• २५ चैत २०८१, सोमबार

थारू विद्यार्थी समाजको अध्यक्षमा विमल

blog

थारू विद्यार्थी समाजको नवनिर्वाचित कार्य समितिका पदाधिकारी तथा सदस्यहरू ।

बोमलाल गिरी

नवलपुर, चैत २५ गते । थारू विद्यार्थी समाजको केन्द्रीय अध्यक्षमा सप्तरीका विमल चौधरी निर्वाचित हुनुभएको छ । चौधरीले अर्का उमेदवार गिता चौधरीलाई ३३ मतान्तरले पराजित गरी अध्यक्षमा निर्वाचित हुनुभएको हो । 

जम्मा १५३ जना मतदातामा रहेको निर्वाचनमा १४१ मत खसेको थियो । विमल चौधरीले ८१ मत पाउँदा गिता चौधरीले ४८ मत पाउनुभयो । १२ मत बदर भएको थियो । शनिबारदेखि नवलपुरमा सुरु भएको अधिवेशनमा अध्यक्ष पदमा सहमति हुन नसकेपछि निर्वाचन भएको हो । अन्य पदहरूमा सर्वसम्मत भएको छ । 

अध्यक्षमा निर्वाचित विमल चौधरी नेपाली कांग्रेस निकट र अध्यक्ष पदकी प्रत्यासी गिता चौधरी नागरिक उनमुक्ती पार्टी निकट हुनुहुन्छ । अधिवेशनबाट बर्दियाका दिनेश चौधरी, नवलपुरका राजकुमार थनेत उपाध्यक्ष, महिला उपाध्यक्षमा नवलपुरकै लक्ष्मी महतो र सुनसरीकी शकुन्तलाकुमारी चौधरी र कोषाध्यक्षमा नवलपुरकै सन्दिप महतो सर्वसम्मत हुनुभयो । 

त्यसैगरी उपमहासचिवमा अनेव चौधरी र सोनाम चौधरी चयन हुनुभयो । अधिवेशनले पदाधिकारीसहित २१ सदस्यीय केन्द्रीय समिति चयन गरेको छ।