• २६ जेठ २०८२, सोमबार

पोखरामा युवकको शव फेला

blog

माधवप्रसाद बराल

माछापुच्छ्रे (कास्की), जेठ २६ गते । पोखरामा एक युवकको शव फेला परेको छ । पोखरा महानगरपालिका १५ वन विज्ञान अध्ययन संस्थान क्याम्पस नजिकैको सडकमा तनहुँ भीमादका २१ वर्षीय मनोज भुजेलको शव फेला परेको कास्कीका प्रहरी प्रमुख एसपी श्यामबाबु ओलियाले जानकारी दिनुभयो । 

भुजेलको शवलाई पोस्टमार्टमका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा लगिएको छ । सोमबार बिहान करिब साढे ५ बजेको समयमा सडकमा शव देखिएपछि मर्निङ वाकमा निस्केका व्यक्तिले प्रहरीलाई खबर गरेको थिए । भुजेलको शवको अनुसन्धान भइरहेको ओलियाले बताउनुभयो । उहाँका अनुसार अनुसन्धानका लागि प्रहरीले २ जनालाई नियन्त्रणमा समेत लिएको छ ।