धौलागिरि प्रादेशिक अस्पतालमा जलन एकाइ स्थापना
धौलागिरि प्रादेशिक अस्पताल बागलुङमा आगलागीबाट घाइते बिरामीको उपचारका लागि जलन एकाइ स्थापना गरिएको छ । आवश्यक दक्ष जनशक्ति र भौतिक पूर्वाधारको पर्याप्ततापछि अस्पतालमा जलन इकाई स्थापना गरिएको हो ।
पत्रकार महासङ्घ स्याङ्जाले बुझायो प्रजिअलाई ध्यानाकर्षण पत्र
नेपाल पत्रकार महासङ्घ स्याङ्जाले प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद अर्याललाई ध्यानाकर्षण पत्र बुझाएको छ ।
अधिकांश व्यक्ति बिमाको पहुँचबाहिर
बागलुङमा ४५ प्रतिशत व्यक्ति अहिले पनि स्वास्थ्य बिमाको पहुँचमा पुग्न सकेका छैनन् । स्वास्थ्य बिमा बोर्ड कार्यालय बागलुङको तथ्याङ्क अनुसार एक लाख १४ हजार ५३८ जना व्यक्ति बिमाको पहुँचभन्दाबाहिर छन् ।
मुस्ताङ आउनेलाई फोहोर नफाल्न आग्रह
मुस्ताङको ल्होमन्थाङ गाउँपालिकाको कोराला नाकाबाट सुरु भएको सफा मुस्ताङ अभियान शनिबार थासाङ गाउँपालिका–४, घाँसा काभ्रेभिरमा पुगेर समापन भएको छ । छिमेकी जिल्ला म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४, दानासँग सिमाना जोडिएको स्थान हो ।
दस हजारभन्दा बढी पर्यटक
चालु आर्थिक वर्षको असारदेखि फागुन मसान्तसम्म ढोरपाटन सिकार क्षेत्रमा झन्डै १० हजारभन्दा बढी पर्यटक पुगेका छन् । ढोरपाटन पुग्ने विदेशीभन्दा अधिकांश पर्यटक स्वदेशी छन् ।
सडक बनेको २२ वर्षपछि मनाङमा गाडी
ट्र्याक खुलेको २२ वर्षपछि मनाङ सदरमुकाम चामेसम्म आइतबारदेखि नियमित बस सेवा सुरु भएको छ । नेपाली सेनाको सक्रियतामा बेँसी सहर–चामे ट्र्याक खोल्ने कार्य सुरुआत गरेको थियो ।
संरक्षणको पर्खाइमा मुस्ताङको सेकुङ ताल
यहाँको थासाङ गाउँपालिका–२ स्थित सेकुङ ताल संरक्षणको पर्खाइमा छ । ताल संरक्षणका लागि सरोकारवाला निकायले ध्यान नदिँदा सेकुङ ताल ओझेलमा परेको छ ।
मनाङमा सार्वजनिक बस सेवा सञ्चालन सुरु
हिमाली जिल्ला मनाङमा आइतबारदेखि नियमित रूपमा सार्वजनिक बस सेवा सञ्चालनमा ल्याइएको छ । ट्रयाक खोलिएको २२ वर्षपछि सदरमुकाम चामेसम्म सार्वजनिक बस सेवा सञ्चालन गरिएको हो ।
पत्रकार महासंंघ गोरखामा निर्विरोध नेतृत्व
गुणबहादुर रोकासुलीकोट, वैशाख ८ गते । नेपाल पत्रकार महासङ्घ गोरखाको नयाँ नेतृत्व निर्विरोध चयन भएको छ । जिल्लामा पुस २८ गते हुनु पर्ने निर्वाचन सदस्यबिचको असमझदारीले केही महिनादेखि रोकिएकोमा क्रियाशील सञ्चार सम्बद्ध सङ्घ सङ्गठनबिच भएको सहमति अनुसार भएको निर्वाचनमा सबै पदमा एकल उम्मेदवारी दर्ता भएपछि नरेन्द्र ढकाल सहितको जिल्ला कार्यसमिति निर्विरोध निर्वाचित भएको हो । आइतबार साँझ उम्मेदवारी दर्तासंगै उम्मेदवार माथि दाबी विरोधका लागि दिएको समयमा कुनै पनि उम्मेदवार प्रति उजुरी नपरेपछि निर्वाचन समितिले निबिरोध निर्वाचित भएको घोषण गरेको हो ।