रघुगंगा गाउँपालिकाको बजेट ५० करोड
रघुगंगा गाउँपालिकाको आर्थिक वर्ष २०८२–८३ को नीति तथा कार्यक्रम, बजेट तथा कार्यक्रम एवम् १९ औं गाउँसभामा ५० करोडको बजेट प्रस्तुत गरेको छ ।
दाउरा प्रहार गरी हत्या गर्ने दुई पक्राउ
दाउरा प्रहार गरी हत्या गर्ने दुई जनालाई तनहुँ प्रहरीले बिहीबार दिउँसो पक्राउ गरेको छ ।
देवरले गरे भाउजूको हत्या
मकवानपुरको थाहा नगरपालिका १ स्थित कुन्छालमा एक महिलाको हत्या गरिएको छ । छिमेकी देवर नाता पर्ने स्थानीय विमलमान गोपालीले भाउजू तुलमाया गोपालीलाई धारिलो हतियार प्रहार गरी बिहीबार हत्या गरेका हुन् ।
लमजुङमा चारवटा मोटरेवल पुल निर्माण हुने
लमजुङमा चालु आर्थिक वर्षमा चारवटा मोटरेबल पुल निर्माण सुरु हुने भएको छ । जिल्लाको मर्स्याङ्दी, क्होलासोँथार, दोर्दी गाउँपालिका र मध्यनेपाल नगरपालिकामा नयाँ मोटरेबल पुल निर्माण सुरु हुन लागेको हो । गण्डकी प्रदेश सरकारले बहुवर्षीय योजनाअन्तर्गत जिल्लाका अतिआवश्यक चार स्थानमा मोटरेबल पुल निर्माणका लागि बजेट विनियोजन छ ।
कैलालीमा कैदीको मृत्यु प्रकरणमा जोडिएका प्रहरीका सई पक्राउ
कैलाली कारागारका कैदीको मृत्यु भएको घटनामा नेपाल प्रहरीका एक जना प्रहरी नायब निरीक्षक सई पक्राउ परेका छन् । डडेलधुराको भागेश्वर गाउँपालिका–५ का २८ वर्षीय हरिस सिंह पालीको मृत्यु प्रकरणमा जिल्ला प्रहरी कार्यालयमा कार्यरत प्रहरी नायब निरीक्षक सई हरजीत नाथलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
एक करोड पन्ध्र लाख रुपियाँको बाउन्स चेक दिएर ठगी गर्ने वीरेन्द्र पक्राउ
एक करोड पन्ध्र लाख रुपियाँको रकम बिनाको खाली चेक दिएर ठगी गर्ने वीरेन्द्र खत्रीलाई प्रहरीले पक्राउ गरेको छ । सिन्धुपाल्चोक साँगाचोक ८ परिवर्तित चौतारा साँगाचोकगढी ११ घर भई हाल भक्तपुर सुर्यविनायक ५ कटुन्जे बस्ने ४० वर्षीय खत्रीलाई भक्तपुर सुर्यविनायक ५ कटुन्जेबाट पक्राउ गरेको काठमाडाैँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुका प्रहरी उपरीक्षक काजी कुमार आचार्य जानकारी दिनुभयो ।
स्काउटले युवापुस्तामा अनुशासन र सेवा विकास गर्नु सकारात्मक छः उपराष्ट्रपति यादव
उपराष्ट्रपति रामसहायप्रसाद यादवले नेपाल स्काउटले देशको युवापुस्तामा प्रदान गर्दै आएको अनुशासन, नेतृत्व र सेवा भावना सकारात्मक रहेको बताउनुभएको छ ।
सिकलसेल रोगका पीडितलाई आय आर्जनका लागि तालिम
बाँकेको कोहलपुर क्षेत्रमा सिकलसेल रोगबाट पीडित तथा उहाँहरूका परिवारलाई लक्षित गर्दै लुम्बिनी प्रदेश सरकारको क्षेत्र विकास कोषबाट विनियोजन भएको बजेट अन्तर्गत ढकिया बुन्ने तालिम तथा प्रविधि हस्तान्तरण कार्यक्रम सञ्चालन गरिएको छ ।
आयोडिनयुक्त नुनको आपूर्ति निजीकरण नगर्न उपभोक्ता मञ्चको आग्रह
सरकारले आयोडिनयुक्त नुनको आपूर्ति प्रणालीमा निजी क्षेत्रलाई प्रवेश गराउने तयारी गरिरहेको भन्दै राष्ट्रिय उपभोक्ता मञ्चले गम्भीर आपत्ति जनाएको छ ।
खानेपानीका अधुरा योजना यसै वर्ष पूरा हुन्छन् : खानेपानीमन्त्री यादव
सङ्घीय खानेपानीमन्त्री प्रदीप यादवले पूर्व मेचीदेखि पश्चिम कञ्चनपुरसम्मका अधुरा खानेपानीको आयोजनाहरु यसैवर्ष पूरा गरिने बताउनुभएको छ ।
सुरक्षित भविष्यको खोजीमा वादी समुदाय
