ठेक्का अवधि सकिएपछि काम सुरु
बेनी नगरपालिका–८, कालीपुल बसपार्क क्षेत्रको सडक कालोपत्रे गर्ने काम सुरु गरिएको छ । योजनाको ठेक्का सम्झौता अवधि सकिएपछि निर्माण कम्पनीले सडक कालोपत्रे गर्न थालेको हो ।
शिवरात्रिका लागि तेत्तिस लाखको उखु
महाशिवरात्रिलक्षित पोखरामा करिब ३३ लाख रुपियाँ बराबरको उखु भित्रिएको छ ।
बन्दीपुरको सौन्दर्यमा कविहरू रमाउँदै
पहाडकी रानी उपनामले प्रख्याती कमाएको बन्दीपुरको सुन्दरता देखेर साहित्यकारहरू दङ्ग परेका छन् ।
जसमतीलाई ७६ वर्षको उमेरमा नागरिकता
म्याग्दी मालिका गाउँपालिका–६ स्थित दुखुबेशीकी जसमती सुनारले मङ्गलबार ७६ वर्षको उमेरमा नागरिकताको प्रमाणपत्र पाउनुभएको छ ।
ईशानेश्वर महादेव मन्दिरको महिमा : महाशिवरात्रिमा भव्य मेला
लमजुङको मध्यनेपाल नगरपालिका–७ करापुटारमा रहेको ईशानेश्वर महादेव मन्दिरमा महाशिवरात्रि मेलाको भव्य तयारी गरिएको छ । तीन दिनसम्म सञ्चालन हुने मेलाको तयारी पूरा भएको आयोजक ईशानेश्वर महादेव क्षेत्र विकास समितिले जानकारी दिएको छ ।
मनाङमा कहिले आउला एम्बुलेन्स ?
चार वटा स्थानीय तह रहेको सिङ्गो जिल्ला मनाङमा भने एउटै एम्बुलेन्स छैन । जोकोही बिरामी परे भने आपत्कालीन अवस्थामा अन्य विकल्प खोज्नुपर्ने हुन्छ ।
जबरजस्ती करणी गरेको आरोपमा शिक्षक पक्राउ
जबरजस्ती करणी गरेको आरोपमा एक शिक्षकलाई प्रहरीले पक्राउ गरेको छ ।
सराङकोटमा १२ करोडमा बन्याे शिव मन्दिर
कास्कीको पोखरा महानगरको वडा नम्बर १८ सराङकोटमा पञ्चमुखी गणेशको मूर्ती, शिव मन्दिर लगायतका संरचना तयार भएका छन् । सराङकोट धार्मिक एवम् पर्यटन क्षेत्र विकास समितिले करिब १२ करोड लागतमा शिव मन्दिर बनाएको हो ।
म्याग्दीमा ७ पटक भूकम्पको धक्का महसुस
पश्चिम म्याग्दीको मालिका र धवलागिरि गाउँपालिकामा मङ्गलबार ७ पटक भूकम्पको धक्का महसुस भएको छ ।
बाढी पहिरो पीडितलाई राहत प्रदान
गत असार २२ र २३ गते गएको बाढी पहिरोबाट पूर्ण रूपमा घर क्षति पुगेका यहाँका नौ परिवारलाई राहत प्रदान गरिएको छ ।
छ सय विपन्न परिवारको निःशुल्क स्वास्थ्य बिमा
यहाँको चापाकोट नगरपालिकाले छ सय विपन्न परिवारको निःशुल्क स्वास्थ्य बिमा गरेको छ ।
पूर्वराजा ज्ञानेन्द्रद्वारा कुल मन्दिरमा पूजा
पूर्वराजा ज्ञानेन्द्र शाहले आफ्नो कुल देवताको मन्दिरमा पूजापाठ गर्नुभएको छ । स्याङ्जाको कालीगण्डकी गाउँपालिकास्थित आलमदेवी मन्दिरमा शाहले मङ्गलबार पूजापाठ गर्नुका साथै प्रसाद ग्रहण गर्नुभएको हो ।
म्याग्दीको कृषि फार्म
