• १२ वैशाख २०८२, शुक्रबार

बीस वर्षपछि अछेते–भिमापोखरा सडक स्तरोन्नति

blog

गलकोट (बागलुङ),  वैशाख १२ गते ।  अछेते–भिमापोखरा  सडक एक करोड ५० लाख लागतमा स्तरोन्नति गरिएको छ । 

उक्त सडकको पाँच किलोमिटरमध्ये आठ स्थानमा  ढलान गरिएको छभने केही स्थानमा पहिरो रोकथामका लागि सडक चौडा पारिएको छ । 

काठेखोला गाउँपालिकाका अध्यक्ष राजु थापाका अनुसार काठेखोला गाउँपालिकाको ५० लाख र भिमापोखरा वडा कार्यालयको २० लाख गरी रु ७० लाखको लागतमा सडक स्तरोन्नति गरिएको हो । पूर्वाधार विकास कार्यालयबाट प्राप्त ८० लाख ढलान तथा पहिरो नियन्त्रणमा खर्च भएको छ । केही स्थानमा काम जारी छ । चार स्थानमा पहिरो नियन्त्रण गर्ने पूर्वाधार बनाइने छ । 

गाउँपालिकाले अछेते–भिमापोखरा सडकलाई कालोपत्र गर्न पर्याप्त बजेट विनियोजन नभएकाले केन्द्र सरकारसमक्ष अनुरोध गरिएको तथा विस्तृत परियोजना प्रतिवेदन पनि प्रस्तुत गरिएको अध्यक्ष थापाले राससलाई जानकारी दिनुभयो । रासस