जस अनुसार महासङ्घ गोरखा शाखाको उपाध्यक्षमा विकास मरहठ्ठ, समाबेशी उपाध्यक्षमा अस्मिता सिम्खडा, सचिवमा सुजन न्यौपाने, सहसचिवमा मोहसिन मिया, समाबेशी सहसचिवमा दान बहादुर गुरुङ र कोषध्यक्षमा गुणराज रोका निर्विरोध निर्वाचित हुनु भएको मुख्य निर्वाचन अधिकृत स्थानेश्वर दुवाडीले जानकारी दिनुभयो । उहाँका अनुसार सदस्यमा राजेश पौडेल, बिमल श्रेष्ठ, संगिता चेपाङ, मेलिना बराम, बिभर गुरुङ र सुदिप श्रेष्ठ, चयन हुनुभएको छ । त्यस्तै गरी राष्ट्रिय परिषद सदस्यमा नरहरि सापकोटा र किरण कुमार लोहनी चयन हुनु भएको छ । गत मंसिर २८ गते हुने भनिएको निर्वाचन सदस्य बिबाद भएपछि झन्डै साँढे ४ महिना पत्रकार महासङ्घ गोरखा शाखाको निर्वाचन स्थगित हुँदै आएको थियो । निर्विरोध निर्वाचित जिल्ला शाखाका पत्रकारहरूलाई धन्यवाद दिँदै पत्रकार महासङ्घका केन्द्रीय प्रतिनिधि तथा नेपाल पत्रकार महासङ्घ गण्डकी प्रदेशका अध्यक्ष रमेश पौडेलले पत्रकारिताको क्षमता अभिवृद्धि गर्न आग्रह गर्दै सरकारले गरेका गलत कार्यलाई खबरदारी गर्नुपर्ने पत्रकारको धर्म भएको पनि बताउनुभयो ।
सोह्रौँ शताब्दीको देवीको मन्दिर पुनर्निर्माण
राष्ट्रकवि माधवप्रसाद घिमिरेको गाउँ लमजुङको बाहुनडाँडामा भूकम्पले भत्काएको ऐतिहासिक तथा धार्मिक महत्वको मन्दिरको पुनर्निर्माण गरिएको छ । देश विदेशमा चन्दा सङ्कलन गरेर स्थानीयले मन्दिरको पुनर्निर्माण गरेका हुन् ।
याकचौँरीपालन सङ्कटमा
मुस्ताङ, वैशाख ८ गते । यहाँको थासाङ–२ घट्टेखोलास्थित हिमालयन याक नाकपालन उपसमितिका सदस्य एवं वडासदस्य भीमप्रसाद थकालीलाई पछिल्लो समय याकचौँरीका पाठापाठी हुर्काउन समस्या छ ।उहाँको करिव ७० वटा याकचौँरी छन् । पूख्र्यौली पेशा अङ्गाल्दै आउनुभएका थकालीले पछिल्लो समय याकचौँरीपालन व्यवसाय जोगाउनै गाह्रो परेको बताउनुभयो । सरकारले हिमाली क्षेत्रका याकचौँरीपालन व्यवसायलाई संरक्षण गर्न अनुकूलनका कार्यक्रम ल्याउन आवश्यक रहेको उहाँको भनाइ छ । “सरकारले हिमाली याकचौँरीपालन संरक्षणका लागि अहिलेसम्म ठोस कार्यक्रम ल्याउन सकिरहेको छैन,” उहाँले भन्नुभयो, “हिमालमा चरनक्षेत्रमा घाँस नहुने, वन्यजन्तुको जोखिम र सुख्खा खडेरीले पानीको अभाव हुँदा यो व्यवसायनै लोप हुने अवस्थामा पुगेको छ ।”जिल्लाका पाँच वटै स्थानीय तहमा करिब चार हजार ७०० बढी सङ्ख्यामा याकचौँरी छन् । याकचौँरीपालनको व्यावसायिक हकहित र उत्थानका लागि २०७६ सालमा हिमालयन याकचौँरी पालन तथा संरक्षण व्यवस्थापन समिति गठन भएको थियो । त्यसकै उपशाखा अन्तर्गत थासाङ–२ घट्टे खोलामा हिमालयन याक नाक पालन उपसमिति छ । थकाली जस्तै थासाङ–२ मा २२ घरधुरीले २२ वटा गोठ खडा गरी करिव ७०० बढी सङ्ख्यामा याक नाक पालन गर्दै आइरहेका छन् । पूख्र्यौली व्यवसाय याकचौँरीपालनबाट राम्रो आम्दानी हुने गरेको उनीहरुको भनाइ छ । याक नाकको दुधबाट घ्यू, छुर्पी र मासु उत्पादन हुने गर्छ । यसका अतिरिक्त याक नाकका रगत निकालेर सर्वसाधारणलाई बिक्री गरी बैकल्पिक आम्दानी लिने गरेका छन् ।थासाङमा हिउँद र बर्खायाममा अलगअलग गोठ स्थान्तरण गरेर याकचाँैरीको व्यवस्थापन गर्ने गरिएको छ । बर्खायामको चिसो मौसममा मुलीखर्क, मार्चे र बतासे डाँडा लगेर गोठ सारिन्छ । त्यसपछि बिस्तारै हिउँदयाम लागेपछि बस्ती नजिकको पट्के खर्क, छिप्लुङ खर्क, सेकुङ खर्क, खैक्यु खर्क र लुप्साङ खर्कलगायतका स्थानमा याकचौँरीको गोठ स्थान्तरण गरिने याकचाँैरी पालक गौतम शेरचनले जानकारी दिनुभयो । याकचौँरीपालन गर्दा गोठालालाई वार्षिक रु दुई लाख र खाने, बस्ने र लत्ताकपडाको व्यवस्थापन गरिदिने चलन छ । पछिल्लो समय हिमाली क्षेत्रमा याकचौँरीपालन सङ्कटमा पर्दै गएको हो । जलवायु परिवर्तनका कारण वातावरणीय क्षेत्रमा परेको असरले याकचौँरीपालन व्यवसाय समस्यामा परेको स्थानीयवासीको अनुमान छ ।हिमाली क्षेत्रमा समयमा हिउँ नपर्ने, बेमौसममा हिमपात हुने र कुनै वर्ष हिउँ पर्दै नपर्नेजस्ता प्राकृतिक विपद्ले हिमाली याकचौँरीका लागि आवश्यक चरन क्षेत्रमा घाँस पाइन छाडेको हो । हिमालयन याक नाक उपसमितिका याकचौँरीपालक किसानले याक नाकको रगत सर्वसाधारणलाई बिक्री गरेर बैकल्पिक आम्दानी गर्ने गरेका छन् । याकचौँरीको आलो रगत निकालेर बिक्री गर्ने हिमाली क्षेत्रको सदिँयौदेखिको सांस्कृतिक प्रचलन हो । प्राकृतिक उपचारका लागि याकचौँरीको आलो रगत सेवन गर्नाले दीर्घरोगीलाई उपचारमा उपयोगी हुने जनविश्वास छ । विशेषगरी ग्याष्ट्रिक, गानोगोला, हाडजोर्नी दुख्ने तथा पेटसम्वन्धी समस्या भएका बिरामीलाई याकचौँरीको आलो रगतले फाइदा पुग्ने बताइन्छ । एक वयस्क याकचौँरीबाट २५ गिलासदेखि ४२ गिलाससम्म याकचौँरीको आलो रगत निकाल्न सकिने हिमालयन याक नाक पालन उपसमितिले जनाएको छ । याकचौँरीको रगत सेवन गर्न आउने सर्वसाधारणलाई प्रतिगिलास रु ३०० को दरमा बिक्री वितरण गरिन्छ ।
डढेलो नियन्त्रण गर्न सचेतना र्याली
नवलपुरको मध्यविन्दु साझोदारी वन उपभोक्ता समूहले डढेलो नियन्त्रणका लागि गाउँगाउँमा सचेतना र्याली गरेको छ ।
माइक्रो बसले स्कुटरलाई ठक्कर दिँदा दुई जनाको मृत्यु, १० घाइते
डुम्रे–बेसीशहर सडकखण्ड अन्तर्गत तनहुँको भानु नगरपालिका–१०, नेपालीडाँडामा माइक्रोबस र स्कुटर ठोक्किएर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। १० जना घाइते भएका छन्।
स्याङ्जामा पालिकास्तरीय क्रिकेट प्रतियोगिता
स्याङ्जामा पालिकास्तरीय टी–१५ पुरुष क्रिकेट प्रतियोगिता हुने भएको छ ।
सडक दुर्घटनामा दुईको मृत्यु, १४ जना घाइते
