अर्जुन काफ्ले
स्याङ्जा, वैशाख ६ गते । पुतली बजार नगरपालिका – ५ जुडीमा एक जना मृत फेला परेका छन् । पुतली बजार नगरपालिका –३ लत्रेपिपलका ४० वर्षीय मिलन विक्रम सेन बाड्खोलामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
खेतमा पानी लगाउन जान्छु भनेर शुक्रवार बेलुकी घरबाट निस्कनुभएका सेन घरमा नफर्केपछि आफन्तहरूले खोजतलास गर्दै जाँदा शनिवार खोलाको पानीको बिचमा मृत फेला परेको प्रहरी नायब उपरीक्षक हरिप्रसाद पौडेलले जानकारी दिनुभयो ।
घटनास्थल नजिकै माछा मार्ने सामाग्री १२ भोल्टको ब्याट्री, तार र माछा राख्ने फुर्लुङसमेत फेला परेको डिएसपी पौडेलले बताउनुभयो । प्रहरीले घटनाको थप अनुसन्धान सुरु गरेको जनाएको छ ।