शैक्षिक पद्धतिमा सुधार
नेपालको शैक्षिक प्रणालीलाई समयसापेक्ष तुल्याउन २०२७ सालमा नयाँ शिक्षा लागु गरियो ।
‘कार्यसम्पादनमा संस्कृति मन्त्रालय अब्बल’
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले सरकारको वार्षिक कार्यसम्पादनमा संस्कृति मन्त्रालय दोस्रो स्थानमा रहेर अब्बल भएको बताउँदै नेपाल–प्रज्ञा–प्रतिष्ठान आफैँले कमाएर सञ्चालन हुन सक्ने वातावरण बनाउन अग्रसर हुनुपर्नेमा जोड दिनुभयो । आफू भाषा साहित्यसेवी भएको उल्लेख गर्दै उहाँले भन्नुभयो, “प्रतिष्ठानले दिने हल भाडालाई सदुपयोग गरे आर्थिक रूपमा बलियो हुन्छ ।”
पशुपतिमा मनाइयो त्रिशूल जात्रा
देवपतन र पशुपतिको जय वागेश्वरीमा बिहीबार ‘त्रिशूल जात्रा’ मनाइएको छ । जय वागेश्वरीभन्दा केहीमाथि रहेको सत्तलबाट दुई बालिका र एक बालकलाई त्रिशूलले रोपेको स्वरूप जस्तो देखिने गरेर खटमा राखेर पशुपति क्षेत्रको परिक्रमा गरी जात्रा मनाइएको छ । स्थानीय नेवार समुदायमा यसलाई ‘मचाति’ भनिन्छ ।
नेसनल लाइफको लाभांश पारित
नेसनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना सेयरधनीलाई १० प्रतिशत नगद र पाँच प्रतिशत बोनस सेयर दिने भएको छ । कम्पनीको राजधानीमा सम्पन्न ३७ औँ वार्षिक साधारण सभाले उक्त लाभांश प्रदान गर्ने प्रस्ताव पारित गरेको हो ।
श्रम बजारको माग अनुसार जनशक्ति तयार पार्न आग्रह
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरत्सिंह भण्डारीले नेपालीलाई नेपालको रोजगारीमा संलग्न गराउन श्रम बजारको माग अनुसारको जनशक्ति तयार गर्नुपर्नेमा जोड दिनुभएको छ ।
बोरिङका भरमा रोपाइँ
पर्याप्त पानी नपरेपछि कैलालीका किसानले बोरिङका भरमा रोपाइँ सुरु गरेका छन् । किसानले बोरिङको मद्दतले भूमिगत पानीबाट सिँचाइ गरी रोपाइँ गर्न थालेका हुन् । यस वर्ष मनसुन चाँडै नेपाल प्रवेश गरे पनि सुदूरपश्चिम प्रदेशसम्म अझै पुगिसकेको छैन । पश्चिमी र स्थानीय वायुको प्रभावले भने फाटफुट पानी परिरहेको छ ।
हलगोरु पाल्ने किसानलाई अनुदान
फेदीखोला गाउँपालिका स्याङ्जाले हल गोरु पाल्ने किसानलाई बिहीबार १४ लाख ४५ हजार प्रोत्साहन अनुदान वितरण गरेको छ ।
‘विद्युत् ट्रिपिङबाट उद्योगी प्रताडित’
सुनसरी–मोरङ औद्योगिक कोरिडोरका उद्योगी व्यवसायी पर्याप्त विद्युत् उपलब्ध भइरहने अहिलेको समयमा पनि दैनिक कैयौँ पटक विद्युत् ट्रिपिङ हुँदा प्रताडित भएको बताएका छन् ।
बजेट कार्यान्वयन उदाहरणीय हुने
उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सन्तुलित र यथार्थपरक बजेट ल्याइए झैँ आर्थिक वर्ष २०८२/८३ को बजेट उदाहरण पेस गर्ने गरी कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । उहाँले हरेक मन्त्रालयलाई कार्यान्वयनका सन्दर्भमा कार्ययोजना बनाएर अगाडि बढ्न जोड दिइएको बताउनुभयो ।
जेठमा थपियो बत्तिस अर्ब ऋण
सरकारले जेठमा ३२ अर्ब रुपियाँ सार्वजनिक ऋण लिएको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार वैशाखको तुलनामा ३२ अर्ब रुपियाँ ऋण थपिएको हो । यससँगै मुलुकले तिर्नुपर्ने कुल सार्वजनिक ऋण २६ खर्ब ५४ अर्ब ६८ करोड रुपियाँ पुगेको छ । खर्च स्रोतका रूपमा सरकारले सार्वजनिक ऋण परिचालन गर्दछ ।
कर्णालीमा वित्तीय साक्षरता कमजोर
कर्णाली प्रदेशमा वित्तीय साक्षरता कमजोर रहेको पाइएको छ । कर्णाली फाउन्डेसनले आयोजना गरेको कर्णाली प्रदेशस्तरीय वित्तीय साक्षरता र वित्तीय समावेशीकरण विषय कार्यशालामा बैङ्कमा खाता खोल्नेदेखि बचत गर्ने, मोबाइल बैङ्किङ गर्नेलगायतका सेवा सुविधा लिन कर्णालीवासी निकै पछि रहेको जानकारी दिइएको हो ।
