सार्वजनिक ऋणको हिस्सा जिडीपीको ४३ दशमलव ४७ प्रतिशत पुग्यो
नेपालको सार्वजनिक ऋणको हिस्सा कुल गार्हस्थ्य उत्पादन (जिडीपी) को ४३ दशमलव ४७ प्रतिशत पुगेको छ ।
दैलेखमा ११२ अर्ब घनमिटर ग्यास रहेको पुष्टि
चीनको टोलीले दैलेखको जलजलेमा ११२ अर्ब घनमिटर प्राकृतिक ग्यास रहेको प्रारम्भिक रिपोर्ट दिएको छ ।
पुल निर्माण हुन नसक्दा जोखिम मोलेर यात्रा
सङ्घीय सरकारले बजेट निकासा नगर्दा चितवनको शक्तिखोर फिसलिङ ग्रामीण कृषि सडकको रिग्दी खोलाको पुल निर्माण हुन नसक्दा जोखिम मोलेर स्थानीयहरू यात्रा गर्न वाध्य भएका छन् ।
साना किसान र महिलालाई उद्यमशीलतामा जोड्दै भीरकोट नगरपालिका
स्याङ्जाको भीरकोटमा ‘कृषि तथा पशु विकास परियोजना’ सुरु भएको छ ।
श्रीलङ्का टापुका किसानलाई अनुदानमा कृषिउपकरण
वराहक्षेत्र नगरपालिकाले वराहक्षेत्र नगरपालिका-६ र ९ श्रीलङ्का टापुका किसानलाई अनुदानमा आधुनिक कृषिउपकरण वितरण गरेको छ ।
नवदुर्गा गणको अन्त्येष्टि दिन
देव गणको मुकुन्डो जलाउनुलाई नवदुर्गा देवगणको अन्त्येष्टि मानिन्छ । अन्त्येष्टि क्रममा भलभल अष्टमीमा नवदुर्गा गण बिहानै द्योछें (देवता घर)बाट बाहिर निस्केर विलाप नाच प्रदर्शन गर्ने परम्परा रहेको छ ।
पर्वतमा नहर बनाएर बाढी नियन्त्रण
जिल्लाको जलजला गाउँपालिका–७ धाइरिङस्थित गुन्टेखेत र सल्यानको बस्ती संरक्षणका लागि नहर निर्माण गरेर बाढी नियन्त्रण गरिएको छ । बस्तीभन्दा माथिबाट आउने बाढी र पहिरोका कारण बर्सेनि जोखिम बढ्दै गएपछि क्षति रोकथामका लागि नहर निर्माण गरिएको हो ।
काठमाडौंमा विषालु सर्प सल्बलाउँदै : २२३ जनाको उपचार
काठमाडौं उपत्यकामा तापक्रम बढेसँगै अत्यधिक गर्मी हुने ठाउँमा देखिने विषालु सर्पसमेत सल्बलाउन थालेका छन् । विषालु सर्पहरु किङ कोब्रा, मोनोकल्ड कोब्रा, हर्यौं, आँदो, एक थोप्ले गोमनलगायतका सर्प काठमाडौंमा देखा पर्न थालेका हुन् ।
धुर्कोटले ‘क’ वर्गका अपाङ्गलाई घरमै स्वास्थ्य सेवा दिने
गुल्मीको धुर्कोट गाउँपालिकाले ‘क’ वर्गका अपाङ्गहरुलाई घरमै निःशुल्क स्वास्थ्य सेवा दिने भएको छ ।
करेन्ट लागेर महिलाको मृत्यु
धनुषाको मिथिला नगरपालिका–१, ढल्केबरमा बाली जोगाउन खेतमा जडान गरिएको विद्युत् तारमा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ ।
मङ्गलसेन नगरपालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा
मंगलसेन नगरपालिका क्षेत्रभित्र रहेका सबै बालबालिकाले पूर्ण खोप पाएको सुनिश्चितता भएसँगै नगरपालिकालाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको छ ।
धादिङ पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घाेषित
धादिङ जिल्ला पूर्ण खोप सुनिश्चितता तथा दिगोपना प्रमाणीकरण भएको छ । बागमत प्रदेशमै पहिलो पटक धादिङ जिल्ला स्तरीय पूर्ण खोप सुनिश्चितता तथा दिगोपना प्रमाणीकरण घोषणा गरिएको हो ।
