औलो उन्मूलनमा चुनौती
नेपालमा औलो नियन्त्रण प्रयासको सय वर्ष पुगिसकेको छ । औलो रणनीतिक योजना २०१४–२०२५ अनुसार सन् २०२५ सम्म औलोमुक्त हुने नेपालको लक्ष्य छ तर भारतसहितका देशबाट भित्रिने औलोको दर कम नहुँदा नेपालका लागि लक्ष्य हासिल गर्न कठिन देखिएको छ ।
एकै दिनमा पुग्न थाले चिठीपत्र
जिल्ला हुलाक कार्यालय म्याग्दीले हुलाक सेवालाई छिटोछरितो बनाएको छ ।
मध्यपहाडी राजमार्गको सुुन्दरेखोलामा ‘आर्क ब्रिज’ निर्माण गरिँदै
पुष्पलाल मध्यपहाडी राजमार्ग आयोजनाअन्तर्गत पर्वत खण्डमा पर्ने सुन्दरेखोलामा मोटरेबल पुल निर्माण सुुरु भएको छ । राजमार्गको पर्वतखण्ड कालोपत्र गरी सम्पन्न भएको दुई वर्षपछि पुल निर्माण सुरु भएको हो ।
दोर्दी जोड्ने सडक अन्तिम चरणमा
दोर्दी गाउँपालिका केन्द्र जोड्ने सडक निर्माण अन्तिम चरणमा पुगेको छ । उक्त सडकको अझै २० प्रतिशत काम बाँकी छ ।
लेक लागेर मुस्ताङमा एक तिर्थयात्रुको मृत्यु
प्रसिद्ध धार्मिक स्थल मुक्तिनाथ दर्शनका लागि मुस्ताङमा आउनुभएका एक नेपाली तिर्थयात्रुको लेक लागेर मृत्यु भएको छ । स्याङ्जाको काली गण्डकी गाउँपालिका–२ का ७५ वर्षीय गोपीराम गाहाको प्रदेश अस्पताल जोमसोममा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक विशाल अधिकारीले बताउनुभयो ।
गाउँमै स्तरीय स्वास्थ्य सेवा प्रदेश सरकारको प्राथामिकता : मुख्यमन्त्री पाण्डे
गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गाउँमै स्तरीय स्वास्थ्य सेवा प्रदेश सरकारको प्राथामिकता रहेको बताउनुभएको छ।
विद्यालय सञ्चालन गर्न पालिकाको दबाब, माग पूरा नभएसम्म नखोल्ने शिक्षकको अडान
नवलपुरका स्थानीय पालिकाहरूले भोलि आइतबारदेखि विद्यालय सञ्चालन गर्न दबाब बढाएका छन्। तीन वटा पालिकाले विज्ञप्ति निकालेर आइतबारदेखि विद्यालय सञ्चालन गर्न आग्रह गरेका छन्।
एक सयको कोष, तीन लाखको बिमा
समाजवाद उन्मुख बन्दै गएको लमजुङको पर्यटकीय स्मार्ट भिलेज घले गाउँवासीले आफ्नै कोषबाट स्वास्थ्य बिमा लागु गरेका छन् ।
कोरोला नाकामा सीमा अपराध रोक्न संयुक्त गस्ती
चीनको स्वशासित क्षेत्र तिब्बतसँगको सिमाना जोडिएको उपल्लो मुस्ताङको लोमन्थाङ गाउँपालिका–४ मा पर्ने कोरोला नाकाको सीमा क्षेत्रमा हुने सीमा अपराध रोक्न नेपाल प्रहरी, शसस्त्र प्रहरी बल र चिनियाँ प्रहरीले शुक्रबार संयुक्त गस्ती गरेका छन् ।
नारच्याङमा रेलेखोला जलविद्युत आयोजना निर्माण
म्याग्दीको अन्नपूर्ण गाउँपालिका ४ नारच्याङमा छ मेगावाट क्षमताको रेलेखोला जलविद्युत आयोजना निर्माण सम्पन्न भएको छ । आयोजनाको पूर्वाधार निर्माण सकेर परीक्षण थालिएको हो ।
मुस्ताङमा निःशुल्क स्वास्थ्य शिविर : पाँच जना महिलामा भिआइए पोजेटिभ