बिक्न छाड्यो तरकारी
पछिल्ला दिनमा उपत्यकाका बजारमा हरिया तरकारी धेरै भित्रिँदा खेर फाल्नुपर्ने अवस्थाले व्यापारी हैरान छन् । उपत्यकावासीको मागभन्दा बढी तरकारी बजारमा भित्रिएपछि खेर फाल्नुपर्ने अवस्थाले व्यापारी हैरान भएका हुन् ।
३० लाख प्रति लाइसेन्स छापिने
सुरक्षण मुद्रण केन्द्रले छाप्न बाँकी ३० लाख प्रति सवारीचालक अनुमतिपत्र (स्मार्ट लाइसेन्स) असार मसान्तदेखि छाप्ने भएको छ । यातायात व्यवस्था विभाग र केन्द्रबिच जेठमा समझदारीपत्र (एमओयु) मा हस्ताक्षर भएको थियो ।
पशुपतिनाथको प्रवर्धन र पुनर्निर्माण सँगसँगै
धार्मिक पर्यटन प्रवर्धन गरी आर्थिक समृद्धिको आकाङ्क्षा पूरा गर्ने राष्ट्रिय दायित्व पूरा गर्ने अभियानमा पशुपति क्षेत्र विकास कोष अल्पकालीन र दीर्घकालीन योजनासाथ जोडिएको छ ।
न्यायाधीशद्वय थारू र महर्जन छानबिनमा
उच्च अदालत जनकपुर अस्थायी इजलास वीरगन्जका दुई जना न्यायाधीश फैसलाउपरको छानबिनका क्रममा न्याय परिषद्मा तानिनुभएको छ । नेपाली कांग्रेसका नेता मोहम्मद अफताव आलमलाई ज्यानसम्बन्धी मुद्दामा सफाइ दिएका न्यायाधीशद्वय खुसीप्रसाद थारू र अर्जुन महर्जन छानबिनमा तानिनुभएको हो ।
स्थानीय बजेटमा नागरिकको चासो
स्थानीय तहले आगामी आर्थिक वर्ष २०८२/८३ को नीति, कार्यक्रम र बजेट निर्माणक्रममा स्थानीय नागरिकको चासो बढेको पाइएको छ । सङ्घीय र प्रदेश सरकारले बनाउने नीति, कार्यक्रम र बजेटमा चासो नदेखाएका स्थानीय नागरिकले स्थानीय तहले निर्माण गर्ने नीति, कार्यक्रम र बजेटमा भने बढी चासो देखाउँदै छन् ।
दैलेखमा ११२ अर्ब घनमिटर प्राकृतिक ग्यास रहेको पुष्टि
मुलुकमा वार्षिक ५५ अर्ब रुपियाँ बराबरको पाँच लाख मेट्रिक टनभन्दा बढी खाना पकाउने एलपी ग्यास आयात भइरहेको बेला त्यसलाई प्रतिस्थापन गर्न सक्ने गरी स्वदेशमै प्राकृतिक ग्यास फेला परेको छ ।
नेपालमा एमसिसी निरन्तर रहने
अमेरिकी सरकारको वैदेशिक सहायतामा आधारित नेपालमा कार्यान्वयनमा रहेको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) अन्तर्गतको एमसिसी नेपाल कम्प्याक्टको परियोजना निरन्तर रहने भएको छ । ९० दिनको रोक लगाएको मिलेनियम च्यालेन्ज नेपाल कम्प्याक्टलाई अमेरिकी सरकारले निरन्तरताका लागि फुकुवा गरेको हो ।
विद्युत् महसुलले विद्यालय हैरान
वीरगन्ज महानगरपालिका–४ मा रहेको त्रिजुद्ध माध्यमिक विद्यालयले २० लाख रुपियाँ बिजुलीको शुल्क नेपाल विद्युत् प्राधिकरणलाई बुझाउन बाँकी छ ।
सिदिङ्वाको बजेट साढे ४४ करोडभन्दा बढी
सिदिङ्वा गाउँपालिकाले आर्थिक वर्ष २०८२(८३ का लागि साढे ४४ करोड बढी रुपियाँको बजेट गाउँसभामा प्रस्तुत गरेको छ । विहीबार भएको गाउँपालिकाको १७ औं गाउँसभामा उक्त बजेट प्रस्तुत गरिएको हो ।
नेपाल प्राकृतिक रुपमा सुन्दर र सम्पन्न छः राजदूत अन्सारी
नेपालका लागि कतारका राजदूत मिशाल एम अल अन्सारीले नेपाल प्राकृतिक रुपमा निकै सुन्दर र सम्पन्न मुलुक रहेको बताउनुभएको छ ।
बजेटमा कृषिलाई उपेक्षा भयोः सांसदहरु
नेपाल कम्युनिष्ट पार्टी ९एमाले०का सांसद किरणकुमार शाहले बजेटले कृषिलाई उपेक्षा गरेको टिप्पणी गर्नुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयक, २०८२ को मन्त्रालयगत शीर्षकको खर्च कटौती प्रस्तावमाथि दलीय आधारमा सांसद शाहले कृषि अनुदान वृद्धि गरी कृषि उत्पादन प्रवद्र्धनमा बजेटले ध्यान दिनुपर्ने खाँचो औँल्याउनुभयो ।