विद्युत् कार्यालयमा व्यवसायीद्वारा तालाबन्दी
गुल्मीको शान्तिपुर इलाका सामुदायिक ग्रामीण विद्युतीकरण उपभोक्ता समितिको कार्यालयमा व्यवसायीहरूले तालाबन्दी गरेका छन् ।
कृषि सामग्री ढुवानी गर्न किसानलाई ठेलागाडा सहयोग
कृषि सामग्री ओसारपसारका लागि किसानलाई ठेला गाडा वितरण गरिएको छ । रामपुर नगरपालिका– ६ नम्बर वडा कार्यालयले कृषि प्रवद्र्धन तथा किसान सम्मान कार्यक्रम अन्तरगत वडाभित्रका कृषि तथा पशुपालक किसानलाई ठेला गाडा उपलब्ध गराएको छ ।
हेमजा हिले महोत्सव हुने
पोखरा २५ हेमजामा पाँचौं हेमजा हिले महोत्सव २०८२ हुने भएको छ ।
एक सयभन्दा बढी उद्योग खारेज
चालु आर्थिक वर्षको ११ महिनाको समयावधिमा बागलुङको एक सयभन्दा बढी उद्योग तथा फर्म खारेज भएका छन् ।
मोहना नदीमा डुबेर एकको मृत्यु
कैलालीको मोहना नदीमा डुबेर एक पुरुषको मृत्यु भएको छ
स्वच्छ वातावरण अभियान, भान्सामा विद्युतीय चुलो
शिक्षा, स्वास्थ्य र वातावरण क्षेत्रमा रहेर कार्य गर्दै आएको रोटरी क्लब अफ पोखरा न्युरोडले वातावरणीय प्रदूषण न्यूनीकरण गर्दै स्वदेशमै उत्पादित विद्युत् प्रयोग गरेर स्थानीय भान्सालाई सहजता प्रदान गर्ने उद्देश्यले विद्युतीय चुलो वितरण गरेको छ ।
बाहुनी गाउँमा अर्गानिक प्याज खेतीको विस्तार
बाजुराको स्वामीकार्तिक खापर गाउँपालिका–१ स्थित बाहुनी गाउँमा यो वर्ष दुई सय क्वीन्टलभन्दा बढी प्याज उत्पादन भएको छ । यहाँका ४० जना कृषकले झण्डै १० हेक्टर क्षेत्रफलमा व्यवसायिक प्याज खेती गर्दै आएका छन् ।
म्याद सकिनै लाग्दा बिस प्रतिशत काम
विश्व बैङ्कको अनुदान सहयोगमा तनहुँको व्यास नगरपालिकामा भइरहेको पराशरमार्ग स्तरोन्नतिको काममा ढिलाइ भइरहेको छ ।
शिक्षामा अदूरदर्शिता, बजेट नहुँदा विद्यालय भवन अधुरा
नवलपुरको कावासोती नगरपालिका–३ मा रहेको जनविकास विद्याश्रम आधारभूत विद्यालयका विद्यार्थी असारको उखरमाउलो गर्मीमा पनि जीर्ण भवनमा जस्ताको छानामुनि बसेर पठनपाठन गर्न बाध्य छन् ।
कृषि, शिक्षा, स्वास्थ्य र पूर्वाधार प्राथमिकतामा
रुपन्देहीका स्थानीय तहले आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम सार्वजनिक गर्न थालेका छन् ।
घडियालका एक सय पन्ध्र बच्चा हुर्किंदै
बर्दिया राष्ट्रिय निकुञ्जले सञ्चालन गरेको गोही प्रजनन केन्द्रमा यस वर्ष हालसम्मकै सबैभन्दा बढी ११५ वटा घडियाल गोहीका बच्चा जन्मिएका छन् । गोही प्रजनन केन्द्रमा रहेका चार वटा पोथी घडियाल गोहीले बच्चा कोरलेका हुन् ।
सङ्घीयतापछि दार्चुलामा विकासको लहर
सुदूरपश्चिम प्रदेशको हिमाली जिल्ला दार्चुला भौगोलिक रूपमा विकट भए पनि प्राकृतिक, सांस्कृतिक दृष्टिले समृद्ध छ । दुर्गम जिल्लाका रूपमा चिनिएको दार्चुलामा सङ्घीयतापछि विकासले गति लिएको छ ।