• ७ वैशाख २०८२, आइतबार

सडक दुर्घटनामा दुईको मृत्यु, १४ जना घाइते

blog

दमौली (तनहुँ), वैशाख ७ गते । डुम्रे-बेँसीसहर खण्डअन्तर्गतको भानु नगरपालिका–१० कालीमाटीमा आज माइक्रो बस र स्कुटर ठोक्किँदा दुई जनाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन् ।

डुम्रेबाट लमजुङतर्फ जाँदै गरेको बा.२ ख. ४०२२ नम्बरको माइक्रो बस र विपरीत दिशाबाट आउँदै गरेको ग. २६ प. ४०५८ नम्बरको स्कुटर एकआपसमा ठोक्किँदा माइक्रोमा सवार एक र स्कुटरमा सवार एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक अशोक थापाले जानकारी दिनुभयो । मृतकको सनाखत हुन बाँकी छ । 

माइक्रो बसमा सवार पुरुषको लमजुङमा र स्कुटरमा सवार महिलाको दमौली अस्पतालमा मृत्यु भएको बताउनुभयो । उहाँका अनुसार गम्भीर घाइते भएका स्कुटर चालकलाई उपचारका लागि चितवन मेडिकल कलेज पठाइएको छ । माइक्रो बस चालक सिन्धुपाल्चोकका मानबहादुर घलेलाई नियन्त्रणमा लिइएको छ । रासस