फडिन्द्र अधिकारी
लेखनाथ, चैत २८ गते । पोखरा महानगरपालिका ९, पृथ्वीचोकमा बिहीबार दिउँसो ट्रकको ठक्करले एक जनाको मृत्यु भएको छ ।
दिउँसो साढे १२ बजेतिर ना. ५ ख. ६२२२ नम्बरको ट्रकले ग. १६ प. २०७५ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटरमा सवार पोखरा १४ चाउथे निवासी ५३ वर्षीय शिवराज कँडेल गम्भीर घाइते हुनुभएको थियो ।
उहाँलाई उपचारका लागि नजिकैको गण्डकी मेडिकल कलेज लगिएकोमा केही समयपछि चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायब उपरीक्षक वसन्तकुमार शर्माले जानकारी दिनुभयो ।
ट्रक चालक नुवाकोटको बेलकोट नगरपालिका ५ का ३५ वर्षीया प्रकाश अधिकारी, स्कुटर चालक २३ वर्षीया सुस्मिता कँडेल र ट्रकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
सुस्मिता मृतक शिवराजकी छोरी हुनुहुन्छ । सुस्मिता कँडेलको हात र घुँडामा सामान्य चोट लागेको छ ।