डुम्रे-बेँसीसहर खण्डअन्तर्गतको भानु नगरपालिका–१० कालीमाटीमा आज माइक्रो बस र स्कुटर ठोक्किँदा दुई जनाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन् ।
ढोरपाटनमा नौ महिनामा १० हजार बढी पर्यटक पुगे
चालु आर्थिक वर्षको ९ महिना अर्थात् असारदेखि फागुन मसान्तसम्म ढोरपाटन शिकार आरक्षमा झण्डै १० हजार बढी पर्यटक पुगेका छन् । ढोरपाटन पुग्ने विदेशीभन्दा अधिकांश पर्यटक स्वदेशी छन् ।
दुई वर्षमुनिका बालबालिकालाई बालभिटा खुवाउन सुरु
तनहुँमा बालबालिकामा देखिने कुपोषण न्युनीकरणका लागि दुई वर्षमुनिका बालबालिकालाई बालभिटा खुवाउन सुरु गरिएको छ ।
गुल्मीमा विद्युत् सर्टबाट आगलागीका घटना बढ्दो
गुल्मीमा विद्युत् सर्ट भएर आगलागी हुने घटना बढ्दै गएका छन् । भर्खरै नयाँ वर्षको दिन इस्मा गाउँपालिका–१ का दानबहादुर सारूको घर विद्युत् सर्ट भएर आगलागी हुँदा क्षणभरमै ध्वस्त बन्यो । शरीरका लुगा बाहेक सबै गुमाएका सारू परिवार बिचल्लीमा परेको छ । त्यस्तै इस्मा गाउँपालिका–२ की विमला दर्जीको घर पनि गत चैत २६ गते बिद्युत् सर्ट भएर आगलागी हुँदा आँखै अगाडी खरानी बन्यो ।
विदेशको रहर मारेर गाउँमै कृषि पेसा
पर्वतको ज्योतिष गाउँ भनेर चिनिँदै आएको पाङगाउँका धेरै जसो युवा कामको खोजीमा विदेश गएका छन् । गाउँमा हरेक घरका एक युवा विदेश हिँडेपछि सामाजिक कार्य गर्नुपर्दा युवा देखा पर्न छोडेको अवस्था छ ।
युवाको सक्रियताले परिवर्तन भएको गाउँ
एक घर, एक धारा अभियानमा गण्डकी प्रदेशमा नै उत्कृष्ट बनेको स्याङ्जाको कालीगण्डकी गाउँपालिका–५ मा रहेको सुन्धौली गाउँमा अचेल छुट्टै रौनक छ । गाउँमा मदिरा र धूमपान निषेध गरिएको छ ।
गाउँका बूढापाकाले मात्र धानेका घुम्ती गोठको परम्परा
धवलागिरि गाउँपालिका–३ मुनाका ७१ वर्षीय खड्कमान पुनको दैनिकी घुम्ती गोठमा बित्ने गरेको छ । परम्परागत रूपमा गाईपालन गर्दै आउनुभएका उहाँको गोठमा १९ गाई छन् ।
यातायात कार्यालयद्वारा नौ महिनामा २३ करोडभन्दा बढी राजस्व सङ्कलन
यातायात व्यवस्था कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व)ले चालु आर्थिक वर्षको नौ महिनामा रु. २३ करोड ५४ लाख ३० हजार ९८० राजस्व सङ्कलन गरेको छ ।
दुई दशकपछि सडक स्तरोन्नति
निरयघाट, तीन दशक अघिसम्म बागलुङ प्रवेश गर्ने एकमात्र नाका थियो । विसं २०१३ अगाडिसम्म बागलुङवासी डुङ्गामा कालीगण्डकी तरेर पर्वतको खनियाघाट हुँदै पोखरा, काठमाडौँलगायत ठाउँमा आवतजावत गर्थे ।
जुनियर टेनिसमा दर्शिल र सारालाई दोहोरो उपाधि
कास्की जिल्ला टेनिस सङ्घको आयोजनामा पोखरामा सम्पन्न चौथो संस्करणको ‘मनुश्री भिग्नजीत जुनियर’ राष्ट्रिय टेनिस प्रतियोगितामा पोखराका दर्शिल श्रेष्ठ र काठमाडौँकी सारा पन्तले दोहोरो उपाधि जितेका छन् ।