तिङ्कर नाका नियमित सञ्चालन प्रतिबद्धता
नेपाली कम्युनिस्ट पार्टी (नेकपा) दार्चुलाका उम्मेदवार लक्ष्मणदत्त जोशीले प्रतिनिधि सभा निर्वाचनमा आफू र आफ्नो पार्टीले जित हासिल गरे चीनको ताक्लाकोटसँग जोडिएको तिङ्कर नाकालाई नियमित रूपमा सञ्चालन गर्ने पहल प्रतिबद्धता गर्नुभएको छ ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित बान्तावा भाषा
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित बान्तावा भाषा
विकास, सुशासन र किसानका मुद्दामा प्रतिस्पर्धा
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचन अन्तर्गत लुम्बिनी प्रदेशको नवलपरासी (बर्दघाट–सुस्तापश्चिम)–१ लाई यस पटक अत्यधिक चासोका रूपमा हेरिएको छ । विशेष गरी विनोद चौधरी पुनः उम्मेदवार बनेसँगै यस क्षेत्रको चुनावी प्रतिस्पर्धा थप रोचक बन्ने भएको छ ।
उम्मेदवार, शिक्षक र कर्मचारीलाई जरिबाना
निर्वाचन आचारसंहिता उल्लङ्घनमा संलग्न रहेको आरोपमा निर्वाचन आयोगले विभिन्न राजनीतिक दलका उम्मेदवार, सरकारी कर्मचारी तथा शिक्षकलाई जरिबाना र विभागीय कारबाही गर्ने निर्णय गरेको छ । आचारसंहिताविपरीत गतिविधि गरेको आरोपमा आयोगले नेपाली कम्युनिस्ट पार्टीका जाजरकोट निर्वाचन क्षेत्र नम्बर–१ का प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार शक्तिबहादुर बस्नेतलाई २५ हजार रुपियाँ जरिबाना गर्ने निर्णय गरेको छ । मनोनयन दर्ताका लागि बाजागाजा बजाउँदै सो क्रममा उपस्थित व्यक्तिलाई पाँच सय रुपियाँको नोट प्रदान गरेको उजुरी आयोगमा परेको थियो ।
समृद्ध मधेशको सपना
नेपाल हिमाल, पहाड र तराईको भूगोलले सुपरिचित छ । देशमा तिनै भूगोलको विशिष्ट महत्व छ । मध्य तराईको मैदानी भूभागलाई मधेश प्रदेशको रूपमा चिनिन्छ । यो प्रदेशलाई मुलुकको अन्नभण्डारको रूपमा सजाउन सकिन्छ । हुन पनि मधेशमा ६३.८ प्रतिशत परिवार पूर्ण कृषक छन् । परिवारको हिसाबले हेर्ने भने सात लाख ३८ हजार ३४० परिवार कृषि कार्यमा आबद्ध छन् । राष्ट्रिय कृषि जनगणना २०७८ अनुसार चार लाख ९२ हजार ४९७ हेक्टरमा कृषि कार्य गर्ने गरिएकामा ५७ प्रतिशतलाई मात्रै आफ्नै कृषि उत्पादनले वर्षभरि खान पुग्ने गरेको छ । देशको कुल जनसङ्ख्यामध्ये मधेश प्रदेशमा ११ लाख ५६ हजार ७१५
निर्वाचनमा हाम्रो दायित्व
अबको केही दिन अर्थात् आगामी २०८२ फागुन २१ गते प्रतिनिधि सभाका सदस्यको निर्वाचन हुँदै छ । यसमा आममतदाताले मतदान गरी निर्वाचनमा सहभागिता जनाउनु पर्छ । अन्य नागरिकले पनि निर्वाचनको महाअभियानमा सघाउनु पर्छ । लोकतन्त्रमा मुलुकको सार्वभौमसत्ता आमजनतामा निहित हुन्छ । यिनै मतदातारूपी जनताले निर्वाचनको माध्यमद्वारा प्रतिनिधि सभामा रहने सदस्यको छनोट गर्छन् । पाँच वर्षका लागि मुलुकको कानुन निर्माण गर्ने
स्वच्छ खानेपानीको पहुँच