म्याग्दी, फागुन १३ गते । म्याग्दीको बेनी नगरपालिका–४ सिङ्गामा जग्गा चक्लाबन्दी गरेर गरिएको व्यवसायिक आलुखेती । हरियाली ग्रुप प्रालिले सिङ्गा र आगेबगरमा ५५ रोपनी जग्गा चक्लाबन्दी गरेर कृषि फार्मु सञ्चालन गरेको छ । तस्बिरः रासस
मुक्तिनाथ मन्दिरमा भक्तजन
मुक्तिनाथ, फागुन १३ गते । हिन्दू तथा बौद्धमार्गीहरूको आस्थाको केन्द्र मुक्तिनाथ मन्दिर दर्शन गरेर फर्कदै श्रद्धालु भक्तजनहरु । पछिल्लो समय हिउँदमा समेत मुक्तिनाथ दर्शन तथा घुम्न आउनेको श्रद्धालु भक्तजनहरुको संख्यामा वृद्धि हुँदै गएको छ । तस्बिरः रासस
हिउँमा रमाउँदै पर्यटक
बागलुङ फागुन १३ गते । बागलुङ, पूर्वीरुकुम र रोल्पाको सङ्गमस्थलमा रहेको पर्यटकीयस्थल पातीहाल्नेमा परेको हिउँमा रमाउँदै आन्तरिक पर्यटक । लोकमार्ग कालोपत्र भएसँगै यहाँ पुग्ने आन्तरिक पर्यटकमा वृद्धि भएको छ । तस्बिरः रासस
सशस्त्र प्रहरीका इन्स्पेक्टर महत मृत्यु प्रकरण: अर्का इन्स्पेक्टर जोशी पक्राउ
फडिन्द्र अधिकारीलेखनाथ, फागुन १३ गते । सशस्त्र प्रहरी बलमा कार्यरत प्रहरी निरीक्षक सन्तोषी महतको मृत्युपछि सशस्त्रकै प्रहरी निरीक्षक विवेक जोशी पक्राउ परेको छ । महतको परिवारले जोशीविरुद्ध आत्महत्या दुरुत्साहनमा आइतबार किटानी जाहेरी दिएपछि सोमबार बेलुका जोशीलाई पक्राउ गरिएको हो । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायब उपरीक्षक वसन्तकुमार शर्माले जोशीलाई पक्राउ गरी घटनाबारे अनुसन्धान भइरहेको जानकारी दिनुभयो । महतको शव आइतबार ब्यारेकको महिला शौचालय नजिकैको बिममा झुन्डिएको अवस्थामा भेटिएको थियो । महत पोखराको हुल तथा दङ्गा व्यवस्थापन तालिम केन्द्र लामा पाटनमा कार्यरत हुनुहुन्थ्यो । सिन्धुपाल्चोककी २८ वर्षीया महत २०७२ मा सशस्त्रमा प्रवेश गर्नुभएको थियो । पक्राउ पर्नुभएका प्रहरी निरीक्षक जोशी तनहुँमा कार्यरत हुनुहुन्छ । महत र जोशी प्रेम सम्बन्धमा रहेको र जोशीकै कारण महतले आत्महत्या गरेको किटानी जाहेरी परेको छ । यो घटनाबारे छानबिन गर्न सशस्त्र प्रहरी बलले प्रहरी नायब महानिरीक्षक लक्ष्मण सिंहको नेतृत्वमा छानबिन समिति गठन गरेको छ ।
बसपार्कका जग्गादाता आन्दोलित
सहमति अनुरूप जग्गा प्राप्तिमा ढिलाइ हुँदा बागलुङ बसपार्कका जग्गादाताले अन्ततः आफ्नै जग्गा फिर्ता लिन आन्दोलन गर्न थालेका छन् ।
बागलुङलाई समृद्धिसँग जोड्दै कालीगण्डकी करिडोर
राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको कालीगण्डकी करिडोरले जिल्लाको बागलुङ र जैमिनी नगरपालिका जोडेको छ ।
बिहानै म्याग्दीमा दुई पटक भूकम्पको धक्का महसुस
