कोरलामा व्यापारिक चहलपहल बढ्यो
नेपाल-चीन उत्तरी कोरला नाकास्थित दसगजा क्षेत्रको नेपाली भूमिमा करिब एक दर्जन स्थानीय व्यापारीले नेपाली तथा चिनियाँ सामानको पसल सञ्चालन गरिरहेका छन् ।
लुटपाट गर्ने पक्राउ
एकान्तमा लुकेर बसेर गाउँमा हिँड्दै गरेकी एक महिलाको नगद लुट्नेलाई प्रहरीले पक्राउ गरेको छ । जैमिनी नगरपालिका वडा नं. २ दमेकका सुवास सार्कीलाई स्थानीय महिलाको ३५ हजार रुपियाँ नगद लुटेको आरोपमा पक्राउ गरिएको बागलुङका प्रहरी नायब उपरीक्षक विजय यादवले जानकारी दिनुभयो ।
गाउँपालिकाको प्रशासकीय भवन निर्माण अन्तिम चरणमा
म्याग्दीको धवलागिरि गाउँपालिकाको प्रशासकीय भवन निर्माण अन्तिम चरणमा पुगेको छ ।
स्याङ्जाका संस्थागत विद्यालयमा नयाँ शैक्षिक सत्र सुरु
स्याङ्जाका नीजि विद्यालयहरूले आजबाट नयाँ शैक्षिक सत्र अनुसार पढाई सुरु गरेका छन् । सरकारी शिक्षकले काठमाडौँ केन्द्रित आन्दोलन गरिरहेकै बेला भर्ना अभियान चलाएका नीजि विद्यालयहरुले बिहीबारबाट औपचारिक रुपमा विद्यालय खुला गरेका हुन् ।
अजिरकोट-२ पूर्णखोपयुक्त वडा घोषणा
गोरखाको अजिरकोट गाउँपालिका–२ खरीबोट पूर्णखोपयुक्त वडा घोषणा भएको छ ।
पर्यटकको रोजाइमा ताकुकोटको रम्तेल पार्क
गोरखाको बारपाक सुलीकोट गाउँपालिका– ८ जराङमा तत्कालिन माओवादीले थालेको सशस्त्र जनयुद्धको प्रथम शहीद दिलबहादुर रम्तेलको नाममा रहेको दिल बहादुर रम्तेल पार्क आन्तिरिक तथा बाह्रय पर्यटकको रोजाइमा परेको छ ।
बलेवा विमानस्थल प्रयोगविहीन
चार वर्षअघि कालोपत्र र रङराेगन गरेपछि चिटिक्क बनेको बागलुङको बलेवा विमानस्थलको धावनमार्ग अहिले जीर्ण बनेको छ ।
तनहुँमा हट्यो रासायनिक मलको अभाव
तनहुँ, लमजुङ र गोरखाका कृषकले यस वर्ष रासयनिक मलको अभाव झेल्नु नपर्ने भएको छ । हरेक वर्ष अभाव खेप्दै कृषकले यसपटक भने माग अनुसार मल आएकाले अभाव झेल्नु नपरेको हो ।
राङखानीको तामाखानी पुनः उत्खननको माग
नवराज नेपालीबागलुङ, वैशाख ४ गते । बागलुङको जैमिनी नगरपालिका–१० राङखानीका डम्मर बहादुर बिक बालापन देखिनै यही तामा निकालिएको प्वालमा ओहोरदोहोर गर्दै हुर्किनुभयो । यो यहाँको एउटा इतिहास हो र पुर्खाहरूको परिश्रमको चिनारी पनि ।‘हामी सानैदेखि यी दुलोको वारपार गर्थ्यौँ, अहिले पनि यी दुलोहरू उस्तै छन् ।’ उनले भने–‘यहाँबाट हाम्रा बाजे जिजुहरूले तामा निकाल्नुभएको थियो , उहाँहरूकै चिनो हुन् यी दुलाहरू ।’ यस ठाउँमा पुर्खाहरूले छोडेका धेरै चिनोहरू छन् । प्रशस्त मात्रामा तामा पाइने भएकोले धेरै ठाउँमा यस्तै प्वाल पारि तामा निकालिएको छ । परम्परागत रूपमा झिरबाङ (निगालो) बाल्दै छिनो, कुटो र कोदालो प्रयोग गरी तामा निकाल्ने गरेको बताइन्छ । यस ठाउँको नाम र यस ठाउँमा बसोबास गर्ने मानिसको पहिचान समेत तामाखानीसँग जोडिएको छ । स्थानीय ज्येष्ठ नागरिक बम बहादुर श्रीषले यो ठाउँको नाम पनि तामाखानीसँग जोडिएको बताउनुभयो ।‘यहाँ दुई थरी तर्क रहँदै आएको छ । एउटा राङ भन्ने तामाको धातु पाइने भएकोले यस ठाउँको नाम नै राङखानी रहन गयो, अर्को कुरा यो तामाखानीबाट राँगोको गर्धन जत्रै तामा भेटिएकोले यसको नाम राङखानी रहन गएको हो भन्ने भनाई छ ।’ उहाँले भन्नुभयो–‘यहाँ अझ पनि प्रशस्त मात्रामा तामा रहेको हुन सक्छ ।’यहाँका खानीबाट निकालिएको तामाबाट विभिन्न सामाग्रीहरू बनाइन्थ्यो । डाडु, पन्युँ, ताउलो लगायतका सामाग्री यहीँका खानीबाट निकालिएका तामाबाट बनाइन्थ्यो ।अहिले पनि कतिपय घरमा यहीँका खानीबाट निकालिएका तामाबाट बनाइएका डाडु, पन्युँ, ताउलो लगायतका सामाग्रीको प्रयोग गरिन्छ । स्थानीय जगदीश श्रीषले केही बर्ष अघिसम्म आफ्नो घरमा पनि यहीँका खानीबाट निकालेको ताउली लगायतका सामाग्री रहेको बताउनुभयो ।‘हाम्रो घरमा पनि यहीँका तामाबाट बनाइएका ताउली र डाडु थिए, अहिले भने सिल्टेका भाँडासँग साट्दै गर्दा सकिए ।’ उनले भने–‘अझ पनि गाउँमा धेरै व्यक्तिको घरमा यहीँका तामाबाट बनाइएका भाँडाहरू छन् । यहाँका तामाखानी करिब १२० वर्ष अघि बन्द गरिएको बताइन्छ । चन्द्रशमशेरको पालामा सरकारलाई तिरो तिर्न नसकेपछि खानी बन्द गरिएको स्थानीयको भनाई छ । यहाँका खानीबाट तामा सकिएर बन्द नभई राज्यलाई कर तिर्न नसक्दा बन्द भएकोले पुनः तामा उत्खनन गर्नुपर्ने स्थानीयको भनाई छ । यसले यहाँका नागरिकमा रोजगार सृजना गर्नुका साथै आम्दानीको श्रोत बढाउने विश्वास छ ।नेपाल गरिब हुनुको एउटा मुख्य कारण यहाँका श्रोत र साधनको उचित उपयोग नहुनु हो । श्रोत र साधनले भरिपूर्ण भए पनि त्यसको उत्खनन र उपयोगमा राज्यले खासै ध्यान दिएको पाइँदैन । जसका कारण रोजीरोटीकोलागि प्रत्येक वर्ष नेपाली युवाहरूले विदेशमा भतारिनु परेको छ ।बाहिरबाट आयातित सामानको प्रयोग गर्नुको सट्टा यहीँका तामाखानी लगायतका श्रोत र साधनको उत्खनन र उचित उपयोगमा ध्यान दिऔँ । समृद्धि यहीँबाट प्राप्त हुन्छ ।
धौलागिरिमा तीन वटा लामा झोलुङ्गे पुल निर्माण सुरु
धौलागिरि गाउँपालिकामा तीन वटा लामा झोलुङ्गे पुल निर्माण सुरु भएको छ । स्थानीय पूर्वाधार विकास आयोजनामार्फत धौलागिरि गाउँपालिका–३ मुना, ४ बगर र ६ मराङमा पुल निर्माण सुरु भएकोे हो ।
सामूहिक च्याउ खेतीमा महिला
