आश्वासन होइन,‘लालपुर्जा’ दिलाइदिनेलाई मत
काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–२, तोरीखोरियामा करिब ५५ घरधुरी तामाङ समुदायको बसोबास रहेको छ । चार/पाँच पुस्तादेखि यस स्थानमा बसोबास गर्दै आएका स्थानीयले अहिलेसम्म पनि आफूले उपभोग गरेको जग्गाको जग्गाधनी प्रमाणपत्र (लालपुर्जा) पाउन नसक्दा सुकुमवासी भएर बस्न बाध्य भएका छन् ।
योग्य उम्मेदवार छान्ने आधार
नेपाली राजनीतिको रङ्गमञ्चमा निर्वाचनको साइत जुर्नेबित्तिकै एउटा राजनीतिक पदावली निकै चर्चामा आउँछ ‘हेभी वेट’ उम्मेदवार । चोक, चौतारीदेखि मिडियाका हेडलाइनसम्म कुन निर्वाचन क्षेत्रमा कुन दलको कस्तो ‘हेभी वेट’ उम्मेदवार उठ्यो भन्ने बहसले प्राथमिकता पाउँछ । सामान्य अर्थमा हेभी वेट भन्नाले उम्मेदवारको प्रभाव, शक्ति, पैसा, पहुँच र संसाधनको सम्पन्नतालाई बुझिन्छ । के लोकतन्त्रको स्वास्थ्यका लागि यस्तो ‘वजन’ फलदायी छ त ? गम्भीरतापूर्वक विश्लेषण
दलका घोषणापत्रमा पर्यटन
नेपाल प्राकृतिक अनुपम र अद्वितीय सौन्दर्यले भरिपूर्ण देश हो । नेपालको विकासमा पर्यटन क्षेत्रको महत्वपूर्ण योगदान रहँदै आएको छ । प्राकृतिक सुन्दरताले भरिपूर्ण विश्वको दुर्लभ देश नेपाल सामाजिक, सांस्कृतिक, धार्मिक, भाषिक, जातीय विविधताले समेत सम्भावना बोकेको देश हो । आसन्न फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि दलले आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गरिसकेका छन् । मुख्य राजनीतिक दलले आफ्नो चुनावी घोष
सहिद घोषणा र अभिलेखन
नेपालको राजनीतिक इतिहासको अभिलेखमा यस वर्ष ४५ जना सहिद थपिए । योसमेत सरकारले २०४६ सालको परिवर्तनपछि विभिन्न समयमा ७४ पटक घोषणा गरेका सहिदको सङ्ख्या १४ हजार ९१६ पुगेको छ । यस गणनामा २००७ सालभन्दा पहिलेका लखन थापा तथा १९९७ सालमा मृत्यदण्ड दिइएका चार सहिद, २००७ सालदेखि २०४६ सालसम्म, २०४६ सालको जनआन्दोलन, २०५२ देखि २०६२ सालसम्मको माओवा
गर्भावस्थामा उच्च रक्तचाप
गर्भावस्था एक सुन्दर यात्रा हो, प्रकृतिको अद्भुत उपहार हो, जसले नारी जीवनलाई पूर्णता प्रदान गर्छ । यस अवस्थामा हुने शारीरिक, मानसिक र भावनात्मक परिवर्तन यस यात्राका सुन्दर पाइला हुन् । यसले स्वास्थ्यका केही चुनौतीले यो यात्रा जोखिमपूर्ण बनाउन सक्छन् । त्यसमध्ये एक गम्भीर चुनौती हो– गर्भावस्थाजन्य उच्च रक्तचाप । नेपाली समाजमा यसलाई ‘गर्भावस्थाको दौरानमा रक्टदाब बढ्नु’ भनेर चिनिन्छ । यसलाई मेडि
मगर समुदायको मेला सुखडमा
