सुरु भयो यो वर्षको यार्सागुम्बा सङ्कलन
यस वर्षको यार्सागुम्बा सङ्कलन सुरु भएको छ । वैशाख दोस्रो हप्तापछि सुरु हुने यार्साको समय असार अन्त्यसम्मै रहने गरेको छ ।
आकर्षणको केन्द्र बन्दै चट्टानको बगैँचा
चारैतिर ठुला ठुला ढुङ्गा, कतै ओडार त कतै गुफा देखिन्छन् । ढुङ्गाको बिचबाटै सुरुङमार्ग खनिएको छ । काला रङका ढुङ्गाले ढपक्कै ढाकिएको छ खानीगाउँ । ढुङ्गाका यी ओडार धेरै पहिला गाउँलेको शौच गर्ने थलो थियो ।
लुलाङ–गुर्जा सडकः भालुखोरिया खण्डमा ट्रयाक खुल्यो
लुलाङ–गुर्जा सडक योजनाअन्तर्गत धवलागिरि गाउँपालिका–१ गुर्जा जोड्ने सडकको १६ किलोमिटर ट्रयाक निर्माण भएको छ । थप पाँच किलोमिटर ट्रयाक निर्माण गरेमा गुर्जा सडक सञ्जालमा जोडिने छ ।
‘मीरा’ को भूमिकामा थापा
अभिनेतृ रेखा थापाले नाटकमा ‘डेब्यु’ गर्न लाग्नुभएको छ । कान्तिपुर फिल्म एकेडेमीको नाटकघर कान्तिपुर थिएटरको ओपनिङ नाटक ‘मीरा’ बाट थापाको डेब्यु हुन लागेको हो ।
डा. रेग्मीलाई प्रज्ञा साहित्य सम्मान
पर्वतको जलजला गाउँपालिका ५ लेखफाँट निवासी प्राडा. जगन्नाथ रेग्मी पोखरामा सम्मानित हुनुभएको छ ।
गुमनाम झारकोटको तोरा ताल
मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका १ झारकोट गाउँमा रहेको तोरा ताल पर्यटकको पर्खाइमा छ ।
निर्माणाधीन चार लेनको पक्की पुल
मुग्लिन–पोखरा सडकअन्तर्गत तनहुँको व्यास नगरपालिका– ४ र ५ जोड्ने मादी नदीमाथि निर्माणाधीन चार लेनको पक्की पुल । पुलको करिब ६८ प्रतिशत काम पूरा भएको छ ।
ढोरपाटन उपत्यकामा सरसफाइ
कुनै समय गुमनाम जस्तै रहेको ढोरपाटन सिकार आरक्ष सडक सञ्जालले जोडिएपछि पर्यटकको रोजाइमा पर्न थालेको छ।प्राकृतिक सुन्दरता भरिपूर्णले ढोरपाटनमा पुग्ने पर्यटकको संख्या हरेक वर्ष बढ्दै गएको छ।ढोरपाटन उपत्यकामा रमाउने पर्यटकको नयाँ गन्तव्य बनेको छ– बुकी पाटन।
पाउदुरे नाच संरक्षणको पहल
कुमाल समुदायको प्रख्यात पाउदुरे नाच संरक्षणका लागि पहल थालिएको छ ।
कालिगण्डकीमा पुल निर्माण अघि बढेन
कालिगण्डकी नदीमा पुल निर्माण प्रक्रिया रोकिएको छ ।
पालिकाको दबाबपछि सञ्चालनमा आउँदै विद्यालय
शिक्षकको आन्दोलनले गर्दा बन्द भएका तनहुँ सामुदायिक विद्यालय पालिकाको दबाबपछि खुल्न थालेका छन् ।
मनाङमा यार्सागुम्बा सङ्कलन थालियो
मनाङमा यार्सागुम्बा सङ्कलन थालिएको छ । मनाङसँगै लमजुङ, गोरखा, धादिङलगायतका जिल्लाबाट सर्वसाधारण यार्सागुम्बा सङ्कलन गर्न यहाँ आएका छन् ।
रघुगङ्गामा विकास योजना कार्यान्वयन धमाधम
