ताईपेई(ताएवान), असार २३ गते । सोमबार ताइवानको पश्चिमी तटमा आँधी आउँदा दुई जनाको मृत्यु हुनुका साथै सयौं घाइते भएको र करिब चार लाख घरपरिवार बिजुलीविहीन भएको अधिकारीहरूले बताएका छन् ।
डानस नाम दिइएको आँधी दक्षिणपश्चिम ताइवानमा २२२ किलोमिटर प्रति घण्टासम्मको विनाशकारी गतिमा अवतरण गरेको केन्द्रीय मौसमविज्ञान विज्ञागले जनाएको छ । चियाई काउन्टीमा आँधीले पहिलो पटक अवतरण गरेको मौसम पूर्वानुमानकर्ताले बताएका छन् ।
आँधी रातिको समयमा ताइवानको पश्चिमी तट नजिकै उत्तरतर्फ अघि बढी सोमबार ताइवानबाट बाहिरिको भएपनि भारी वर्षा जारी रहको जनाइएको छ । राष्ट्रिय दमकल निकाय (सेवा) का अनुसार आँधीका कारण कम्तीमा ४९१ जना घाइते भएका छन् । आँधीका कारण ताइवानमा बिजुली कटौती भएको छ र यसले करिब पाँच लाख घरपरिवारलाई असर गरेको छ ।
डानासले सप्ताहन्तमा दक्षिणी ताइवानमा ५०० मिलिमिटरभन्दा बढी वर्षा भएको मौसमविज्ञान विभागले जनाएको छ । आँधीका कारण करिब तीन हजार ५०० मानिसलाई उनीहरूको घरबाट सुरक्षित स्थान तर्फ पठाएको अग्निनियन्त्रक अधिकारीहरूले बताएका छन् ।
सोमबार ताइवानका लागि र त्यहाँबाट हुने तय भएका ३३ वटा अन्तर्राष्ट्रिय उडान रद्द भएका जनाइएको छ । ताइवानमा जुलाईदेखि अक्टोबरसम्म बारम्बार उष्णकटिबन्धीय मौसमी प्रभावका कारण आँधीबेहरी आउने गर्छ । रासस/एएफपी