गाउँघरमा हिँडेर मादल बनाउने र गीत गाउँदै जीविका चलाउँदै आएका वादी समुदाय पछिल्लो समयमा आफ्नो सुरक्षित भविष्यको खोजीमा लागेका छन् ।
मितेरी बचत ठगी : कम्बोडियामा पक्राउ अभियुक्तमाथि अनुसन्धान सुरु
केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले मितेरी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको करोडौँ रकम ठगी गरी फरार रहेका ज्योतिबहादुर भण्डारीलाई कम्बोडियाबाट पक्राउ गरी अनुसन्धान प्रक्रिया अघि बढाएको छ ।
पाँच शिशुको हत्या आरोपमा अर्जेन्टिनी नर्सलाई आजीवन कारावास
अर्जेन्टिनाको एक अस्पतालमा पाँच शिशुको हत्या तथा अन्य आठको हत्या प्रयास गरेको आरोपमा एक नर्सलाई आजीवन कारावासको सजाय सुनाइएको छ ।
पोखराको सहरी स्वास्थ्य प्रवर्धन केन्द्रमा सेवाग्राहीको चाप
स्वास्थ्य बिमाका लागि प्रथम सेवा विन्दुका रूपमा रहेको पोखरा महानगरपालिका–८ नयाँ बजारस्थित सहरी स्वास्थ्य प्रवर्धन केन्द्रमा सेवाग्राहीको थेगिनसक्नु भिड लाग्ने गरेको छ ।
बाढीको जोखिम क्षेत्रमा उपप्रधानमन्त्री सिंहद्वारा निरीक्षण
उपप्रधानमन्त्री एवम् सहरी विकासमन्त्री प्रकाशमान सिंहले मनसुन सुरु भएसँगै बागमती नदीमा बाढीबाट सम्भावित जोखिम क्षेत्रको स्थलगत निरीक्षण गर्नुभएको छ ।
विपद् प्रतिकार्य योजना निर्माणमा ढिलाइ
कर्णाली प्रदेश सरकारले विपद्प्रतिकार्य योजना निर्माणमा ढिलाइ गरेको छ । असार लाग्दैगर्दा कर्णालीवासीलाई बर्खाको पिरलो बढ्दैगएको छ ।
सार्वजनिक ऋणको हिस्सा जिडीपीको ४३ दशमलव ४७ प्रतिशत पुग्यो
नेपालको सार्वजनिक ऋणको हिस्सा कुल गार्हस्थ्य उत्पादन (जिडीपी) को ४३ दशमलव ४७ प्रतिशत पुगेको छ ।
दैलेखमा ११२ अर्ब घनमिटर ग्यास रहेको पुष्टि
चीनको टोलीले दैलेखको जलजलेमा ११२ अर्ब घनमिटर प्राकृतिक ग्यास रहेको प्रारम्भिक रिपोर्ट दिएको छ ।
पुल निर्माण हुन नसक्दा जोखिम मोलेर यात्रा
सङ्घीय सरकारले बजेट निकासा नगर्दा चितवनको शक्तिखोर फिसलिङ ग्रामीण कृषि सडकको रिग्दी खोलाको पुल निर्माण हुन नसक्दा जोखिम मोलेर स्थानीयहरू यात्रा गर्न वाध्य भएका छन् ।
साना किसान र महिलालाई उद्यमशीलतामा जोड्दै भीरकोट नगरपालिका
स्याङ्जाको भीरकोटमा ‘कृषि तथा पशु विकास परियोजना’ सुरु भएको छ ।
श्रीलङ्का टापुका किसानलाई अनुदानमा कृषिउपकरण
वराहक्षेत्र नगरपालिकाले वराहक्षेत्र नगरपालिका-६ र ९ श्रीलङ्का टापुका किसानलाई अनुदानमा आधुनिक कृषिउपकरण वितरण गरेको छ ।
नवदुर्गा गणको अन्त्येष्टि दिन
देव गणको मुकुन्डो जलाउनुलाई नवदुर्गा देवगणको अन्त्येष्टि मानिन्छ । अन्त्येष्टि क्रममा भलभल अष्टमीमा नवदुर्गा गण बिहानै द्योछें (देवता घर)बाट बाहिर निस्केर विलाप नाच प्रदर्शन गर्ने परम्परा रहेको छ ।
पर्वतमा नहर बनाएर बाढी नियन्त्रण
जिल्लाको जलजला गाउँपालिका–७ धाइरिङस्थित गुन्टेखेत र सल्यानको बस्ती संरक्षणका लागि नहर निर्माण गरेर बाढी नियन्त्रण गरिएको छ । बस्तीभन्दा माथिबाट आउने बाढी र पहिरोका कारण बर्सेनि जोखिम बढ्दै गएपछि क्षति रोकथामका लागि नहर निर्माण गरिएको हो ।
काठमाडौंमा विषालु सर्प सल्बलाउँदै : २२३ जनाको उपचार
काठमाडौं उपत्यकामा तापक्रम बढेसँगै अत्यधिक गर्मी हुने ठाउँमा देखिने विषालु सर्पसमेत सल्बलाउन थालेका छन् । विषालु सर्पहरु किङ कोब्रा, मोनोकल्ड कोब्रा, हर्यौं, आँदो, एक थोप्ले गोमनलगायतका सर्प काठमाडौंमा देखा पर्न थालेका हुन् ।