चुुलोचौकामा मात्र सीमित महिला पछिल्लो समय उद्यमशीलतातर्फ लागेका छन् । यहाँको चापाकोट–८, दद्रानका ५० जना महिलाको समूहले सहयोगी कृषि समूहमार्फत च्याउ खेती गर्न थालेका छन् ।
बकुल्लाको बथान
दाङ, वैशाख ४ गते । दाङको घोराही उपमहानगरपालिका–१४ स्थित वडा प्रहरी कार्यालय परिसरमा रहेको आँपको रुखमा बुधबार साँझ बास बस्न आउँदै गरेका बकुल्लाहरू। तस्बिरः रासस
चोरी र सवारी साधन तोडफोड आरोपमा चार किशोर पक्राउ
स्याङ्जाको कालीगण्डकी गाउँपालिका–७ स्थित मिर्मी बजार क्षेत्रमा चोरी तथा तोडफोडमा संलग्न रहेको आरोपमा चारजनालाई प्रहारीले पक्राउ गरेको छ ।
पृथ्वीराजमार्ग सडक विस्तार : दमौली बजारमा कालोपत्र सुरु
विस्तारको क्रममा रहेको पृथ्वीराजमार्गको मुग्लिन–पोखरा सडक विस्तारअन्तर्गत पूर्वीखण्डमा पर्ने तनहुँको सदरमुकाम दमौली बजारमा कालोपत्र सुरु भएको छ । राजमार्गको अन्यन्त्र काम धमाधम भइरहेको बेला लामो समयपछि दमौलीमा सडक विस्तार भएको हो ।
गण्डकी प्रदेशकाे बजेट ९ महिनामा ३५ प्रतिशत खर्च
नौ महिना बितिसक्दा गण्डकी सरकारको खर्च भने एक तिहाइमा खुम्चिएको छ । नौ मन्त्रालय रहेको सरकारले चैत मसान्तसम्म ३५ दशमलव चार प्रतिशत खर्च गरेको छ । सङ्घीय सरकारको खर्च यो अवधिमा २९ प्रतिशतमात्र छ ।
बागलुङ नगरको फोहोर व्यवस्थापन गर्न सम्झौता
बागलुङ नगरपालिकाको फोहोरलाई पुनः प्रयोगमा ल्याउने परियोजनामा हस्ताक्षर गरिएको छ । समानता अभियान नेपालसँग नगरपालिकाले फोहोर व्यवस्थापनको सम्झौता गरेको हो ।
जलजला इको ट्रेक सञ्चालनको तयारी
जलजला गाउँपालिकाले स्थानीय कला संस्कृति र जैविक विविधताको संरक्षणसँगै पर्यटन प्रवर्धन गर्ने उद्देश्यले जलजला इको ट्रेक सञ्चालनको तयारी गरेको छ ।
कैद १७ दिन फरार २४ वर्ष
टोपलाल अर्यालरेसुङ्गा, वैशाख ३ गते । गुल्मीको कालिगण्डकी गाउँपालिका–२ का ५६ वर्षीय तिलबहादुर विकलाई नकबजनी चोरीमा जिल्ला अदालत गुल्मीले ०५७ साल जेठ २२ गते १७ दिन कैद र एक हजार ५०० रुपियाँ जरिवानाको फैसला गरेको थियो । तर उहाँ २४ वर्ष फरार हुनुहुन्थ्यो । प्रहरीले ०८१ चैत २९ मा पक्राउ गरेर अदालत पेस गरेको छ । त्यस्तै लागु औषध मुद्दामा ०७७ जेठ २६ गते गुल्मी जिल्ला अदालतबाट दुई महिना कैद र दुई हजार रुपियाँ जरिवाना भएका गुल्मीदरबार गाउँपालिका–५ का २५ वर्षीय क्यिटन परिवार गत चैत २५ गते पक्राउ परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रवक्ता प्रहरी नायब उपरीक्षक गङ्गाबहादुर सारुले जानकारी दिनुभयो । त्यस्तै सत्यवती गाउँपालिका–६ का ४२ वर्षीय शङ्करप्रसाद