• १३ वैशाख २०८२, शनिबार

अज्ञात समूहद्वारा डोजरमा आगजनी

blog

निसीखोला गाउँपालिका–५ काफलठुँटामा आगजनी भएको डोजर । तस्बिरः अर्जुन कार्की

अर्जुन कार्की
काठेखोला (बागलुङ), वैशाख १३ गते ।
बागलुङको निसीखोला गाउँपालिकामा रोकिराखेको डोजरमा आगजनी भएको छ । निसीखोला गाउँपालिका वडा नं. ५ काफलठुँटामा पार्किङ्ग गरेर राखिएको प्रदेश २–८३–०८१ क. १६९८ नम्बरको डोजरमा शुक्रबार राति करिब १०ः३० बजे अज्ञात समूहले आगजनी गरेको प्रहरीले जनाएको छ ।

डोजर ढोरपाटन नगरपालिका वडा नं. ५ का भिम गौतमको रहेको इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख प्रहरी निरीक्षक आनन्द बस्नतेले जानकारी दिनुभयो ।

आगलागीबाट डोजरमा पूर्णरूपमा क्षति भएको इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रहरी निरीक्षक बस्नेतले जानकारी दिनुभयो । बायखोला–झिम्पा–निसी सडकको काम गरी रहेको डोजरमा आगलागी भएपछि कामसमेत प्रभावित भएको छ ।

आगलागीबाट डोजरको सिसा, रबरलगायत अधिकांश भाग जलेको छ । डोजरमा कसले किन अगाजनी गर्‍यो भन्ने नखुलेको प्रहरी निरीक्षक बस्नेतको भनाइ छ । आगजनी गर्नेको खोजी भइरहेको प्रहरी निरीक्षक बस्नेतले बताउनुभयो ।