• २५ चैत २०८१, सोमबार

तनहुँमा तीन दिन विद्युत सेवा अवरुद्ध

blog

दमौलीमा वितरण गरिएको प्रसारण लाइन । तस्बिर : अमरराज नहर्की

अमरराज नहर्की

तनहुँ, चैत २५ गते । तनहुँको व्यास नगरपालिका र बन्दीपुर गाउँपालिकाका केही क्षेत्रमा सोमबार देखि तीन दिनको लागि विद्युत सेवा अवरुद्ध भएको छ । बिहान ८ बजेदेखि साँझ ५ बजेसम्म दैनिक नौ घण्टा विद्युत अवरुद्ध गरिएको नेपाल विद्युत प्राधिकरण तनहुँ वितरण केन्द्रले जनाएको छ ।

केन्द्रले जारी गरेको सूचनामा दमौली–भरतपुर १३२ केभी ट्रान्समिसन लाईनको कन्डक्टर अपग्रेडिङ कार्यका लागि सेवा अरुद्ध गरिएको हो । दमौली सवस्टेशनबाट वितरित छाब्दी फिडर अन्तर्गतको व्यास नगरपालिकाको वडा नम्बर १ को रत्यौली, मोरीयाटार, छाब्दी बजार, वडा नम्बर १३ को  पोखरीभञ्ज्याङ, कुकुरढुङे, बेनिकोट विद्युत अवरुद्ध हुनेछ ।

यस्तै, वडा नम्बर १४ को केशवटार, रुम्सी, हर्कपुर, थिङ, नयाँगाउँ, सुदेर क्षेत्रमा अबरुद्ध भएको छ । बन्दीपुर गाउँपालिका–३ को सुखौरामा अवरुद्ध हुनेछ र दमौली फीडर अन्तर्गत चारकुने, लिचीघारी, भादगाउँ खानेपानी कार्यलय लगायतका स्थानहरुमा विद्युत अवरुद्ध गरिएको छ । 

उपभोक्तालाई समस्या नपरोस् भनेर तीन दिनभित्रै सम्पन्न गर्ने गरी काम गरि काम भइरहेको छ ।