जेरुसेलम, असार १६ गते । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले पद छोड्नैपर्ने उहाँका पूर्ववर्ती नफ्ताली बेनेटले एक टेलिभिजन अन्तर्वार्तामा बताउनुभएको छ ।
इजरायलको च्यानल १२ लाई दिएको अन्तर्वार्तामा पूर्वप्रधानमन्त्री बेनेटले भन्नुभयो, “नेतन्याहू २० वर्षदेखि सत्तामा रहनुभएको छ त्यो यो निकै धेरै समय हो र उहाँको बसाइँ स्वच्छ छैन ।” उहाँले भन्नुभयो, नेतन्याहूको नेतृत्व इजरायलका लागि अब अन्त्य हुनैपर्छ ।
सन् २०२१ मा नेतन्याहूका आलोचकहरुसँग मिलेर गठबन्धन बनाएर लगातार १२ वर्ष प्रधानमन्त्री बनेका नेतन्याहूलाई पदबाट हटाउनुभएको थियो । तर बेनेटले वर्तमान विपक्षी प्रमुख याइर लापिडसँग मिलेर नेतृत्व गरेको कमजोर गठबन्धन सरकार करिब एक वर्षपछि ढलेको थियो ।
त्यसपछि भएको मध्यावधि चुनावपछि नेतन्याहूले अति दक्षिणपन्थी र परम्परावादी यहूदी दलहरूको समर्थनमा फेरि प्रधानमन्त्री पद ग्रहण गर्नुभएको थियो । रासस/एएफपी