हाङजोउ, चीन, असार २३ गते । पूर्वी चीनको झेजियाङ्ग प्रान्तमा सोमबार डानस नामक आँधीका कारण जनजीवन प्रभावित हुन सक्ने चेतावनी जारी गरिएकोे छ । चीनमा यो वर्षको चौथो आँधी हो ।
प्रान्तको मौसमविज्ञान विभागका अनुसार डानस ताइवानको चियाई सहरको तटमा अवतरण गरेपछि उत्तरतर्फ अघि बढ्ने क्रम जारी छ । समुद्रको मध्य क्षेत्रमा अवतरण भएको यो आँधीले जुलाई-८ मा झेजियाङको ताइझोउ र छिमेकी फुजियान प्रान्तको फुझोउ बीचको तटमा पुनः जनजीवन प्रभावित पार्ने अपेक्षा गरिएको छ ।
डानसका कारण जुलाई ७ देखि ९ सम्म, मध्य र दक्षिणी झेजियाङ साथै नजिकैको तटीय क्षेत्रहरूमा ६० देखि ९० मिलिमिटर वर्षा हुने अपेक्षा गरिएको छ भने केही क्षेत्रमा ३५० मिलिमिटरभन्दा बढी वर्षा हुने सम्भावना छ । झेजियाङका सबै तटीय क्षेत्र र विभागहरूलाई आँधीकोे मार्गलाई सावधानीपूर्वक निगरानी गर्न, संयुक्त परामर्शलाई बलियो बनाउन र आकस्मिक योजना अनुरूप रोकथामका उपायहरू कार्यान्वयन गर्न आग्रह गरेको छ । रासस/सिन्ह्वा