अमृतप्रसाद पौडेल
म्याग्दी, वैशाख १६ गते । बेनी नगरपालिका ७ मङ्गलाघाटमा दाउराले प्रहार गरी आफ्नी श्रीमतीको हत्या गर्ने श्रीमानलाई प्रहरीले गिरफ्तार गरेको छ ।
जलजला गाउँपालिका ३ पर्वत बेनी घर भई बेनी नगरपालिका ७ मङ्गलाघाट बस्ने राजु विकले आफ्नी श्रीमती २७ वर्षीया भगवती विकको हत्या गरेको प्रहरीले जनाएको छ । मङ्गलबार बिहान साढे छ बजेतिर श्रीमतीको हत्या गरी भागेका राजुलाई प्रहरीले बेनी नगरपालिका २ ज्यामरुककोटको जङ्गलबाट नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरीक्षक सागर पौडेलले जानकारी दिनुभयो ।
मृतकको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल बेनीको शवगृहमा राखिएकाे छ ।