म्याग्दीको रघुगङ्गा गाउँपालिका चालु आर्थिक वर्ष २०८१/०८२ मा विनियोजन गरेका विकास योजनाहरू कार्यान्वयनमा जुटेको छ । ठेक्का मार्फत र उपभोक्ता समिति मार्फत कार्यान्वयन भएका विकास योजनाहरुमा धमाधम काम भइरहेको छ ।
वर्षाले फुल्न लागेको स्याउका बोटमा असर
वर्षाले यहाँका फूल्न लागेको स्याउको बोटमा असर पुर्याएको छ । यसबाट स्याउ उत्पादन घट्ने प्रक्षेपण गरिएको छ । जिल्लामा स्थानीय जातका स्याउका बोटमा यसवर्ष निकै कम फूल फुलेको थिए ।
श्रीमतीको हत्या गर्ने व्यक्ति प्रहरी नियन्त्रणमा
अमृतप्रसाद पौडेलम्याग्दी, वैशाख १६ गते । बेनी नगरपालिका ७ मङ्गलाघाटमा दाउराले प्रहार गरी आफ्नी श्रीमतीको हत्या गर्ने श्रीमानलाई प्रहरीले गिरफ्तार गरेको छ ।जलजला गाउँपालिका ३ पर्वत बेनी घर भई बेनी नगरपालिका ७ मङ्गलाघाट बस्ने राजु विकले आफ्नी श्रीमती २७ वर्षीया भगवती विकको हत्या गरेको प्रहरीले जनाएको छ । मङ्गलबार बिहान साढे छ बजेतिर श्रीमतीको हत्या गरी भागेका राजुलाई प्रहरीले बेनी नगरपालिका २ ज्यामरुककोटको जङ्गलबाट नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरीक्षक सागर पौडेलले जानकारी दिनुभयो । मृतकको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल बेनीको शवगृहमा राखिएकाे छ ।
नगर प्रमुखलाई दुर्व्यवहार गर्ने श्रेष्ठ प्रहरीको नियन्त्रणमा
पुतलीबजार नगरपालिकाका प्रमुख तुलसीराम रेग्मीलाई कार्यकक्षमा दुर्व्यवहार गर्ने पुतलीबजार नगरपालिका –१ का विक्रान्त कुमार श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिएको छ । श्रेष्ठ जिल्ला उद्योग वाणिज्य संघ स्याङ्जाको पूर्व अध्यक्ष समेत हुन् ।
पुरानो ठेक्का रद्द, नयाँको पर्खाइमा
निर्माण कम्पनीको चरम लापर्बाहीका कारण यहाँका दुई पुलको काम अलपत्र परेको छ ।
तेह्र अस्पताल स्तरोन्नति गरिँदै
गण्डकी प्रदेश सरकारको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको तथ्याङ्कले पछिल्लो चार वर्षमा अस्पतालमा सेवाग्राही तेब्बर भएको देखाउँछ ।
नारायणघाट–बुटवल दाउन्नेको सडक १५ दिन बन्द
बोमलाल गिरीनवलपुर, वैशाख १६ गते । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत नारायणघाट–बुटवल सडकको दाउन्ने खण्ड थप १५ दिन राति ६ घण्टा बन्द हुने भएको छ । यसअघि वैशाख १५ गतेसम्म राति ६ घण्टा बन्द गर्ने भनिए पनि बाटो विस्तारको काम नसकिएको भन्दै सडक आयोजना निर्देशनालयले थप १५ दिन बाटो बन्द गर्ने जनाएको हो । निर्देशनालयले आज मङ्गलवार एक सूचना निकाली वैशाख ३१ गतेसम्म राती ११ देखि बिहान ५ बजेसम्म बाटो बन्द गरिने जनाएको छ । यसअघि चैतमा ५ दिन दिउँसो चार घण्टा सवारी आवागमन रोकेर काम गरिएको थियो । बाटो बन्द भएको बेला बुटवल तर्फ जाने बस, मिनिबस, माइक्रो, बस तथा साना सवारी साधनलाई होङ्सी सिमेन्ट गेट दुम्किबास बजार खण्डमा र नारायणघाटतर्फ जाने सवारी साधनलाई चिसापानी बर्दघाट खण्डमा रोकिने आयोजनाले जनाएको छ । त्यस्तै बुटवल तर्फ जाने मालवाहक सवारी साधनलाई चोरमारा–आरुणखोला बजार खण्डमा र नारायणघाट तर्फ जाने मालवाहक साधनलाई ज्यामिरे हकुई खण्डमा रोकिनेछ । घाम लाग्दा दुई फिटसम्म धुलो र हल्का पानी पर्ने बित्तिकै हिलोले गाडी गुड्नै नसक्ने अववस्था रहेकोमा यो खण्ड भएर यात्रा गर्नेहरुले थप सास्ती पाउने भएका छन् । दाउन्ने खण्डको १४ किलो मिटर पार गर्न घण्टौँ लाग्ने गरेको यात्रुले बताएका छन् ।सवारी साधन नै रोकेर बाटो विस्तारको काम गर्ने भएपछि वैकल्पिक मार्गको प्रयोग गर्न ट्राफिक प्रहरीले चालकलाई अनुरोध गरेको छ । पूर्वबाट पश्चिम जाने सवारी साधनले गैँडाकोटदेखि कालिगण्डकी करिडोरको सडक र पूर्वबाट पश्चिम नारायणघाट तर्फ आउने सवारी साधनले बुटवलबाट पाल्पा हुँदै कालिगण्डकी कोरिडोरकै सडक प्रयोग गर्न सक्ने जिल्ला ट्राफिक प्रहरी प्रमुख, प्रहरी निरीक्षक जनक बन्जाराले बताउनुभयो ।
तनहुँको छिम्केश्वरीमा मोनोरेलको सम्भाव्यता अध्ययन
जिल्लाको सबैभन्दा अग्लो स्थानमा रहेको पर्यटकीय स्थल छिम्केश्वरीमा मोनोरेलको सम्भाव्यता अध्ययन थालिएको छ । छम्केश्वरी पर्यटन विकास समितिको नेतृत्वमा आँबुखैरेनी गाउँपालिका(५ स्थित छिम्केश्वरीमा मोनोरेलको सम्भाव्यता अध्ययन सुरु गरिएको हो ।
दस अर्ब अनियमितताको दाबी
पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको ठेक्का प्रक्रियादेखि नै अनियमितता भएको दाबीसहित संसद्को सार्वजनिक लेखा समिति अन्तर्गतको उपसमितिले प्रतिवेदन बुझाएको छ ।
गण्डकीमा दुई विधेयक प्रमाणीकरण
गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्टले सोमबार दुई विधेयक प्रमाणीकरण गर्नुभएको छ ।
नगरपालिकाको परिपत्रपछि खुल्न थाले मध्यनेपालमा विद्यालय
नगरपालिकाले विद्यालयमा भर्ना अभियान र पठनपाठन सुचारु गर्न परिपत्र गरेपछि लमजुङको मध्यनेपाल नगरपालिकामा विद्यालयहरू खुल्न थालेका छन् ।
गोरखामा भूमिहिन दलितलाई लालपुर्जा वितरण
उत्तरी गोरखाको धार्चे गाउँपालिका–१ हुलचुकका भूमिहिन दलितलाई लालपुर्जा वितरण गरिएको छ । आइतबार धार्चे गाउँपालिका–१ हुलचुकका चार घरधुरी भूमिहिन दलितलाई भूमि समस्या समाधान आयोग गोरखाले जग्गाको लालुपुर्जा वितरण गरेको हो ।