देशका सहरी क्षेत्रमा स्वच्छ खानेपानीको आपूर्ति नेपाल खानेपानी संस्थानले गर्दै आएको छ । यस कार्यका लागि वितरण, व्यवस्थापन र सहज उपलब्धतामा संस्थानले विशेष ध्यान दिँदै आएको छ । संस्थानले कोशी प्रदेशमा भद्रपुर र विराटनगर शाखाबाट सहरी क्षेत्रमा सेवा दिँदै आएको छ । मधेश प्रदेशमा भने राजविराज, लाहान, जनकपुर, जलेश्वर, मलङ्गवा, गौशाला, गौर, वीरगन्ज र कलैया गरी नौ वटा शाखाबाट सेवा दिइएको छ ।
नेपालको अन्तर्राष्ट्रिय छवि
एक्काइसौँ शताब्दीको विश्व राजनीतिमा कुनै पनि देशको शक्ति केवल उसको सैन्य बल वा आर्थिक सूचकाङ्कमा मात्र मापन गरिँदैन । वर्तमान युगमा (सफ्ट पावर) अर्थात् आफ्नो विचारधारा, संस्कृति र छविका माध्यमबाट अरूलाई प्रभावित पार्न सक्ने क्षमता नै वास्तविक शक्ति हो भन्ने यथार्थता उजागर भइसकेको छ । यस्तो शक्ति निर्माणको सबैभन्दा ठुलो माध्यम भनेको विश्वव्यापी सञ्चार माध्यम हुन् । अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले राष्ट्रहरू
प्रजातन्त्रको प्राण निर्वाचन
नेपाल यतिखेर निर्वाचनमय भएको छ । फागुन २१ गते हुने निर्वाचनको अन्तिम तयारी भइसकेको छ । मतपत्रको छपाइ सकिएको छ । फागुनको पहिलो हप्तादेखि नै सैनिकको सहयोगमा हिमाली जिल्लामा मतपत्र ढुवानी सुरु भएको छ । समयमै सबै जिल्लामा मतपत्र लगिसक्ने तयारी गरिएको छ । फागुन ३ गतेदेखि मतदातालाई शिक्षा दिइँदै छ । दलहरूले घोषणापत्र वा वाचापत्र जारी गरिसकेका छन् । यसरी निर्वाचनको सबै तया
१०० वर्ष अघिको गोर्खापत्र
१०० वर्ष अघिको गोर्खापत्र
आजको राशिफल
आजको राशिफल
पन्चैबाजामा चुनावी प्रभाव
चुनावी प्रचारप्रसार र विवाहको समय एकैपटक पर्दा अहिले पन्चैबाजा बजाउने समूह पाउनै मुस्किल परेको छ । केही उम्मेदवारले उम्मेदवारी दर्तादेखि अहिले घरदैलोसम्म पनि पन्चैबाजाको समेत प्रयोग गरिरहेका छन् । यही बेलामा विवाहको अत्यधिक लगन रहेको छ ।
चार जनालाई झपट पुरस्कार
झपट पुरस्कार व्यवस्था समितिले चार जनालाई झपट पुरस्कार प्रदान गर्ने निर्णय गरेको छ । समितिका अध्यक्ष अरुण राणाको अध्यक्षतामा बसेको बैठकले सो निर्णय गरेको हो । सनत रेग्मी र राजेन्द्र थापालाई जनही एक/एक लाख रुपियाँ राशि तथा डा. गोपालप्रसाद शर्मा र डा. कान्छी महर्जनलाई संयुक्त रूपमा एक लाख रुपियाँ राशिको झपट पुरस्कार प्रदान गरिने भएको छ । आख्यानका माध्यमबाट नेपाली साहित्यको श्रीवृद्धिमा विशिष्ट योगदान दिएबापत सनत रेग्मीलाई झपट पुरस्कार प्रदान गर्न लागिएको समितिले जनाएको छ ।
नौ विजेता घोषणा
मिसेज भोग नेपाल सिजन–३ को अन्तिम प्रतिस्पर्दामा नौ जना विजेता घोषणा गरिएको छ । हाउस अफ फेसन नेपालद्वारा आयोजित कार्यक्रममा उक्त विजेताहरू घोषणा गरिएको हो ।
केकी र विजयलाई अवार्ड
