• ७ वैशाख २०८२, आइतबार

मेयरकपको उपाधि वडा ३ लाई

blog

गुणबहादुर रोका

सुलीकोट, चैत २७ गते । मेयर कपको पुरुष फुटबल प्रतियोगिताको उपाधि वडा नम्बर ३ ले जितेकाे छ । गोरखा नगरपालिकाको खेल मैदान छेपेटारमा ३ दिनसम्म आयोजनामा भएको प्रतियोगिताको फाइनल खेलमा वडा नम्बर ३ ले वडा नम्बर ९ लाई हराउँदै मेयर कप फुटबलको उपाधी जितेकाे हो । 

प्रतियोगिताको निर्धारित समयमा दुबै वडाले समान १–१ गोल गरेपछि खेल ट्राई बेकरमा गएको थियो । ट्राई बेकरमा वडा नम्बर ३ ले वडा नम्बर ९ लाई ५–४ गोलको अन्तरले पराजित गर्दै विजेता बनेको छ । 

त्यस्तैगरी वडा नम्बर ९ उपविजेता भएको छ भने वडा नम्बर १० तेस्रो तथा वडा नम्बर ७ चौथो हुन सफल भएको गोरखा नगरपालिकाले जनाएको छ । प्रतियोगितामा वडा नम्बरका ९ का पृथ्वी राना सर्वाधिक गोलकर्ता, वडा नम्बर ३ का प्रमोदजंग कुँबर उत्कृष्ट गोलरक्षक र वडा नम्बर १० का प्रबिन कुमाल प्लेयर अफ टुनामेन्ट घोषित भएको बताइएको छ । 

प्रतियोगितामा वडा नम्बर ३ का भिमबहादुर कुमाल उत्कृष्ट प्रशिक्षक, भएको गोरखा नगरपालिकाले जनाएको छ । प्रतियोगितामा बिजेता टिम वडा नम्बर ३ ले नगद १ लाख १ हजार १ सय ११ रुपैयाँ सहित ट्रर्फी मेडल र प्रमाणपत्र प्रदान गरिएको छ । 

त्यस्तै दोस्रो, तेस्रो र सान्त्वनालाई क्रमश ५१ हजार १११, ३० हजार १११, १५ हजार १११ नगद पुरस्कार सहित ट्रफि मेडल र प्रमाणपत्र प्रदान गरिएको गोरखा नगरपालिकाले जनाएको छ ।