काठमाडौं, असार ५ गते । जिल्ला प्रहरी परिसर, काठमाडौंले २१ लाख रुपियाँ बिगो र दुई वर्ष कैद सजाय तोकिएको बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादीलाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको छ ।
अनुसार पक्राउ पर्ने व्यक्ति काठमाडौं महानगरपालिका–२२ स्थायी घर भई हाल छाउनी, काठमाडौं–१३ मा बसोबास गर्दै आएका ५२ वर्षीय प्रणवलाल सिं हुन् ।
सिंविरुद्ध नेपाल सरकारले वादी रही दायर गरिएको मुद्दामा २१ लाख रुपियाँ बराबरको बिगो कायम भएको थियो ।
लामो समयदेखि फरार रहेका सिंलाई प्रहरीले असार ५ गते काठमाडौं–१३ छाउनी क्षेत्रबाट पक्राउ गरेको हो । पक्राउपछि सिंलाई फैसला कार्यान्वयनका लागि काठमाडौं जिल्ला अदालतमा पेश गरिएको जिल्ला प्रहरी परिसर, काठमाडौंले जनाएको छ ।
प्रहरी परिसरका सूचना अधिकारी प्रहरी उपरीक्षक अपीलराज बोहराका अनुसार अदालतको फैसला कार्यान्वयन अन्तर्गत फरार प्रतिवादीहरूलाई खोजी गरी पक्राउ गर्ने अभियान निरन्तर जारी छ ।