‘विराट फिल्म एन्ड म्युजिक अवार्ड’ को चौथो संस्करण सम्पन्न भएको छ । राजधानीमा आयोजित कार्यक्रममा नायिका केकी अधिकारीले ‘बोक्सीको घर’ र विजय बरालले ‘पूर्णबहादुरको सारङ्गी’ चलचित्रबाट अवार्ड पाउनुभएको छ ।
‘परालको आगो’ को पोस्टर सार्वजनिक
फिल्म ‘परालको आगो’ को पहिलो झलक सार्वजनिक गरिएको छ । बिहीबार चलचित्र मुख्य तीन पात्र सुहाना थापा, सौगात मल्ल र प्रकाश सपुतलाई समेटिएको पहिलो पोस्टरमा तीनै पात्रलाई समावेश गरिएको छ । पोस्टरमा कलाकार सुहानाले सिउँदोमा सिन्दूर, अनि निधारमा टीका लगाएको देखाइएको छ तर पनि यता प्रकाश सपुत घुम ओढेर रसिला आँखा पारेका छन् । प्रकाश र सौगात मल्लको अनुहार रुन्चे देखिन्छ ।
ऊर्जा क्षेत्रमा बढाइँदै नियमन
विद्युत् उत्पादन क्षेत्रमा प्रवर्धक तथा सर्वसाधारणको लगानी बढ्दै जाँदा पछिल्लो समय नियामकीय व्यवस्थापनलाई पनि चुस्त पार्ने प्रयास बलियो बन्दै आएको छ । ऊर्जा क्षेत्रको मुख्य नियामकीय निकाय विद्युत् नियमन आयोगले पछिल्लो पटक जारी गरेका विद्युत्मा खुला पहँुच निर्देशिका, जलाशययुक्त आयोजनाको विद्युत् खरिदबिक्रीसम्बन्धी निर्देशिका, कम्पनीमा संस्थागत सुशासनको मापदण्डको मसौदादेखि जलविद्युत् आयोजनाको उत्पादन लागत अध्ययन प्रक्रियालगायतले नेपालको विद्युत् उत्पादन क्षेत्रमा नियमसङ्गत र जनउत्तरदायी लगानीको वातावरण सिर्जना गर्न खोजेको छ ।
न्यून गुणस्तरसम्बन्धी बयसट्ठी वटा मुद्दा दायर
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले न्यूनस्तर तथा दूषित खाद्य पदार्थ उत्पादन र बिक्रीवितरण गर्नेविरुद्ध ६२ वटा मुद्दा विभिन्न जिल्ला प्रशासन कार्यालय र अदालतमा दायर गरेको छ । यीमध्ये २० वटा दूषित खाद्य पदार्थ, ३४ वटा न्यून गुणस्तर, चार वटा लेबलसम्बन्धी र चार वटा ऐनविपरीतका कार्यसँग सम्बन्धित रहेका विभागले जनाएको छ ।
जाली नोटको कारोबार बढ्न सक्ने
प्रतिनिधि सभाको आसन्न निर्वाचनका बेला नक्कली (जाली) नोटको कारोबार बढ्ने जोखिम उच्च छ । खास गरी भारतसँग सीमा जोडिएका तराई मधेशका क्षेत्रमा त्यस्तो जोखिम उच्च रहने गर्छ । सोही सम्भावनालाई ख्यालमा राख्दै जाली नोटको कारोबार न्यूनीकरण गर्न नेपाल राष्ट्र बैङ्क जनकपुरले जलेश्वरमा सचेतना कार्यक्रम गरेको छ । राष्ट्र बैङ्कका अनुसार निर्वाचन नजिकिँदै जाँदा बजारमा ठुलो परिमाणमा नगद चलनचल्ती हुने, गाउँ गाउँसम्म रकम ओसारपसार बढ्ने तथा अस्थायी रूपमा खुल्ने शिविर र प्रचारप्रसारका कार्यक्रममा नगद प्रयोग अधिक हुने भएकाले जाली नोट प्रचलनमा आउने सम्भावना रहन्छ ।
‘बर्दघाट एसएमई भिलेज समुन्नतिको आधार बन्ने’
बर्दघाट एसएमई भिलेज समुन्नत नवलपरासीको आधार बन्ने विश्वास लगानीकर्ताले गरेका छन् । नेपाल उद्योग परिसङ्घको आयोजना तथा बर्दघाट उद्योग वाणिज्य सङ्घ, उद्योग व्यापार सङ्घ बर्दघाट र नेपाल उद्योग परिसङ्घ युवा उद्यमी मञ्चको सहआयोजनामा नवलपरासीको बर्दघाटमा आयोजित अन्तर्क्रियामा लगानीकर्ताले यस्तो विश्वास गरेका हुन् । परिसङ्घका कार्यवाहक अध्यक्ष निर्वाण चौधरीले बर्दघाट एसएमई भिलेजलाई मोडल ग्राम बनाउन पाइलट प्रोजेक्टका रूपमा अगाडि बढाउनुपर्ने बताउनुभयो । उहाँले बर्दघाट एसएमई ग्राममार्फत यस क्षेत्रमा साना तथा मझौला उद्योगलाई प्रवर्धन गर्न सकिने बताउनुभयो ।