मुस्ताङका तीन स्थानीय तहमा आयोजित पाँच दिने बृहत् निःशुल्क स्वास्थ्य शिविरबाट साढे आठ सय जना सर्वसाधारण लाभान्वित भएका छन् ।
बन्दीपुर गाउँपालिकाद्वारा आइतबारबाट अनिवार्य पढाई सुरु गर्न सूचित
तनहुँको बन्दीपुर गाउँपालिकाले आइतबारबाट अनिवार्य पढाई सूचारु गर्न सूचित गरेको छ । शिक्षकहरूको दबाबमूलक आन्दोलनले गर्दा प्रभावित बनेको पठनपाठन प्रक्रिया सुरु गर्न सूचित गरेको हो ।
अज्ञात समूहद्वारा डोजरमा आगजनी
बागलुङको निसीखोला गाउँपालिकामा रोकि राखेको डोजरमा आगजनी भएको छ । निसीखोला गाउँपालिका वडा नं. ५ काफलठुँटामा पार्किङ्ग गरेर राखिएको प्रदेश २–८३–०८१ क १६९८ नम्बरको डोजरमा शुक्रबार राति करिब १०ः३० बजे अज्ञात समूहले आगजनी गरेको प्रहरीले जनाएको छ ।
नीलगिरि हिमाल र जहाज
मुस्ताङ, वैशाख १३ गते । मुस्ताङको जोमसोम विमानस्थलबाट पोखरातर्फ उड्दै गरेको जहाज र पृष्ठभूमिमा नीलगिरि हिमाल। तस्बिर : रासस
सत्ताइस वर्षअघि ‘ट्याक’ खुलेको रत्नेचौर–भकुण्डे सडक कालोपत्रको तयारी
बेनी नगरपालिका–१ रत्नेचौरदेखि वडा नं २ भकुण्डे जोड्ने सात किलोमिटर सडक विस्तार, नाली, टेवा पर्खाल निर्माण, घुम्ती तथा ग्रेड सुधार गरेर कालोपत्रका लागि सवबेस र बेस बिछ्याउन थालिएको हो ।
मुग्लिन पोखरा सडक : दमौली बजारस्थित बागबजार खण्डमा दोस्रो चरणको कालोपत्र सुरु
मुग्लिन पोखरा सडक विस्तार अन्तर्गत तनहुँको सदरमुकाम दमौली बजारस्थित बागबजार खण्डमा दोस्रो चरणको कालोपत्र सुरु भएको छ । केही समय अगाडि सोही ठाउँमा पहिलो चरणको कालोपत्र सकिएपछि शुक्रबारदेखि दोस्रो चरणको कालोपत्र थालिएको हो ।
म्याग्दीमा ‘आमा समूहसँग उपमेयर’ कार्यक्रम
महिलालाई व्यवसायमा आवद्ध गराई आत्मनिर्भर, स्वरोजगार र लैङ्गिक हिंसा न्युनीकरण गर्ने उद्देश्यले बेनी नगरपालिका–१ रत्नेचौर र वडा नं ५ पुलाचौरमा ‘आमा समूहसँग उपमेयर’ कार्यक्रम सञ्चालन भएको छ ।
ठेक्का अवधिभन्दा चार महिनाअघि नै बन्यो पुल
तनहुँको व्यास नगरपालिकास्थित बुल्दीखोलामा ठेक्का अवधिभन्दा चार महिनाअघि नै पुल निर्माण सम्पन्न भएको छ ।
आगलागीमा परी बालकको जलेर मृत्यु
टोपलाल अर्यालरेसुङ्गा, वैशाख १३ गते । गुल्मीको नयाँ गाउँमा बच्चाहरूले लाइटर खेलाउँदा दुखद घटना भएको छ । धुर्कोट गाउँपालिका–१ नयाँ गाउँ ओखर रुखकी मनि नेपालीका तीन छोराछोरी छन् । आकाश र अस्मिले नयाँ गाउँ मावि र बिवेक नेपालीले देउराली प्राविमा पढ्थे । छोराछोरी शिक्षक आन्दोलनको कारण लामो समयदेखि घरमै छन् । आमा मनि नेपालीले जेठो छोरा आकाशलाई मकै छर्न बारीमा लिएर गएकाले घरमा अस्मि र बिवेक मात्रै थिए । शुक्रवार कडा गर्मी थियो । दिदिभाईले लाइटर निकालेर खेलिरहेका बेला भाइ बिवेकले गोठ नजिकको घाँसको थुप्रोमा आगो लगाए । दिदी अस्मि भागेर चिच्याइन । तर, भाइ गोठभित्र पसेकाले भाग्न पाएनन्, जलेर मृत्यु भएको छिमेकी विष्णु कुवरले बताउनुभयो । मनि नेपालीका श्रीमान् कामको सिलसिलामा भारतमा हुनुहुन्छ । गाउँका अत्यन्तै विपन्न परिवारलाई आगलागी हुँदा छोरा गुमाउनु परेको पीडाले विक्षिप्त बनाएको कुवरले बताउनुभयो । आगलागी भएको केही बेरमा स्थानीय र प्रहरीको टोली जुटे पनि केही गर्न सक्ने अवस्था थिएन । ६ वर्षीय बालक विवेक नेपालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रवक्ता प्रहरी नायब उपरीक्षक गङ्गा बहादुर सारुले जानकारी दिनुभयो । आगोले ढुङ्गा माटोले बनेको टिनले छाएको २ तले कच्ची गोठ जलेर नष्ट भएको प्रहरीले जनाएको छ । बालकको सब पोस्टमार्टमको लागि गुल्मी अस्पतालमा तम्घासमा राखिएको प्रहरीले जनाएको छ । धुर्कोट गाउँपालिका अध्यक्ष भुपाल पोख्रेलले घटनाले निकै दुखी बनाएको बताउँदै आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो ।
गलेश्वर महादेवको १०८ रोपनी जग्गा गायब
पवित्र तीर्थस्थल गलेश्वर धाम मन्दिरको नाउमा रहेको झन्डै एक सय आठ रोपनी गुठीको जग्गा गायब भएको छ । मन्दिर व्यवस्थापन तथा सञ्चालनका लागि स्थापना गरिएको गुठीको जग्गा गलेश्वर शिवालय क्षेत्र विकास कोषको तथ्याङ्क अनुसार हराएको हो । जिल्ला मालपोत कार्यालयको रेकर्डमा जमिन देखिए पनि गलेश्वर शिवालय क्षेत्र विकास कोष सँग त्यसको कुनै पनि रेकर्ड देखिएको छैन ।
बारपाकमा गोरखा भूकम्पसम्बन्धी एकल फोटो प्रदर्शनी
गोरखा भूकम्पको १०औँ स्मृति दिवसको अवसरमा आज बारपाकमा ‘भूकम्पसम्बन्धी एकल फोटो प्रदर्शनी’ गरिएको छ । विसं २०७२ वैशाख १२ गते बारपाक केन्द्रबिन्दु भएको ७ दशमलव ८ म्याग्निच्यूडको विनाशकारी गोरखा भूकम्पको स्मृति दिवस पारेर पत्रकार प्रकाश तिमिल्सिनाको फोटो प्रदर्शन गरिएको हो ।
आयुर्वेद चिकित्सालयलको सेवा बिहान ६ बजेदेखि
बिरामीको सहज उपचारका लागि दमौलीस्थित प्रदेश आयुर्वेद चिकित्सालयले बिहान ६ बजेदेखि सेवा सुरु गरेको छ । बढ्दो गर्मीसँगै बिरामी चाप बढेकोले बिहान १० देखि ३ बजेसम्म सेवा प्रवाह गरिँदै आएकोमा अब बिहान ६ बजेदेखि सेवा सुरु गरिएको आयुर्वेद चिकित्सालयले जनाएको ।
पर्यटकको पर्खाइमा टिटि ताल
मुस्ताङको थासाङ गाउँपालिका–५ स्थित टिटि ताल र आसपासका दृश्य । पर्याप्त प्रचारप्रसारको कमीले गर्दा टिटि तालमा सोचेजस्तो पर्यटक पुग्न सकेको छैन । स्थानीय निकाय, जिल्लास्थित सरोकारवाला निकाय र गाउँलेले प्रचारप्रसारका लागि आवश्यक पहल गरेमा आन्तरिक तथा बाह्य पर्यटक यहाँसम्म पुग्न सक्नेछन्।
खानेपानी ट्याङ्कीको पर्खाल भत्किँदा चार जना घाइते
नवलपुरमा खानोपानी ट्याङ्की ढलान गर्ने क्रममा सोही ट्याङ्कीको ढुङ्गाको पर्खाल भत्किँदा चार जना मजदुर घाइते भएका छन् ।