हुलाक सेवालाई छिटोछरितो बनाइँदै
जिल्ला हुलाक कार्यालय म्याग्दीले हुलाक सेवालाई छिटोछरितो बनाएको छ । चिठी–पत्र र पार्सल सम्बन्धित ठाउँमा पुग्न कम्तीमा पाँचदेखि दस दिन लाग्नेमा अबदेखि भने एकैदिनमा पुग्ने व्यवस्था मिलाइएको छ ।
बारपाकीले बिर्सन नसकेका भूकम्प
गोरखा बारपाकी ६२ वर्षीया धनमाया गुरुङलाई १० वर्षयता वैशाख १२ कहिले पनि नआओस् जस्तो लाग्छ । बारपाकलाई केन्द्रविन्दु बनाएर २०७२ वैशाख १२ मा गएको भूकम्पमा उहाँलाई आफ्नो सात वर्षीया भदैनी गुमाएको कुराले सधैँ पिरोल्छ ।
मुस्ताङ भ्रमण गर्ने विदेशी पर्यटक ५० प्रतिशतले बढे
मुस्ताङमा विदेशी पर्यटकको आगमन उत्साहजनक देखिएको छ । राष्ट्रिय प्रकृति सरक्षण कोष, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) जोमसोमका कार्यालयका विसं २०८० को तुलनामा २०८१ सालमा यहाँ आउने विदेशी पर्यटक करिब ५० प्रतिशतले बढेका छन् ।
सस्कृति संरक्षणमा जुट्दै कुमाल समुदाय
यहाँका कुमाल समुदायमा प्रचलित विभिन्न सङ्गीत, नाच, गीत, भेषभुषा लगायतको लोप हुन थालेपछि संरक्षणका लागि समुदायका अगुवाहरू सक्रिय भएका छन् ।
बीस वर्षपछि अछेते–भिमापोखरा सडक स्तरोन्नति
उक्त सडकको पाँच किलोमिटरमध्ये आठ स्थानमा ढलान गरिएको छभने केही स्थानमा पहिरो रोकथामका लागि सडक चौडा पारिएको छ ।
ठेकेदारको बदमासी : भुजी र दरमखोला पुल निर्माण वर्षौँदेखि अलपत्र
निर्माण व्यवसायीको चरम लापरबाहीका कारण बागलुङमा दुई वटा मोटरेबल पुल नौ वर्षदेखि अलपत्र छन् ।
चालकसँग एक मिनेट यात्रुसँग दुई मिनेट
जिल्ला ट्राफिक कार्यालय मुस्ताङका प्रमुख भुवन क्षेत्रीले बेनी–जोमसोम–कोरला नाका हुँदै मुस्ताङ जिल्लामा प्रवेश गर्ने सवारीसाधनलाई रोकेर सम्मानपूर्वक चालकलाई स्वागत गर्दै यात्राका बारेमा जिज्ञासा राख्नुहुन्छ ।
बेनी–दरवाङ सडकः आठ वर्षमा १७ किलोमिटर कालोपत्र
मङ्गला, मालिका र धवलागिरि गाउँपालिकालाई जिल्ला सदरमुकाम बेनीसँग जोड्ने बेनी–दरबाङ सडक आठ वर्षमा १७ किलोमिटर कालोपत्र भएको छ । चौबिस किलोमिटर लामो यो सडकको स्तरोन्नति आठ वर्षअघि थालिएको हो ।
बङ्गुर पालेर स्वरोजगार र आत्मनिर्भर
बङ्गुरपालन गरेका म्याग्दीका एक युवाले निरन्तर मेहनत गर्ने हो भने देशमै स्वरोजगार र आत्मनिर्भर बन्न सकिने सन्देश दिनुभएको छ ।
मनाइयो पुस्तक दिवस
विश्व पुस्तक तथा प्रतिलिपि अधिकार दिवसका अवसरमा पोखरामा पुस्तक आदानप्रदान गरिएको छ । र्यान्डम रिडर्स सोसाइटीको आयोजनामा ३० जनाले पुस्तक साटासाट गरेका थिए ।
