अमरराज नहर्की
तनहुँ, चैत २८ गते । तनहुँको व्यास नगरपालिका–२ गणेशमानचोक निवासी पावित्रा शाहीको छोरा वर्ष ११ को यमन शाही पौडी खेल्ने क्रममा बेपत्ता हुनुभएको छ । व्यास नगरपालिका–३ दमौलीस्थित मादी नदीमा बिहीबार दिउँसो १ः५५ बजे पौडी खेलिरहेको बेला शाही बेपत्ता हुनुभएको हो ।
बेपत्ता बालकको खोजी भइरहेको जिल्ल प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक अशोक थापाले जानकारी दिनुभयो । साथीहरुसँग पौडी खेल्ने क्रममा शाही बेपत्ता भएको र घटनाबारे अनुसन्धान भइरहेकोे उहाँले बताउनुभयो ।