• २६ चैत २०८१, मङ्गलबार

कृषकलाई चैते धानको बिउ अनुदानमा

blog

गण्डकी,  चैत २५ गते । पोखरा महानगरपालिकाले कृषकलाई चैते धानको बिउ अनुदानमा उपलब्ध गराएको छ ।

महानगरपालिकाले एक हजार ५०० किलोग्राम धानको बीउ ५० प्रतिशत अनुदानमा उपलब्ध गराएको महानगरपालिकाका कृषि महाशाखा प्रमुख मनहर कडरियाले जानकारी दिनुभयो । 

चैते धानखेतीतर्फ कृषकहरूको आकर्षण बढाउने उद्देश्यका साथ विभिन्न प्रोत्साहनका कार्यक्रम सञ्चालन गरिँदै आइएको बताउँदै उहाँले यस वर्ष पनि प्रतिरोपनी  ५०० का दरले प्रोत्साहन रकम उपलब्ध गराइने जानकारी दिनुभयो । महानगरपालिका अन्तर्गत वडा नं २६, २७, १४, १५ लगायतका वडामा कृषकले चैते धानखेती गर्दै आएका छन् ।  रासस