शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
काठमाडौँ, पुस २ गते । प्रधानमन्त्री सुशीला कार्कीले संयुक्त राष्ट्र संघको सहयोगको नेपालले कदर गर्ने बताउनुभएको छ ।
संयुक्त राष्ट्र संघसँग नेपालको साझेदारीको ७० औँ वार्षिकोत्सवका अवसरमा आयोजित विशेष कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री कार्कीले यस्तो बताउनुभएको हो । उहाँले बुधबार पुल्चोकस्थित यूएन हाउसमा आयोजित समारोहलाई सम्बोधन गर्नुभएको हो ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले भन्नुभयो, ‘नेपालले संयुक्त राष्ट्र संघलाई उच्च मूल्याङ्कन गर्छ। तपाईंहरूले विश्व शान्ति कायम राख्न, विकासलाई समर्थन गर्न र हामीलाई राम्रो भविष्य निर्माण गर्न मद्दत गर्दै आउनुभएको छ। लामो समयदेखि संयुक्त राष्ट्र संघले नेपाल जनताको जीवन सुधार गर्न मद्दत गर्दै आएको छ। हामी यो सहयोगको कदर गर्छौं।’