भण्डारीलाई चेक अनादर गरेको मुद्दामा जिल्ला अदालत गुल्मीले ०७९ असार २३ गते तीन हजार रुपियाँ जरिवाना फैसला भएको थियो । भण्डारीलाई प्रहरीले तीन वर्षपछि चैत २८ गते पक्राउ गरेर अदालत पेस गरेको छ । इस्मा गाउँपालिका–६ का ४१ वर्षीय भोटबहादुर कुमाललाई जबरजस्ती चोरीमा जिल्ला अदालत गुल्मीबाट ०७० जेठ २५ गते एक वर्ष १५ दिन कैद र ५० हजार ८५० रुपियाँ जरिवाना फैसला भएको थियो । फरार कुमाललाई ११ वर्षपछि गुल्मी प्रहरीले गत चैत २५ गते पक्राउ गरेर अदालत पेस गरेको प्रहरी नायब उपरीक्षक सारुले बताउनुभयो । जिल्ला प्रहरी कार्यालय गुल्मीले पछिल्लो समय नियमित पत्रकार सम्मेलन गर्दै आएको छ । सम्मेलनमा मासिक विवरण सार्वजनिक गर्ने गरिएको छ । जस अनुसार फैसला कार्यान्वयन तर्फ चैत महिनामा ११ जना फरार प्रतिवादी पक्राउ गरेर अदालत पेस गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख प्रहरी उपरीक्षक राजन भुजेलले जानकारी दिनुभयो । जसमा पाँच वर्ष सात महिना सात दिन कैद र पाँच लाख ८२ हजार ६२० रुपियाँ जरिवाना असुल भएको भुजेलले बताउनुभयो ।
फेवातालको माटो र फोहोर हटाइँदै
पोखरा महानगरको वडा नम्बर ६ र १७ मा पर्ने गाईघाटको टापु हटाएर फेवाताल चक्ल्याइने भएको छ । पोखराको मध्य भाग हुँदै बग्ने फिर्के खोलाले ल्याएको माटो, फोहोर, प्लास्टिक आदि जम्मा भएर यहाँ फेवाताल पुरिँदा टापु जस्तो जमिन बनेको छ ।
प्रजातन्त्रका सेनानी श्रेष्ठको निधन
तनहुँको व्यास नगरपालिका–२ दमौली निवासी प्रजातन्त्र सेनानी मोतीकुमार श्रेष्ठको निधन भएको छ ।
प्रहरी चौकीको अवस्था,मसानघाटको सत्तलदेखि जीर्ण घरसम्म
बागलुङ र पर्वतलाई दुई विन्दुमा पारेर कल कल बगिरहेको कालीगण्डकी, कालीगण्डकीको बागलुङतर्फको छेउमा छ वरिपरि पुराना जस्तापाताले बेरिएको र माथि ढलान गरिएको सानो सत्तल छ । एक
जुनियर टेनिस प्रतियोगिता आजदेखि
कास्की जिल्ला टेनिस सङ्घको आयोजनामा आजदेखि पोखरामा चौथो संस्करणको मनुश्री भिग्नजित राष्ट्रिय जुनियर टेनिस प्रतियोगिता हुने भएको छ ।
अस्पताल निर्माण अधुरै
बागलुङको निसीखोलामा निमार्णाधीन पालिकास्तरीय आधारभूत अस्पतला अधुरै रहेको छ । गत वर्ष पुस महिनामा सम्पन्न हुनुपर्ने अस्पताल बजेट अभावका कारण अधुरै रहेको हो ।
ढाक्मर गाउँ राताम्मे पहाड
मुस्ताङ, वैशाख ३ गते । उपल्लो मुस्ताङ लोघेकर दामोदरकुण्ड गापा– २ ढाक्मर गाउँ नजिकैको राताम्मे पहाड । सातौँ शताब्दी ताका गुरु पदम सम्भवले राक्षसको बध गरी यस पहाडमा रगत मिल्काएको हुनाले यस पहाड रातो हुन पुगेको धार्मिक किंवदन्ती छ । तस्बिरः रासस