्थापित १८ परिवार तीन वर्षदेखि अस्थायी शिविरमा बस्न बाध्य छन् । विसं २०७८ असार २४ गते पहिराले विस्थापित भएका परिवारको हालसम्म स्थायी बसोबासको टुङ्गो लागेको छैन ।
हीरापाटाका एक सय ५० घरमा धारा जडान
खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयका प्रमुख हरिप्रसाद तिमिल्सिनाका अनुसार लामो समयदेखि खोल्सा तथा कुवाको पानी प्रयोग गर्दै आएका स्थानीयका घरमा गरिएको हो । दरौँखोला किनारको मूलबाट पानी तानेर वितरण गरिएको हो ।
बेउलीवास–पूर्णगाउँ–पैँयुकोट–लुङ्खु सडक स्तरोन्नति
जिल्लाको दक्षिणी भेगमा पर्ने बेउलीवास–पूर्णगाउँ, पैँयुकोट–लुङ्खु १३ किलोमिटर सडक स्तरोन्नति प्रारम्भ भएको छ । महाशिला गाउँपालिका र पैँयु गाउँपालिकालाई राष्ट्रिय सडक सञ्जालसँग जोड्ने यो सडक स्तरोन्नतिसँगै कालोपत्र पनि गरिनेछ ।
मसानघाट नै अतिक्रमणमा
मसानघाट अतिक्रमण हुन थालेपछि यहाँ दाहसंस्कारमा समस्या हुन थालेको छ । धेरै खोलानाला भए पनि ठाउँठाउँमा अतिक्रमण हुँदा खोला किनार नै साँघुरो बनेपछि दाहसंस्कारमा समस्या भएको हो ।
संरक्षण पर्खंदै लुमरेङकोट
दक्षिण पर्वतको विहादी गाउँपालिकामा अवस्थित ऐतिहासिक महत्त्व बोकेको लुमरेङकोट संरक्षणको पर्खाइमा छ । ऐतिहासिक, धार्मिक र पर्यटकीय गन्तव्य बनाउन सकिने सम्भावना रहेको लुमरेङकोट प्रचारप्रसार, संरक्षण र पूर्वाधार अभावमा ओझेलमा परेको हो । नेपाल एकीकरणपूर्व चौबिसे राज्यकालमा शक्तिशाली मानिने लुमरेङकोटमा अहिले पनि हातहतियारदेखि तरबारको आक्रमणबाट बच्न ढालका रूपमा प्रयोग हुने सामग्री छन् । ती ऐतिहासिक तथा पुरातात्त्विक सामग्री संरक्षण अभावमा हराउने खतरा बढेको छ । भुरे राजाको दरबार रहेको लुमरेङकोट बाइसे चौबिसेकालमा शक्तिशाली मानिन्थ्यो । यहाँ अहिले मन्दिर र सत्तल रहेको छ । सत्तलको एउटा दराजमा युद्धमा प्रयोग भएका दरबार, खुँडा, गैँडाको छालाबाट बनेका ढाल छन् । यी सामग्री रङरोगन गरिएकाले तिनको ऐतिहासिकता भने हराएको छ ।
मादी नदीमा पुल निर्माण धमाधम
नेपालमै पहिलो पटक चार लेनको पुल निर्माणको काम तनहुँमा भइरहेको छ । पृथ्वीराजमार्गमा पर्ने व्यास नगरपालिकाको वडा नम्बर ४ को दमौली बजार र वडा नम्बर ५ को चापाघाट जोड्ने मादी नदीमा धमाधम पुल निर्माण भइरहेको छ । यो पृथ्वीराज मार्गको सबैभन्दा लामो पुल पनि हो ।
विद्यार्थीलाई शैक्षिक सामग्री र विद्यालयलाई इन्टरनेट
नेपाल टेलिमकमको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत स्याङ्जाको कालीगण्डकीका विभिन्न विद्यालयमा अध्ययनरत विद्यार्थीलाई शैक्षिक सामग्री प्रदान गरिएको छ । साथै विभिन्न विद्यालयमा निःशुल्क इन्टरनेट जडान गरिएको छ ।
नदीले बगाउँदा बालक बेपत्ता
तनहुँमा मादीनदीले बगाउँदा एक बालक बेपत्ता भएका छन् । व्यास नगरपालिका–३ देउरालीनगर, दमौली निवासी १५ वर्षीय रोनाल्ड थापा वेपत्ता भएको प्रहरीले जनाएको छ ।
तनहुँमा ४३ जनाले लिए गैर आवासीय नागरिकता
तनहुँमा ४३ जनाले गैरआवासीय नेपाली नागरिकता लिएका छन् । नौ महिला र ३४ पुरुषले गैरआवासीय नागरिकता पाएको जिल्ला प्रशासन कार्यालय तनहुँले जनाएको छ ।