• २६ जेठ २०८२, सोमबार

‘रक्तदाता एप्स’ सञ्चालन गर्न कन्सर्ट

blog

लमजुङ समाचारदाता

लमजुङ, चैत २८ गते ।  रक्तदातालाई सजिलै पहिचान गर्न र आवश्यक परेको रगत लिन ‘रक्तदाता एप्स’ सञ्चालन गरिने भएको हो । सो एप्समा सबै रक्तदाताको समूह विभाजन गरी राखिने छ । बेँसीसहर युथ सोसाइटीले एप्स निर्माण गर्न लागेको हो । 

रक्तदाता एप्स निर्माणार्थ सदरमुकाम बेँसीसहर युथ सोसाइटीले साङ्गीतिक कार्यक्रम गर्ने भएको छ । लमजुङ र बाहिरी सहर काठमाडौँ, पोखरा र चितवनका अस्पताललाई समेत लक्षित गरी सहज रक्तदाता पहिचानका लागि रक्तदाता एप्स निर्माण गर्ने आयोजक बेँसीसहर युथ सोसाइटीका अध्यक्ष रविन श्रेष्ठले बताउनुभयो । सो एप्स निर्माणका लागि आर्थिक सङ्कलनसँगै बृहत् सचेतनाका लागि वैशाख १ गते साङ्गीतिक साँझ गर्न लागिएको उहाँले बताउनुभयो । 

साङ्गीतिक साँझमा १९९० अगाडिका छ वटा चर्चित साङ्गीतिक ब्यान्डको प्रस्तुति रहने छ । बेँसीसहरको फूलबारी मञ्चमा हुने साङ्गीतिक साँझमा चर्चित ब्यान्डहरू डिमोर्चा, देउराली, ब्रोसिस, मध्याह्न, लेकाली र ...को प्रस्तुति रहने आयोजकले जनाएको छ ।