कांग्रेसका पन्ध्र उम्मेदवारका दस प्रतिज्ञा
नेपाली कांग्रेसका काठमाडौँ, भक्तपुर र ललितपुरका १५ उम्मेदवारको ‘काठमाडौँ उपत्यका विकास प्रतिज्ञापत्र’ सार्वजनिक गरिएको छ । काठमाडौँको बृहत्तर एकीकृत विकासका लागि १० बुँदे प्रतिज्ञापत्र सार्वजनिक गरिएको हो । काठमाडौँमा बिहीबार आयोजित कार्यक्रममा तीन वटै जिल्लालाई एउटै सहरका रूपमा लिई स्थानविशेषका विशिष्ट मौलिक पक्षलाई दृष्टिगत गरी एकीकृत सहरी विकास योजना तर्जुमा गरी कार्यान्वयनको लक्ष्यसाथ कांग्रेस उम्मेदवारको प्रतिज्ञापत्र सार्वजनिक भएको हो ।
जैविक विविधता संरक्षण गर्ने समझदारी
नेपाल र भारत सरकारबिच जैविक विविधता संरक्षणसम्बन्धी द्विपक्षीय समझदारीपत्रमा हस्ताक्षर भएको छ । जैविक विविधता क्षेत्रमा साझा सहकार्य गर्ने गरी दुई देशबिच भारतको राजधानी नयाँदिल्लीमा हस्ताक्षर भएको हो । नेपालका वन तथा वातावरणमन्त्री माधवप्रसाद चौलागाईं तथा भारतका वातावरण, वन तथा जलवायु परिवर्तनमन्त्री भूपेन्द्र यादवको उपस्थितिमा नेपालतर्फबाट भारतका लागि नेपालका राजदूत डा. शङ्करप्रसाद शर्मा र भारततर्फबाट वातावरण, वन तथा जलवायु परिवर्तन मन्त्रालयका सचिव तन्मय कुमारले उक्त सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको हो ।
महानगरका एघार विद्यालयमा विशेष कक्षा
माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा सुधार्ने उद्देश्यले काठमाडौँ महानगरपालिकाको शिक्षा विभागले विशेष कक्षा सुरु गरेको छ । पहिलो चरणमा छ वटा विद्यालयमा यस्तो कक्षा सुरुवात गरिएको महानगरपालिकाले जनाएको छ । गत वर्षहरूमा लिइएको एसइई परीक्षामा ५० प्रतिशतभन्दा कम विद्यार्थी उत्तीर्ण भएका विद्यालयमा विशेष कक्षा सञ्चालन गर्ने विभागको योजना छ । कुल ११ वटा विद्यालयमा यस्तो कार्यक्रम सञ्चालन गर्ने योजना महानगरपालिकाको छ ।
चुनावी प्रतिस्पर्धामा गालीको वर्षा
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र उहाँकी पत्नी निकिता पौडेलले मङ्गलबार मनकामना मन्दिरको दर्शनपछि राखेको तस्बिरमा ‘सहकारी ठगीको रकम फिर्ता गर्ने बुद्धि मनकामना माताले दिऊन्’ । ‘किर्ते हस्ताक्षर गरेर गरिब जनता ठगेको पाप नलागोस्’ । ‘जय सहकारी’ जस्ता प्रतिक्रियाको ओइरो आयो । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सर्लाहीको चुनावी कार्यक्रमबाट सार्वजनिक गर्नुभएको तस्बिरमा प्रतिक्रिया आयो, ‘बाख्रोले पनि यसपालि घन्टी बजाउने भयो’ । ‘प्रमाण नभएको खाली पानाको भेट किताबसँग’ ।