पश्चिम म्याग्दीको मालिका गाउँपालिकाको दुई छुट्टाछुट्टै स्थानमा मङ्गलवार बिहान भूकम्पको धक्का महसुस गरिएको छ। बिहान ५ बजेर ५२ मिनटमा मालिका–३,डाँडा गाउँमा ३.४ म्याग्निच्यूडको भूकम्प र वडा नं ५ देवस्थानमा बिहान ६ बजेर १३ मिनेटमा ३.४ म्याग्निच्यूडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रका रविन्द रिमालले जानकारी दिनुभयो ।
स्याङ्जाका आठ पालिकामा सार्वजनिक बिदा
अर्जुन काफ्लेस्याङ्जा, फागुन १३ गते । ४३ औँ राष्ट्रिय मगर एकता दिवसका अवसरमा स्याङ्जाका आठ वटा पालिकाले सार्वजनिक बिदा दिएका छन् । ११ वटा पालिका रहेको यहाँका यही फागुन १५ गतेको मगर दिवसमा आठले सार्वजनिक बिदा दिएका हुन् ।पाँच नगरपालिका र छ गाउँपालिका रहेकोमा पाँचै नगरपालिका गल्याङ, वालिङ, भीर कोट, पुतली बजार, चापाकोट र छ गाउँपालिका मध्ये काली गण्डकी, बिरुवा र हरिनास गाउँपालिकाले सार्वजनिक बिदा दिएका हुन् । मगर जातीको बाहुल्यता रहेको र मगर संस्कृति संरक्षणका लागि सार्वजनिक बिदा दिइएको सम्बन्धित पालिकाले जनाएका छन् ।पालिकाले विभिन्न मितिमा निर्णय गरेर सूचना निकाले सार्वजनिक बिदा दिएका हुन् । आठ वटै पालिकाले यस गत वर्ष समेत मगर दिवसमा सार्वजनिक बिदा दिएका थिए । सम्बन्धित पालिका अन्तर्गतका सबै सार्वजनिक निकायहरू पालिका कार्यालय, वडा कार्यालय, स्वास्थ्य संस्था, शैक्षिक संस्था, बैङ्क तथा वित्तीय संस्था लगायतका सार्वजनिक सङ्घ संस्थाहरूमा बिदा दिने निर्णय गरिएको पालिकाहरूले सूचना निकालेर जानकारी गराएका छन् ।यहाँको अर्जुनचौपारी गाउँपालिका, आँधीखोला गाउँपालिका र फेदीखोला गाउँपालिकाले भने सार्वजनिक नदिनmे भएका छन् । मगर जातीको प्रभाव नरहेकाले तीन वटा पालिकाले बिदा नदिएको बताएका छन् ।
१५ वर्षपछि सडक स्तरोन्नति
म्याग्दी, फागुन १३ गते । म्याग्दीको मङ्गला र बागलुङको ताराखोला गाउँपालिका जोड्ने पखेर–बरङ्जा–महेश–धापुङ–ताराखोला सडक मार्ग खुलेको १५ वर्षपछि स्तरोन्नति थालिएको छ । विसं २०६६ मा मार्ग खुलेको मङ्गला गाउँपालिकाको ३, ४ नम्बर वडा र बागलुङको ताराखोला गाउँपालिकाका बासिन्दाले प्रयोग गर्ने यो सडक सामान्य मर्मत गरेर यातायात सञ्चालन हुँदै आएको थियो । बरङ्जा म्याग्दीको धेरै जनघनत्व भएको साविकको गाविस हो । पूर्वाधार विकास कार्यालयले म्याग्दीका प्रमुख विष्णु पौडेलले मङ्गला गाउँपालिका–३ पखेरदेखि बरङ्जाखण्डको सडक स्तरोन्नति गर्न सञ्चालन गरेको योजना निर्माण सुरु भएको तीन महिनामा ४० प्रतिशत भौतिक प्रगति भएको बताउनुभयो । “गत मङ्सिर महिनादेखि कार्यक्षेत्रमा परिचालित भएको निर्माण कम्पनीले यस वर्ष विनियोजन भएको रु एक करोड ६० लाख बजेट बराबरको काम तीन महिनामै गरेको छ”, उहाँले भन्नुभयो, “विनियोजित बजेट सकिएपछि रकमान्तर गर्न मन्त्रालयमा प्रस्ताव गरेका छौँ ।”