पुल नबनाउने शान्ति–आरोग्य जेभीको ठेक्का तोडेर गरियो कारवाही
कास्की, वैशाख १२ गते । पोखरा महानगरपालिका–४ र ५ जोड्नेगरी फिर्केखोलामा निर्माण गर्न गरिएको पुलको ठेक्का सम्झौता तोडिएको छ । सडक डिभिजन कार्यालय पोखराले सो पुल निर्माणका लागि विसं २०७५ असोजमा ठेक्का सम्झौता गरेकामा निर्माण कम्पनीले काम सम्पन्न नगरेको र काम गर्ने अग्रसरतासमेत नदेखाएपछि कार्यालयले ठेक्का सम्झौता तोडेको हो ।पुल निर्माणको ठेक्का पाएको शान्ति–आरोग्य जेभी सानेपा ललितपुरले पटकपटक म्याद थपे पनि काम नगरेका कारण ठेक्का सम्झौता अन्त्य गर्नुपरेको सडक डिभिजन कार्यालय पोखराका प्रमुख एवं सिनियर डिभिजनल इन्जिनियर नवराज बाँस्तोलाले बताउनुभयो ।उहाँले भन्नुभयो, “पुल निर्माण सम्पन्न गर्न पटकपटक म्याद थप गर्दा पनि काम सम्पन्न नभएको कार्य सम्पन्न गर्न सक्ने प्रतिबद्धता र तदारूकता नदेखाइएकाले नियमानुसार ठेक्का सम्झौता अन्त्य गरिएको हो । अब अर्थ मन्त्रालयबाट स्रोत सुनिश्चित भएपछि नयाँ ठेक्का प्रक्रिया सुरु हुन्छ ।”यसैगरी सडक डिभिजन कार्यालयले सो पुलको निर्माण कम्पनी शान्ति–आरोग्य जेभीलाई कालोसूचीमा राख्न सिफारिस गरेको छ । “सार्वजनिक खरिद ऐन, २०६३ दफा ५९ ९८० र ठेक्का सम्झौताको प्रावधानबमोजिम कार्यसम्पादन, पेश्की जमानत र धरौटीबापतको रकम जफत गरिने छ । साथै कार्यालय पोखरा, प्रशासन, कोष तथा लेखा नियन्त्रक कार्यालय र निर्माण व्यवसायी वा निजको आधिकारिक प्रतिनिधिको रोहबरमा आठदेखि १५ दिनभित्र हालसम्म अद्यावधिक भएको काम र बाँकी कामको नापजाँच गरी मूल्याङ्कन गर्नेछौँ”, कार्यालय प्रमुख बास्तोलाले भन्नुभयो ।पोखरा–बाग्लुङ राजमार्गअन्तर्गत पोखराको जिरो किमीबाट विन्ध्यवासिनीसम्मको छ लेनको सडकको बीचमा फिर्केखोलामाथि साँघुरो पुलका कारण दुर्घटना बढेपछि नयाँ पुल निर्माण प्रक्रिया सुरु गरिएको हो । अहिले भइरहेको साँघुरो पुलको दायाँ–बायाँ ११ मिटर चौडाइ र ५०–५० मिटर लम्बाइका दुईवटा निर्माणका लागि रु १७ करोड १० लाखमा सडक डिभिजन कार्यालयले ठेक्का सम्झौता गरेको थियो ।सो पुल सम्झौताको ३० महिना अर्थात् विसं २०७७ चैत ३० भित्रमा निर्माण सकिनुपर्ने सम्झौता रहे पनि निर्माण कम्पनीले विभिन्न बहाना बनाउँदै आलटाल गर्दै आएको थियो । पुल निर्माण सम्पन्न गर्न तीनपटकसम्म म्याद थप गरिएको थियो । सडकअनुसार फिर्केखोला पुल साँघुरो हुँदा धेरै दुर्घटना भइरहेका छन् । स्थानीयवासीले पनि पुलः निर्माण तोकिएको समयभित्रमा सम्पन्न गर्न जिल्ला प्रशासनलगायत कार्यालयमा दबाब दिँदै आएका थिए ।
