• ६ असार २०८२, शुक्रबार

इलाका प्रहरी कार्यालयलाई पुस्तक सहयोग

blog

रामपुर (पाल्पा), असार  ६ गते ।  कालीगण्डकी फाउन्डेसन नेपालले इलाका प्रहरी कार्यालय रामपुरलाई पुस्तक सहयोग गरेको छ । कार्यालयको हिरासत कक्षमा पुस्तकालय स्थापनाका लागि फाउन्डेसनले पुस्तक उपलब्ध गराएको हो । 

विभिन्न विधामा एक सय ५० भन्दा बढी पुस्तक प्रदान गरिएको फाउन्डेसनका अध्यक्ष निलकण्ठ भण्डारीले जानकारी दिनुभयो । “पुस्तकालय स्थापनामा मद्दत पुर्‍याउन पुस्तक उपलब्ध गराएका हौँ”, उहाँले भन्नुभयो । पुस्तकका माध्यमबाट व्यक्तिलाई सजायभन्दा पनि सकारात्मक मार्गमा हिँड्न प्रेरित गर्ने उहाँको भनाइ छ । 

इलाका प्रहरी कार्यालय रामपुरको हिरासत कक्षमा पुस्तकालय स्थापना गर्न लागिएको प्रहरी निरीक्षक रामबहादुर नेपालीले जानकारी दिनुभयो । रासस