नेपाल मगर सङ्घको ४४ औँ स्थापना दिवस कैलालीको सुखडमा भव्य रूपमा मनाइएको छ । शुक्रबार नेपाल मगर सङ्घ कैलालीले घोडाघोडी नगरपालिका–१, सुखडस्थित हेलिप्याडमा दिवसका अवसरमा विभिन्न कार्यक्रम गरिएको छ । घोडाघोडी नगरपालिकाका नगरप्रमुख खडकबहादुर रावतको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा कैलाली जिल्लाका सबै पालिका तथा छिमेकी जिल्लाबाट ठुलो सङ्ख्यामा मगर समुदायको उपस्थिति रहेको थियो ।
सिद्धज्योतिमा शास्त्री सम्झना
कविवर उमानाथ शास्त्री सिन्धुलीयको ४८ औँ स्मृति दिवस पारी सिन्धुलीमाढीस्थित सिद्धज्योति शिक्षा क्याम्पसमा शुक्रबार रचना वाचन सम्पन्न गरिएको छ । सिद्धज्योति शिक्षा क्याम्पसद्वारा आयोजित कार्यक्रममा पवन पाख्रिन, नन्दलाल श्रेष्ठ, लोकेन्द्र डहरे, बाबुराम श्रेष्ठ ‘निरूपम’, मैयाँ लामिछाने, बाबुराम फुयाँल, शम्भु गजुरेल, दुर्गादेवी ढकाल, भाइदाजु प्रज्वल, विश्वम्भर लामिछाने, भीमविक्रम थापालगायतले गजल, कविता, मुक्तक, हाइकू वाचन गर्नुभएको थियो ।
हृदयस्पर्शी कथा ‘अस्सी’
निर्देशक अनुभव सिन्हाको निर्देशकीय पाटो र नायिका तापसी पन्नूले गर्नुभएको बेजोड अभिनयले दर्शकलाई मनोरञ्जन मात्र दिने काम गर्दैन, यसले समाजमा घटेका अनेकन् घटनालाई बहसको विषय बनाउन मद्दत पु¥याउँछ । चलचित्र ‘मुल्क’ र ‘थप्पड’ पछि, ‘अस्सी’ ले असहज र जरुरी दुवै विषयलाई उजागर गर्न खोजेको छ । चलचित्र तपाईं हामी बाँचिरहेको समाजभित्र रहेको अँध्यारो सत्यको कथा हो ।
‘प्रवासी जीवन’ प्रदर्शनमा
शुक्रबारबाट चलचित्र ‘प्रवासी जीवन’ प्रदर्शनमा आएको छ । । श्याम क्षेत्री र राम अधिकारीले संयुक्त रूपमा मिलेर निर्देशन गर्नुभएको चलचित्र अमेरिकामा बसोबास गर्दै आएका नेपालीको सङ्घर्ष र सफलताको कथामा आधारित छ ।
निर्वाचन बिदामा पनि श्रम स्वीकृति निरन्तर
सरकारले निर्वाचनको बिदामा समेत वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकका लागि श्रम स्वीकृतिको सेवालाई निरन्तरता दिने गरी व्यवस्था गरेको छ । वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीमा जाने टिकट भएका र नगइनहुने (आपत् परेका) श्रमिकलाई निर्वाचनका दिनमा समेत श्रम स्वीकृति जारी गरिने व्यवस्था मिलाइएको हो ।
विकासशीलमा स्तरोन्नतिको समय तीन वर्ष थप्न आग्रह
नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले सन् २०२६ नोभेम्बरका लागि तय गरिएको अतिकम विकसित मुलुकबाट नेपालको स्तरोन्नतिको समय थप्नुपर्ने बताउनुभएको छ । संयुक्त राष्ट्रसङ्घकी नवनियुक्त आवासीय संयोजक लिला पिटर याहियासँग शुक्रबार भएको भेटवार्तामा उहाँले मुलुक अझै संरचनात्मक रूपमा यो सङ्क्रमणका लागि तयार नभएकाले व्यावसायिक समुदायसँगको व्यापक परामर्शका आधारमा महासङ्घले स्तरोन्नतिलाई तीन वर्ष ढिलो गरी नोभेम्बर २०२९ सम्म सार्न औपचारिक माग गरेको बताउनुभयो ।
बजेट निर्माणको काम सुरु
सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माण थालेको छ । त्यसका लागि अर्थ मन्त्रालयका लागि राजस्व परामर्श समिति गठन गरेको छ भने यही फागुन ७ गते नै राष्ट्रिय योजना आयोगले बजेटको सिलिङ सरकारलाई दिएको छ ।
डिजिटल इकोनोमीका लागि रणनीतिक लगानी अपरिहार्य
लगानी बोर्ड नेपालका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले डिजिटल इकोनोमीबाट पर्याप्त लाभ लिन रणनीतिक लागानी अपरिहार्य रहेको बताउनुभएको छ । भारतमा आयोजित नेपाल–भारत टेक फोरम २०२६ लाई भर्चुअल सम्बोधन गर्दै प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले डिजिटल इकोनोमीमा व्यापाक सम्भावना रहेको बताउनुभयो । उहाँले उक्त सम्भावनालाई मूर्त रूप दिन योजनाबद्ध र दीर्घकालीन लगानी आवश्यक रहेको धारणा पनि व्यक्त गर्नुभयो ।
राजनीतिक दलको आय : चन्दा तथा सहयोग प्रमुख स्रोत
राजनीतिक दलले आफ्नो आम्दानीको उल्लेखनीय हिस्सा चन्दा तथा सहयोगबाट प्राप्त गरे पनि प्राप्त भएको चन्दा तथा सहयोगलाई पारदर्शी बनाएका छैनन् । प्रमुख राजनीतिक दलले चन्दा तथा सहयोगबाट नै करोडौँ रुपियाँ प्राप्त गर्दै आएका छन् । कानुनमा दलले कुनै व्यक्ति वा सङ्गठित संस्थाबाट २५ हजार रुपियाँभन्दा बढी आर्थिक सहयोग प्राप्त गर्दा बैङ्किङ चेक वा बैङ्किङ ट्रान्सफरमार्फत मात्र गर्नुपर्ने स्पष्ट उल्लेख छ तर करोडौँ चन्दा तथा सहयोग प्राप्त गर्ने दलले आफ्नो आयव्ययको विवरण बुझाउँदा प्राप्त गरेको चन्दा तथा सहयोगलाई पारदर्शी बनाएका छैनन् ।
चीनको सहयोगप्रति आभार
प्रधानमन्त्री सुशीला कार्कीले नेपाल र छिमेकी राष्ट्र चीनबिचको सम्बन्ध भविष्यमा थप मजबुत र सुमधुर हुने औँल्याउनुभएको छ । नेपालका लागि नवनियुक्त चीनका राजदूत चाङ माओमिङले शुक्रबार शिष्टाचार भेट गर्ने क्रममा प्रधानमन्त्री कार्कीले नेपालको लोकतान्त्रिक प्रक्रियाको महत्वपूर्ण हिस्सा रहेको, आउँदो निर्वाचनमा चीनबाट प्राप्त सदासयता र सहयोगका लागि कृतज्ञता ज्ञापन गर्नुभयो । साथै उहाँले विकासका विभिन्न परियोजना र आयाममा चीनबाट प्राप्त सहयोग र साझेदारीका अवसरप्रति नेपाल र नेपाली जनताका तर्फबाट आभार व्यक्त गर्नुभएको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।
होली पर्वको सुरक्षा चुस्त बनाउन परिपत्र
यही फागुन १८ गते उपत्यकालगायत पहाडी क्षेत्र र १९ गते तराई क्षेत्रमा धुमधामसहित मनाइने फागुपूर्णिमा अर्थात् होली पर्वलाई मर्यादित, सुरक्षित र शान्तिपूर्ण बनाउने गरी सुरक्षा व्यवस्थान चुस्त राख्न प्रहरीले मातहतका निकायलाई निर्देशन दिएको छ ।
अत्यधिक बढ्यो यात्रुको चाप, घट्यो काठमाडौँमा चहलपहल
निर्वाचन नजिकिँदै गर्दा काठमाडौँ उपत्यकाबाट बाहिरिने यात्रुको चाप अत्यधिक बढेको छ । सार्वजनिक सवारीमा अत्यधिक चाप बढेसँगै ‘रिजर्भ’ गरेर जानेको सङ्ख्या पनि उत्तिकै छ । नियमित रुटमा सवारी थप गर्नु परेको यातायात व्यवसायी सङ्घले बताएका छन् ।