देशको काठको उपयोग नगरी विदेशबाट काठ आयात नगर्न सांसदको माग
काठमाडौँ, असार ५ गते । सांसदहरुले नेपालमा भएका काठको सदुपयोग नगरी विदेशबाट काठ आयात गर्न नहुनेमा विषयमा सरकारको ध्यानाकर्षण गराउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयक, २०८२ अन्तर्गत वन तथा वातावरण, कृषि तथा पशुपन्छी विकास र कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयसँग सम्बन्धित विनियोजन विधेयकका विषयमा छलफल गर्नुहुँदै सांसद देवप्रसाद तिमल्सिनाले नेपालका राम्रा काठ सदुपयोग नभई मलेसियादेखि काठ ल्याउनु उपयुक्त नभएको बताउनुभयो । उहाँले पहाडी जिल्लामा रहेका अदालतका जीर्ण भवन निर्माणका लागि बजेट विनियोजन नभएकामा पनि सरकारको ध्यानाकर्षण गराउनुभयो । सांसद नारायणप्रसाद आचार्यले तीन वटै तहका सरकारको समन्वयमा बजेट खर्च गर्ने व्यवस्था हुनुपर्नेमा जोड दिनुभयो । सांसद सूर्यमान तामाङ ९दोङ०ले रासायनिक मलमा चालु आर्थिक वर्षभन्दा आगामी वर्षका लागि रु १८ करोड कम गरेको उल्लेख गर्नुभयो । सांसदहरु भानुभक्त जोशी, प्रतीक्षा तिवारी, सुरेन्द्रराज आचार्य, बिजुला रायमाझीले कृषि प्रधान देशमा कृषिमा कम बजेट राखिएको, नेपालको वन तस्करको धन हुन पुगेको, वन मन्त्रालयको बजेट कार्यान्वयन हुन नसक्ने देखिएका बताउनुभएको थियो ।यसैगरी उहाँहरुले आवश्यक नभएको स्थानमा बजेट राखिएको र बजेट चाहिने ठाउँमा नराखिएको, चुरेको दोहन नरोकिएको, प्लाष्टिकले खेतीयोग्य जमिनमा असर गरेको, पाउनुपर्नेले कृषि अनुदान नपाएकाले यसतर्फ सरकारेको ध्यान जानुपर्नेमा जोड दिनुभएको थियो ।
आगामी आवको बजेट अर्थतन्त्र निर्माणको सङ्कल्पसहित प्रस्तुत भएको छः अर्थमन्त्री पौडेल
काठमाडौँ, असार ५ गते । उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटले सुदृढ अर्थतन्त्र निर्माणको दिशामा थप एक कदम अघि बढाउने विश्वास व्यक्त गर्नुभएको छ । राष्ट्रियसभाको आजको बैठकमा अर्थमन्त्री पौडेलले आर्थिक वर्ष २०८२/८३ को राजस्व र व्ययको वार्षिक अनुमान माथिको सामान्य छलफलमा उठेका प्रश्नहरूको जवाफ दिँदै प्रस्तुत बजेटले नयाँ सपना देख्ने भन्दा पनि देखेका सपनालाई पूरा गर्ने बताउनुभयो । अर्थमन्त्री पौडेलले बजेट कार्यान्वयनका दृष्टिकोणले नयाँ उदाहरण स्थापित गर्नेमा विश्वास व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “बजेट आकार, अनुमान र प्रस्तावका दुष्टिले मात्र होइन कार्यान्वयनमा दृष्टिले पनि उपयुक्त थियो भन्ने अभिलेख होस भन्ने सोच र सङ्कल्पका साथमा बजेट प्रस्तुत भएको छ ।” आगामी आर्थिक वर्षको अन्त्यसम्म मुद्रास्फीति ५।५ प्रतिशतमा राख्न छ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य हासिल गर्ने गरी बजेट कार्यानवयन हुने समेत उल्लेख गर्नुभयो ।“बजेटमार्फत मुलुकको अर्थतन्त्र चलायमान हुनेछ, बजेट कार्यान्वयनपछि हामी सुदृढ राष्ट्रिय अर्थतन्त्रको निर्माणको दिशामा एक कदम अघि बढेको हुनेछौँ, सोही अठोट र सङ्कल्पसहित प्रस्तुत बजेट आएको छ”, अर्थमन्त्री पौडेलले भन्नुभयो । आगामी आवको बजेट नयाँ योजनाको भन्दा पनि विगतमा सुरु भएका योजना पूरा गर्ने गरी आएको उल्लेख गर्दै उहाँले विगतमा घोषणा गर्ने गरेका आयोजनाहरुको प्रभावकारी कार्यान्वयनमा केन्द्रि रहेको उल्लेख गर्नुभयो ।