• ७ वैशाख २०८२, आइतबार

झुण्डिएको अवस्थामा मृत फेला परे वडाध्यक्ष

blog

ताराखोला गाउँपालिका ३ का वडाध्यक्ष स्व. कर्णबहादुर भण्डारी । तस्बिर : गोरखापत्र

रामकृष्ण बोहरा
बागलुङ, चैत २७ गते ।
जिल्लाको ताराखोला गाउँपालिका वडा नम्बर ३ का वडा अध्यक्ष मृत भेटिनुभएको छ । सो वडाको काँक्राखोर बस्ने ५० वर्षीय कर्णबहादुर भण्डारी मृत अवस्थामा भेटिनुभएको हो ।

भण्डारी घरदेखि ५० मिटर उत्तरमा रहेको गोठमा झुण्डिएको अवस्थामा भेटिएको प्रहरीले जानकारी दिएको छ । घटनाबारे थाहा पाएपछि इलाका प्रहरी कार्यालय ताराखोलाका प्रहरी नायव निरीक्षक विष्णुप्रसाद शर्माको कमान्डमा गएको टोलीले मृतकको उद्धार गर्नुको साथै थप अनुसन्धान सुरु गरेको बताएको छ । 

बुधबार बिहान ११ः३० बजे भण्डारी मृत भेटिनुभएको थियो । गत स्थानीय निर्वाचनमा भण्डारी वडाध्यक्षमा निर्वाचित हुनुभएको थियो ।