पखेरदेखि खर्कटोलसम्म तीन किलोमिटर पाँच सय मिटर सडकलाई सात मिटरका दरले फराकिलो बनाएर नाली र टेवा पर्खाल निर्माण गरिरहेको छ । खर्कटोलका बासिन्दा वीरबहादुर पौडेलका अनुसार तीनदेखि तीन दशमलव पाँच मिटर फराकिलो कच्चि सडकको घुम्ती, ग्रेड नमिलेको, साँघुरो सडक जोखिमयुक्त थियो । सडक स्तरोन्नति भएपछि यात्रा सहज हुने अपेक्षा गरेको उहाँले बताउनुभयो । ग्रेड र घुम्ती सुधार, नाली र पर्खाल निर्माण सकेपछि ग्राभेल तथा केही ठाउँमा ढलान गर्ने योजना छ । निर्माण कम्पनीका प्रतिनिधि नवराज कार्कीले बजेट अभावका कारण धमाधम भइरहेको सडक निर्माणको काम रोक्नुपर्ने अवस्था आएको बताउनुभयो । गण्डकी प्रदेश सरकारले रु १० करोड बजेट व्यवस्था गरेको यो सडक निर्माणका लागि एनके युनाइटेड जेभीले २०८१ असारमा रु पाँच करोड ८६ लाख तीन हजारमा ठेक्का सम्झौता गरेको थियो । ठेक्काको अवधि १८ महिनाको हो । म्याग्दी १९२० बाट निर्वाचित गण्डकी प्रदेशसभा सदस्य रेशमबहादुर जुग्जालीले गत वर्ष रु दुई करोड विनियोजन गरेर आर्थिक मामिला मन्त्रालयबाट स्रोत सुनिश्चितता गराई ठेक्का लगाएको योजनामा यसपालि बजेट कटौती गर्दा निर्माण प्रभावित भएको बताउनुभयो । “प्रदेश सरकारबाट पखेर–बरङ्जासहित म्याग्दीमा एकैसाथ सात वटा सडक स्तरोन्नति र दुई वटा मोटरेबल पुल निर्माण गर्न विभिन्न निर्माण कम्पनीसँग रु ६७ करोड ७८ लाखमा ठेक्का सम्झौता भएको थियो”, उहाँले भन्नुभयो, “रु पाँच करोड बजेट चाहिने योजनाका लागि दुई करोड र एक करोड ६० लाखका दरले बजेट विनियोजन गरेकाले निर्माण कार्य प्रभावित भएको हो ।” बजेट अभावका कारण म्याग्दीका सडक र मोटरेबल पुल निर्माण आयोजना प्रभावित भएका विषयमा गत हप्ताको प्रदेशसभाको बैठकको शून्य समयमा जुग्जालीले सरकारको ध्यानाकर्षण गराउँदै विभागीयमन्त्रीको जवाफ माग्नुभएको थियो ।
‘चलचित्रमा अझै वर्ग व्यवस्थाको प्रभाव’
नेपाली चलचित्रमा अझै पनि आदिवासी र सीमान्तकृत समुदायको कथा अपेक्षाकृत रूपमा आउन नसकेको र स्वर दबाइने गरिएको गुनासो सरोकारवालाले गर्नुभएको छ ।
बडिगाडमा जिप दुर्घटना, दुई जनाको मृत्यु
बागलुङ जिल्लाको बडिगाड गाउँपालिका –९ दर्लिङमा पिकअप जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।
कालीगण्डकीमा करेन्ट लगाई माछा मार्ने चार जना पक्राउ
कालीगण्डकी नदीमा अवैध रूपमा करेन्ट लगाएर माछा मार्ने चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।