• ६ वैशाख २०८२, शनिबार

चोरी र सवारी साधन तोडफोड आरोपमा चार किशोर पक्राउ

blog

स्याङ्जाको कालीगण्डकी गाउँपालिका–७ स्थित मिर्मी बजार क्षेत्रमा चोरी तथा तोडफोडमा संलग्न रहेको आरोपमा पक्राउ परेका किशोरहरु ।

राधाकृष्ण डुम्रे 

वालिङ (स्याङ्जा), बैशाख ३ गते । स्याङ्जाको कालीगण्डकी गाउँपालिका–७ स्थित मिर्मी बजार क्षेत्रमा चोरी तथा तोडफोडमा संलग्न रहेको आरोपमा चारजनालाई प्रहारीले पक्राउ गरेको छ ।  

पक्राउ पर्नेहरुमा कालीगण्डकी गाउँपालिका–७ मिर्मी का १८ बर्षीय एक किसोर, सोही ठाउँका १६ वर्षका दुईजना किसोर र धादिङ घर भई सोही ठाउँ बस्ने १६ वर्षका एक किसोर रहेका जिल्ला प्रहरी कार्यालय स्याङ्जाका निमित्त प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक हरि प्रसाद पौडेलले जानकारी दिनुभयो । पक्राउ परेका सबै १८ वर्ष मुनिका भएको परिचय नखुलाएको उहाँको भनाई छ । 

सोमबार राताी मिर्मी बहुमुखी क्याम्पससहित विभिन्न पसलमा चोरी गरेको र स्थानीयका सवारी साधनमा तोडफोड गरेको भन्दै उनीहरुलाई पक्राउ गरिएको प्रहरीको भनाई छ । 

मिर्मी बहुमुखी क्याम्पसको कार्यालय र कम्प्युटर ल्याबमा तोडफोड भएको छ । तोडफोडमा भएको क्षतिको विवरण संकलन भइरहेको क्याम्पस प्रमुख रामप्रसाद पाण्डेले जानकारी दिनुभयो ।  

यस्तै मिर्मी बजारको जेन–जेठ स्केटिङमा राखिएका जुत्ताहरू चोरी भएका छन् । विभिन्न घर बाहिर राखिएका पाँचवटा मोटरसाइकल र एक स्कुटरहरू घरभन्दा टाढा लगेर तोडफोड  गरिएको अवस्थामा भेटिएका प्रहरीले जनाएको छ । घटनाबारे अनुसन्धान भईरहेको प्रहरीको भनाइ छ । 

चोरी र तोडफोडमा संलग्न रहेको आरोपमा पक्राउ परेका किशोरहरू ।