• १३ वैशाख २०८२, शनिबार

ठेक्का अवधिभन्दा चार महिनाअघि नै बन्यो पुल

blog

फाइल तस्बिर

तनहुँ समाचारदाता

तनहुँ, वैशाख १३ गते । तनहुँको व्यास नगरपालिकास्थित बुल्दीखोलामा ठेक्का अवधिभन्दा चार महिनाअघि नै पुल निर्माण सम्पन्न भएको छ । ज्वालामुखी कन्स्ट्रक्सनले तीव्र गतिमा काम गरेर पुल निर्माण सम्पन्न गरेको हो । 

पुल निर्माण भएसँगै उपभोक्ता खुसी भएका छन् । आगामी भदौ २२ गतेभित्र निर्माण सम्पन्न गर्ने गरी निर्माण कम्पनीसँग सम्झौता भएको थियो तर सम्झौताभन्दा चार महिनाअघि पुल सम्पन्न गरेको व्यास नगरपालिकाले जनाएको छ । 

वैशाखदेखि पुल निर्माण काम सुरु गरी एक वर्षभित्र सम्पन्न गर्न सकिएको ज्वालामुखी कन्स्ट्रक्सनका सुपरभाइजर नारायण पाण्डेले जानकारी दिनुभयो । व्यास नगरपालिका–१ र २ जोड्ने बुल्दीखोलामाथि कराङकाठ, बसपार्क जाने सडकमा  निर्माणाधीन पुल सम्पन्न भएको हो । निर्माण कम्पनीले आफ्नो जिम्मेवारीलाई महत्वपूर्ण तरिकाबाट निर्धारित समयभन्दाअघि काम पूरा गरेर प्रशंसनीय काम गरेको व्यास नगरपालिकका प्रमुख वैकुण्ठ न्यौपानेले बताउनुभयो । समय अवधिअघि गुणस्तरीय निर्माण सम्पन्न गर्ने निर्माण व्यवसायीलाई पुरस्कृत गर्नुपर्ने कानुनी व्यवस्था रहेको छ ।

पुल निर्माणका लागि व्यास नगरपालिकाको समपूरक योजना अन्तर्गत छ करोड ११ लाख ३२४ रुपियाँ बजेट विनियोजन भएको थियो । पुलको २५ मिटर लम्बाइ र ८.४० मिटर चौडाइको रहेको छ ।