उत्कृष्ट तीन कृषकलाई ‘भीमदत्त पन्त कृषक’ पुरस्कार
कञ्चनपुरमा उत्कृष्ट तीन कृषकहरूलाई ‘भीमदत्त पन्त उत्कृष्ट कृषक’ पुरस्कारबाट सम्मानित गरिएको छ ।
मातृशिशु स्वास्थ्यमा सुधार ल्याउन ‘सम्बोधन’ परियोजना
फेयरमेड फाउन्डेसनको सहयोग र नेपाल गाजा डेभलपमेन्ट फाउन्डेसनद्वारा सञ्चालित सम्बोधन परियोजना कार्यक्रम बागलुङमा सञ्चालनमा आएको छ ।
'सङ्घीयता सुदृढीकरणका लागि जनमुखी कानुन निर्माण र कार्यान्वयन प्राथमिकता'
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सङ्घीय शासन प्रणालीलाई सुदृढ बनाउने उद्देश्यले जनमुखी कानुन निर्माणमा सरकारको प्राथमिकता रहेको र बनेका कानुनहरूको प्रभावकारी कार्यान्वयनमा ध्यान केन्द्रित गरिएको बताउनुभएको छ।
पहिला शिक्षक अहिले किसान
एकतिस वर्षको सरकारी शिक्षक पेसाबाट अवकाश पाउनुभएका माधव गिरी अहिले सफल कृषकका रूपमा परिचित हुनुहुन्छ । गाउँमै बसेर राम्रो आयआर्जन गर्दै अघि बढेकामध्ये एक सफल किसान उहाँको अर्को परिचय बनेको छ ।
पानीका मूल सुक्न सक्ने भन्दै चिन्ता
अन्नपूर्ण गाउँपालिका क्षेत्रमा कालीगण्डकी किनारमा रहेको तातोपानीका मुहान जलविद्युत्का कारण सुक्ने सम्भावना भएको भन्दै स्थानीयले चिन्ता गरेका छन् । कालीगण्डकी नदीमा निर्माण सुरु भएका र हुन लागेका जलविद्युत् आयोजनाका कारण पानीका मुहान सुक्नेतर्फ चिन्ता व्यक्त गरेका छन् ।
धार्मिक विविधताले पर्यटक तानिँदै
प्रकृतिबाट सुन्दर उपहार पाएको पूर्वी नेपाल पर्यटकका लागि आकर्षक केन्द्र बन्दै गएको छ । प्राकृतिक, धार्मिक, सांस्कृतिक, ऐतिहासिक र जैविक विविधताले भरिपूर्ण कोशी प्रदेश केही वर्षयता पर्यटकका लागि आकर्षक गन्तव्य बन्दै आएको हो ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित ह्योल्मो भाषा
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित ह्योल्मो भाषा
मलमला क्षेत्र चुरे जैविक पार्क बन्दै
रूपन्देहीको सैनामैना नगरपालिका–६ मा रहेको मलमला मन्दिर क्षेत्रलाई चुरे जैविक पार्क बनाउने योजना अघि बढाइएको छ ।
सामुदायिक विद्यालयको भवन निर्माण
दाङमा ५८ वटा सामुदायिक विद्यालयमा नयाँ भवन निर्माण भएका छन् । सामुदायिक विद्यालयको भौतिक पूर्वाधार सुधार कार्यक्रम अन्तर्गत जिल्लामा चालु आर्थिक वर्षको करिब ११ महिनामा ५८ वटा विद्यालयमा नयाँ भवनलगायत संरचना निर्माण भएका छन् ।
कोरोनाको त्रास, जमुनाह नाकामा उच्च सतर्कता
भारतमा कोभिडका सङ्क्रमित व्यक्ति फेला पर्ने क्रम बढ्न थालेपछि यहाँस्थित नेपाल–भारत नाकामा आवागमन गर्नेमाथि निगरानी बढाउनुका साथै कोरोना परीक्षणसमेत तीव्र पारिएको छ ।
धमाधम पक्की पुल
बर्दियाको मधुवन नगरपालिका र बारबर्दिया नगरपालिका जोड्ने बबई नदीमा पुल बन्न थालेपछि यहाँका बासिन्दा खुसी भएका छन् । यसअघि पुल नहुँदा त्यस क्षेत्रका बासिन्दा हुलाकी सडक र गुलरिया आउन पनि ज्यान जोखिममा राखेर डुङ्गाको सहारा लिनु पथ्र्यो ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित उर्दू भाषा
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित उर्दू भाषा
मुख्यमन्त्री शाहद्वारा मन्त्री चौधरीको राजीनामा माग