गण्डकी प्रदेश स्वास्थ्यमन्त्री पाठकद्वारा दमौली अस्पतालको निरीक्षण
गण्डकी प्रदेशका स्वास्थ्यमन्त्री कृष्णप्रसाद पाठकले तनहुँको सदरमुकाम दमौलीस्थित प्रदेश अस्पताल दमौलीको बिहीबार आकस्मिक अनुगमन तथा निरीक्षण गर्नुभएको छ ।
शिक्षक आन्दोलनमा रहँदै स्याङ्जाको भाग्योदयमा पठनपाठन सुचारु
शिक्षकहरूको राजधानी केन्द्रित आन्दोलनका चलिरहँदा सामुदायिक विद्यालयहरूको नतिजा प्रकाशन, भर्ना अभियान र पठनपाठन ठप्प भएको छ ।
सहिद देशका साझा सम्पत्ति : अध्यक्ष प्रचण्ड
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सहिद परिवार भेटघाट गर्नुभएको छ ।
कैन्दीबन्दीलाई सिलाइकटाइ तालिम
जिल्ला कारागारका कैदीबन्दीलाई सिलाइकटाइ तालिम दिन सुरु गरिएको छ । पर्यटन तथा उद्योग कार्यालयको आयोजनामा पुरुष कैदीबन्दीहरूको सीप क्षमता विकास, आयआर्जन, व्यवसायिक तथा आत्मनिर्भर बनाउने उद्देश्यले आजदेखि एक महिनाको सिलाइकटाइ तालिम सञ्चालन गरिएको हो ।
पुतलीबजार पूर्ण खोप पालिका घोषणा
११ पालिका रहेको स्याङ्जामा हरेक वर्ष जस्तै पुतलीबजार नगरपालिका पूर्ण खोप पालिका घोषणा भएको छ । पुतलीबजार नगरपालिकामा सरोकारवालाले हस्ताक्षर गर्दे दिगोपनका लागि समेत प्रतिबद्धता जनाउनुभएको हो ।
आँपपिपल अस्पताल प्रदेश सरकारलाई हस्तान्तरण
गोरखाको पालुङटार नगरपालिका -२ आँपपिपल अस्पताल प्रदेश सरकारले स्वामित्व लिने गरी हस्तान्तरण गरिएको छ ।
हुप्सेकोट गाउँपालिकाद्धारा अनिवार्य विद्यालय सञ्चालन गर्न आग्रह
नवलपुरको हुप्सेकोट गाउँपालिकाले आगामी आइतबारदेखि अनिवार्य विद्यालय सञ्चालन गर्न आग्रह गरेको छ ।
सोती खानेपानी लिफ्टिङ योजना अलपत्र
पर्वत जिल्लाको दक्षिणी भेगमा पर्ने विहादी गाउँपालिकाको सोती खानेपानी लिफ्टिङ योजना अलपत्र परेको छ । दुर्गम बस्तीका जनतालाई पिउने पानीको सुविधा पुराइने लक्ष्य राखिएको सोती खानेपानी लिफ्टिङ योजना ४ वर्षदेखि अलपत्र छ ।
कालोपत्र सडकले जोडिँदै ढोडेनी
सहरी शासकीय सुधार कार्यक्रममार्फत तरकारी गाउँले परिचित बागलुङ नगरपालिका ४ को ढोडेनी गाउँ कालोपत्र सडकले जोडिँदै छ ।
जलजलामा कोल्ड स्टोर निर्माण सुरु
किसानले उत्पादन गरेको कृषि उपजको भण्डारणका लागि जलजला गाउँपालिकाले कोल्ड स्टोर निमाण सुरु गरेको छ ।
चार महिना म्याद छदै बन्यो पुल
