मुक्तिनाथ समाचारदाता
मुक्तिनाथ (मुस्ताङ), चैत ३० गते । मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको झोङखोलास्थित छेङ्गुर–झोङ पक्की पुल बन्ने भएको छ । भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालय अन्तर्गत चालु आर्थिक वर्ष २०८१/८२ मा ठेक्का प्रक्रिया अघि बढाउने गरी रानीपौवा–झोङ–तेताङ सडक अन्तर्गत छेङ्गुर र झोङको सिमाना भएर बग्ने झोङखोलामा पक्की पुल बनाउन स्रोत सहमति दिएपछि शुक्रबार टेन्डर आह्वान भएको पूर्वाधार विकास कार्यालय मुस्ताङका सूचना अधिकारी धनश्याम रोकाले बताउनुभयो ।
मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको झोङखोलाको पुल निर्माण गर्नका लागि नौ करोड १२ लाख रुपियाँ बजेटको स्रोत सुनिश्चित गरेको थियो । प्रदेश सभा सदस्य विकल शेरचनका अनुसार चालु आवमा एक करोड २५ लाख रुपियाँ बजेट विनियोजन भएको उक्त योजनाका लागि बहुवर्षीय ठेक्का लगाउन स्रोत सुनिश्चित गराएको बताउनुभयो । प्रदेश सभा सदस्य शेरचनले भन्नुभयो, “पक्की पुल बन्ने निश्चित भएपछि स्थानीयलाई राहत मिलेको छ, यो पुल बनेपछि सडक सञ्जाललाई सहज बनाउँछ ।”
गत वर्ष प्रदेश सरकारले १० करोड स्रोत सुनिश्चित भएर निर्माणाधीन रानीपौवा–झोङ–तेताङ सडकमा नियमित र सहज रूपमा यातायात सञ्चालनका लागि पक्की पुलको आवश्यकता थियो । पुल बनेपछि यो बाटो कालीगण्डकी कोरिडोरको जोमसोम–कोरला सडकको छुसाङ–कागबेनी खण्डको विकल्पका रूपमा पनि प्रयोगमा समेत सहज हुने भएको छ । गण्डकी प्रदेशको रणनीतिक योजनामा समावेश भएको छेङ्गुर उच्च क्षेत्रको खेलकुद खेलाइने खेल मैदानलाई समेत सहज हुन्छ ।
यसैबिच तल्लो मुस्ताङको घरपझोङ गाउँपालिका–२, मार्फादेखि धमाङ–आलुबारी–याकखर्कको १३ किलोमिटर दुरीको सडक स्तरोन्नतिको कामलाई समेत अगाडि बढाउन प्रदेश सभा सदस्य शेरचनले आलु र स्याउको ढुवानीसमेत सहज हुने छ । याकखर्क धौलागिरि चव्रmीय पदमार्ग हुँदै म्याग्दीतर्फ जाने र आउने बाटोमा यात्रा गर्ने पर्यटकलाई समेत सहज हुुन्छ । यो सडक पर्यटनको दृष्टिकोणले पनि दीर्घकालीन महìव रहेको छ ।