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री रामेश्वर चौधरीको राजीनामा माग गर्नुभएको छ ।
इलाका प्रहरी कार्यालयलाई पुस्तक सहयोग
कालीगण्डकी फाउन्डेसन नेपालले इलाका प्रहरी कार्यालय रामपुरलाई पुस्तक सहयोग गरेको छ । कार्यालयको हिरासत कक्षमा पुस्तकालय स्थापनाका लागि फाउन्डेसनले पुस्तक उपलब्ध गराएको हो ।
भूमिपति बने सुकुम्वासी
दुधौली नगरपालिका–६, निवासी किसान किसुनलाल दनुवारलाई आफ्नो खेतमा कमला नदी बग्दा मन कुडिएर आउँछ । आफ्नो खेतमा नदी बगेको हेरेर मन अमिलो बनाउनुको विकल्प छैन । उहाँको ११ कट्ठा खेत यतिखेर बगरमा परिणत भएको छ ।
प्रभावकारी बन्दै कृषक पाठशाला : विषादी औषधी होइन भन्ने वास्तविकता बुझ्दै किसान
बेनी नगरपालिका–१ आनन्दबगरका रुद्रबहादुर थापामगर करेसाबारीमा कुटो, कोदालो र कापीकलम एकैसाथ बोकेर पस्नुहुन्छ ।
नगरपालिकाको मुद्दामै सिद्धियो चौबिस लाख
आपसमा स्वार्थ बाझिँदा अदालतमा मुद्दा हाल्ने र नगरपालिकाको विकासे बजेट खर्च गर्ने जनप्रतिनिधिको चलन जस्तै भइसकेको छ ।
शारदाको नीति तथा कार्यक्रम सार्वजनिक
शारदा नगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । १७ औँ अधिवेशनको उद्घाटन कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री जीवनबहादुर शाहीले गर्नुभएको हो । उहाँले स्थानीय तहका सरकारलाई जनताको चुलोको सरकार भएको बताउनुभएको छ । उहाँले सबैभन्दा नजिकको सरकार स्थानीय सरकार भएकाले स्थानीय सरकारसँग जनताका गुनासो धेरै आउने गरेको बताउनुभयो ।
घरमै सुत्केरी हुने चलन कायमै
जुम्ला पातारासी गाउँपालिका–३ अन्तर्गत पर्ने हुरी र महरी गाउँका महिला हालसम्म पनि घरमै सुत्केरी हुँदै आएका छन् ।
कञ्चनजङ्घामा बाह्य पर्यटक वृद्धि
ताप्लेजुङस्थित विश्वको तेस्रो तथा नेपालको दोस्रो अग्लो हिमाल कञ्चनजङ्घा क्षेत्रको भ्रमण गर्ने विदेशी पर्यटक बढेका छन् । गत वर्षको तुलनामा कञ्चनजङ्घा क्षेत्रको भ्रमण गर्ने विदेशी पर्यटक यस वर्ष बढेका हुन् ।
कृष्णभिरको सडक भासिने समस्या समाधानतर्फ
पृथ्वी राजमार्ग अन्तर्गत धादिङको कृष्णभिर पहिरोका कारण सडक भासिने समस्या हुँदै आएकोमा अब भने स्थायी रूपमा समाधान हुने भएको छ । चार महिना लगाएर विज्ञले ग
समयमै राष्ट्रिय खेलकुद
राष्ट्रिय गौरव बढाउन खेलकुद क्षेत्रको भूमिका महत्वपूर्ण हुन्छ ।
प्रणालीगत सुधार अपरिहार्य
भ्रष्टाचार नेपालमा गहिरो रूपमा गाडिएको बहुआयामिक समस्या हो, जसले सुशासन, सामाजिक चेतना, आर्थिक क्षेत्र, पूर्वाधार विकास, अन्तर्राष्ट्रिय सम्बन्ध र राष्ट्रिय छविमा गम्भीर असर पु¥याएको छ । नीतिगत र प्रशासनिक तहमा व्यापक भ्रष्टाचार व्याप्त छ, जसमा घुस दिने र लिने दुवै जिम्मेवार छन् । केही गैरजिम्मेवार कर्मचारीका कारण सम्पूर्ण कर्मचारीतन्त्र बदनाम भइरहेको छ । जटिल प्रशासनिक प्रणालीले नागरिकलाई सेवा पाउन कठिन बनाएको छ, जसले गर्दा घुस दिन बाध्य हुने अवस्था सिर्ज
सगरमाथा हिमालको दिगोपन
सगरमाथा हिमालले सबैभन्दा अग्लो हिमालको मान्यता पाएको छ । त्यसैले गर्दा विश्वका हरेक पर्वतारोहीले यो हिमालको शिरमा एक पटक पाइला राख्ने सपना देख्छन् । यस्तो सपना देख्नु पर्वतारोहीहरूका लागि अनौठो कुरो पनि होइन ।