• ६ वैशाख २०८२, शनिबार

स्याङ्जाका संस्थागत विद्यालयमा नयाँ शैक्षिक सत्र सुरु

blog

वालिङमा देखिएको विद्यार्थी र विद्यालयका गाडीको चहलपहल । तस्बिर : राधाकृष्ण डुम्रे

राधाकृष्ण डुम्रे
वालिङ (स्याङ्जा), वैशाख ४ गते ।
स्याङ्जाका नीजि विद्यालयहरूले आजबाट नयाँ शैक्षिक सत्र अनुसार पढाई सुरु गरेका छन् । सरकारी शिक्षकले काठमाडौँ केन्द्रित आन्दोलन गरिरहेकै बेला भर्ना अभियान चलाएका नीजि विद्यालयहरूले बिहीबारबाट औपचारिक रूपमा विद्यालय खुला गरेका हुन् ।

जिल्लाका प्रायः सबै नीजि विद्यालयहरूले आजबाट औपचारिक रूपमा नयाँ शैक्षिक सत्र सुरु गरेका नीजि तथा आवसिय विद्यालय अर्गनाइजेसन (प्याब्सन) पूर्व केन्द्रीय सदस्य अमृत अर्यालले जानकारी दिनुभयो । नतिजा प्रकाशित गरेसँगै भर्ना अभियान चलाएको भन्दै अर्यालले बिहीबारबाट नियमित पढाई सुरु गरेको जानकारी दिनुभयो ।

जिल्लामा ५२ वटा संस्थागत विद्यालयमा झण्डै १९ हजार विद्यालय पढ्दै आएका उहाँको भनाइ छ ।

भर्ना अभियान समेत अवरुद्ध पारेर आन्दोलन गरिरहेका शिक्षकहरूको कारण विद्यार्थीको भविष्य समेत अन्यौलमा परेको भन्दै अभिभावकहरूले गुनासो गरेका छन् । पूर्णामृत भवानी माविको अभिभावक सङ्घका पूर्व अध्यक्ष चण्डिप्रसाद ढकालले भर्ना अभियान नै अवरुद्ध पार्नु दुःखद भएको बताउनुभयो । उहाँले भन्नुभयो, “भर्ना अभियान प्रभावित भएको छ जुन सरकारी विद्यालयमा अध्ययनरत विद्यार्थीका लागि राम्रो विषय हैन ।”