• २ वैशाख २०८२, मङ्गलबार

स्याङ्जामा ब्राह्मण सङ्ग्राहलय निर्माण

blog

आँधीखोला गाउँपालिका–१ बाटास्वारामा निर्माण गरिएको ब्राह्मण सङग्राहलय । तस्बिर : अर्जुन काफ्ले

अर्जुन काफ्ले

स्याङ्जा, वैशाख १ गते । आँधीखोला गाउँपालिका–१ बाटास्वारामा स्याङ्जामा ब्राह्मण सङ्ग्राहलय निर्माण गरिएको छ । गुरुङ, मगर, कुमाल लगायतका जातीले संग्रहालय आफ्नो धर्म सस्कृति जोगाईरहदाँ यहाँ हन्दु धर्म संस्कृतिको रक्षा गर्न एवं पर्यटन प्रवद्र्धन गर्न सङग्राहलय निर्माण गरिएको हो । 

यहाँ पर्यटन बोर्ड, सांसद विकास कोष, प्रदेश पर्यटन बोर्ड र आँधिखोला गाउँपालिकाको सहकार्यमा ब्राह्मण सङग्राहलय निर्माण भैरहेको वडा अध्यक्ष पवनकाजी अधिकारीले जानकारी दिनुभयो । 

देशकै पहिलो ग्रामिण पर्यटकिय स्थल शिरुबारी जाने सडकको छेउँमा रहेकाले जिल्लामा पहिलो पटक निर्माण गरिएको सङग्राहलयको थप महत्व बढ्ने अधिकारीले बताउनुभयो। सङग्राहलय निर्माणमा हालसम्म २५ लाख रुपियाँ खर्च भैसकेको बताउदै सङग्राहलय निर्माण समितिका अध्यक्ष थम नारायण ढकालले संग्राहलयमा ब्राह्मण समुदायका मानिसहरूले परम्परागत रूपमा  प्रयोग गरेका सामाग्रीहरूलाई प्राथमिकताका साथ सङग्राहलयमा राखिने बताउनुभयो । 

परम्परागत गोलघर शैलीमा निर्माण गरिएको सङग्राहलयलाई परम्परागत  कलात्मक बनाउन स्थानीय स्तरमा पाइने ढुङ्गाले छाइएको छ । सङग्राहलयको भवन निर्माण सम्पन्न गर्न पर्यटन मन्त्रालय र आँधीखोला गाउँपालिकाको सहलगानीमा यो वर्ष थप २५ लाख बजेट विनियोजन गरिएको छ । 

दुई रोपनी क्षेत्रफलमा फैलिएको सङग्राहलय परिसर थप व्यवस्थित र धार्मिक-सांस्कृतिक दृष्टिले समेत कलात्मक बनाइने  निर्माण समितिका अध्यक्ष ढकालले जानकारी दिनुभयो ।