अमरराज नहर्कीतनहुँ, वैशाख ११ गते । तनहुँको व्यास नगरपालिका स्थित बुल्दीखोलमा ठेक्का अवधि भन्दा चार महिना अघि नै पुल निर्माण सम्पन्न भएको छ । ज्वालामुखी कन्स्ट्रक्सनले तीव्र काम गरेर पुल निर्माण सम्पन्न गरेको हो । पुल निर्माण भएसँगै उपभोक्ता खुसी भएका छन् । आगामी भदौ २२ गतेभित्र निर्माण सम्पन्न गर्ने गरी निर्माण कम्पनीसँग सम्झौता सम्झौता भएको थियो । तर सम्झौता भन्दा चार महिना अगावै पुल सम्पन्न गरेको व्यास नगरपालिकाले जनाएको छ । वैशाखदेखि पुल निर्माण कार्य सुरु गरी एक वर्ष भित्र सम्पन्न गर्न सकिएको ज्वालामुखी कन्स्ट्रक्सनका सुपरभाइजर नारायण पाण्डेले जानकारी दिनुभयो । व्यास नगरपालिकाको वडा नम्बर १ र २ जोड्ने बुल्दी खोलामाथि कराङकाठ, बसपार्क जाने सडकमा निर्माणाधीन पुल सम्पन्न भएको हो ।निर्माण कम्पनीले आफ्नो जिम्मेवारीलाई महत्त्वपूर्ण तवरबाट निर्धारित समय भन्दा अघि काम पुरा गरेर प्रशंसनीय काम गरेको व्यास नगरपालिका प्रमुख वैकुण्ठ न्यौपानेले बताउनुभयो । समयावधि अघि गुणस्तरीय निर्माण कार्य सम्पन्न गर्ने निर्माण व्यवसायीलाई पुरस्कृत गर्नुपर्ने कानुनी व्यवस्था रहेको छ । पुल निर्माणका लागि व्यास नगरपालिकाको समपूरक योजना अन्तर्गत छ करोड ११ लाख तीन सय २४ बजेट विनियोजन भएको थियो । पुलको २५ मिटर लम्बाइ र आठ दशमलव ४० मिटर चौडाइको रहेको छ । हाल पुल निर्माण गरिएको स्थान नजिक कज वे बाट [पाइप राखेर बनाइएको अस्थायी संरचना] सवारीसाधन आवतजावत हुँदै आएको थियो । पुल बनेसँगै व्यास नगरपालिका–१ मा निर्माण गरिएको बसपार्कमा सवारी पार्किङ गर्न तथा स्थानीय बासिन्दालाई आवत जावतको लागि सहज भएको नगर प्रमुख न्यौपाने बताउनुहुन्छ । पक्की पुल निर्धारित समय भन्दा अघि सम्पन्न भएपछि आवतजावतका लागि सहज भएकोले स्थानीय खुसी भएको व्यास नगरपालिका–१ कराङकाठ स्थित सामुदायिक प्रहरी सेवा केन्द्रका सदस्य विष्णुप्रसाद श्रेष्ठले बताउनुभयो । पाइप राखेर बनाइएको अस्थायी संरचनाको पुल वर्षमायामा बुझिएर स्थानीय बासिन्दालाई भलबाट प्रभावित भएकोमा पुल बनेपछि हर्षित बनेको उहाँले बताउनुभयो ।
‘लोकतन्त्रको विकल्प लोकतन्त्र नै हो’
लोकतन्त्र दिवसको अवसरमा गैरसरकारी संस्था महासङ्घले आज दमौलीमा गरेको कार्यक्रमका वक्ताहरुले लोकतन्त्रको विकल्प लोकतन्त्र नै भएकामा जोड दिएका छन् ।
च्याङ्ग्राको नश्ल सुधारम तथा अनुसन्धानस्थल बन्दै मुस्ताङको च्याङ्ग्रा फार्म
लोघेकर दामोदरकुण्ड गाउँपालिका–१ चराङमा स्थानीय उपभोक्ता समितिमार्फत च्याङ्ग्रा फार्म सञ्चालन भएको छ । फार्म च्याङ्ग्राको नश्ल सुधारका साथै पशुविकासका कार्यक्रम सञ्चालन एवं अनुसन्धानको केन्द्रका रुपमा विकसित हुँदै गएको छ ।