लोकमार्ग र जलविद्युत् निर्माण
यही फागुन २१ गतेको प्रतिनिधि सभा सदस्य निर्वाचनमा सुदूरपश्चिम प्रदेशका प्रायः उम्मेदवारले भारतको तिकुनियादेखि चीनको तिब्बतसँग जोड्ने लोकमार्गदेखि ठुला विद्युत् आयोजना बनाउने राष्ट्रिय महत्वका योजनालाई चुनावी प्रतिबद्धतामा समेटेका छन् ।
आयोगमा एक हजार उजुरी, उनान्सय प्रतिशत फर्स्योट
निर्वाचन आचारसंहिता उल्लङ्घन घटनाका सम्बन्धमा निर्वाचन आयोगको केन्द्र र जिल्लास्तरमा प्राप्त उजुरीमध्ये ९९ प्रतिशत उजुरी फस्र्योट भएको छ । आयोगका अनुसार आचारसंहिता लागु भएपछि जिल्ला आचारसंहिता अनुगमन समिति र अनुगमन अधिकृतसमक्ष कुल एक हजार ७६ वटा उजुरी परेको थियो । त्यसमध्ये एक हजार ६१ वटा अर्थात ९९ प्रतिशत) फस्र्योट भएको आयोगका प्रवक्ता नारायण भट्टराईले जानकारी दिनुभयो ।
नवचेतनाले उपलब्धि समृद्ध बनाउने समय
संविधानको प्रभावकारी कार्यान्वयन र प्राप्त उपलब्धि रक्षा, सुशासन र आर्थिक रूपान्तरणका लागि प्रतिनिधि सभा सदस्य निर्वाचनमा मतदान गर्न शनिबारदेखि छ दिन बाँकी छ । भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा नवयुवाले उठाएका मुद्दा सम्बोधनसँगै देशलाई अग्रगामी रूपान्तरणतर्फ अघि बढाउने कार्यभार पूरा गर्न ताजा जनादेशका लागि नागरिकले मतदान गर्ने भएका हुन् ।
प्रतिनिधिसभा निर्वाचन : एक हजार ६१ उजुरी फर्स्योट
जिल्ला आचारसंहिता अनुमगन समिति र अनुगमन अधिकृतसमक्ष कूल एक हजार ७६ उजुरी परेको छ ।निर्वाचन आयोगका अनुसार प्राप्त भएका उजुरीमध्ये एक हजार ६१ अर्थात् ९९ प्रतिशत फछ्र्यौट भएको छ । प्रदेशगत रूपमा सबैभन्दा धेरै लुम्बिनी प्रदेशमा २४४ उजुरी परेका छन भने सबैभन्दा कम सुदूरपश्चिम प्रदेशमा ९६ उजुरी परेका छन् ।
रास्वपा प्रदेश समिति सदस्य एमालेमा प्रवेश
राष्ट्रिय स्वतन्त्र पार्टीका कोशी प्रदेश समिति सदस्य ठगेन्द्रप्रसाद न्यौपाने नेकपा (एमाले) मा प्रवेश गर्नुभएको छ । उहाँलाई अध्यक्ष केपी शर्मा ओलीले खादा लगाएर एमाले पार्टीमा शुक्रबार प्रवेश गराउनु भएको हो ।
मतदाता दिग्भ्रमित पार्ने सामग्री सम्प्रेषण नगर्न आग्रह
प्रेस काउन्सिल नेपालले फागुन २१ गतेको निर्वाचनलाई असर पार्ने र मतदातालाई दिग्भ्रमित पार्ने खालका कुनै पनि सामग्री सम्प्रेषण नगर्न आग्रह गरेको छ ।
मतदान अधिकृतहरुलाई तालिम
धनकुटामा निर्वाचनमा खटिइने मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई तालिम दिइएको छ । जिल्ला निर्वाचन कार्यालय धनकुटाले फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचन लक्षित गर्दै मतदान अधिकृत तथा सहायक मतदान अधिकृतहरूलाई एक दिने तालिम दिएको हो ।