• ६ वैशाख २०८२, शनिबार

अजिरकोट-२ पूर्णखोपयुक्त वडा घोषणा

blog

गुणबहादुर रोका 

सुलीकोट, वैशाख ४ गते । गोरखाको अजिरकोट गाउँपालिका–२ खरीबोट पूर्णखोपयुक्त वडा घोषणा भएको छ । वडाभित्रका १६ देखि २३ महिनासम्मका सबै बालबालिकाहरूले १५ महिनाको उमेरभित्र पाउनु पर्ने सबै खाले खोप पाएकाले पूर्ण खोप वडा घोषणा गरिएको अजिरकोट गाउँपालिका स्वास्थ्य शाखा प्रमुख सुरेश दबाडीले जानकारी दिनुभयो । 

उहाँका अनुसार वडाभित्रका घरधुरी सर्वेक्षण गर्दा वडामा १६ देखि २३ महिनासम्मका २९ जना बालबालिकालाई पाउनु पर्ने खोप सबै लगाएको पाएपछि वडालाई पूर्णखोप वडा घोषण गरिएको उहाँले बताउनुभयो । 

बिहीबार खरीबोट स्वास्थ्यचौकीमा औपचापरिक रूपमा पूर्णखोप वडा घोषण तथा दिगोपन सुनिश्चित कार्यक्रम आयोजना गरिएको अजिरकोट गाउँपालिका स्वास्थ्य शाखाले जनाएको छ । 

वडाध्यक्ष कृष्णबहादुर गुरुङको अध्यक्षता तथा गाउँपालिकाका अध्यक्ष दीपक देवकोटाको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा गाउँपालिका स्वास्थ्य शाखा प्रमुख सुरेश दबाडी, जनप्रतिनिधिी, कर्मचारीहरू र स्थानीयको सहभागितामा वडालाई पूर्णखोप वडा घोषणा गरिएको थियो ।