बेपत्ताका परिवार भन्छन्: ‘राज्यले पटक–पटक ठग्यो’
सशस्त्र द्वन्द्वका बेला बेपत्ता पारिएका व्यक्तिका परिवारका सदस्यले राज्यले सङ्क्रमणकालीन न्याय दिनुको सट्टा पटक पटक ठगेको गुनासो गरेका छन् ।
ढुङ्गा प्रहारबाट युवकको मृत्यु
ढुङ्गा प्रहारबाट यहाँको कमल गाउँपालिकामा एक युवाको ज्यान गएको छ ।
बेपत्ता पारिएका व्यक्तिलाई न्याय दिन नयाँ विनियमावली ल्याइने
बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगका अध्यक्ष लीला देवी गड्तौलाले चाँडै विनियमावली बनाएर पीडितलाई न्याय दिने बताउनुभएको छ ।
एमआरपी कार्यान्वयनमा कडाइ, ९२ कम्पनीलाई जरिवाना
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले ९२ वटा विभिन्न व्यावसायिक फर्म तथा उद्योगलाई एक करोड बयानब्बे हजार रुपैयाँ जरिवाना गरेको जनाएको छ ।
विश्वमा नेपालको परिचय र ब्राण्डिङलाई स्थापित गर्नुपर्छ: पर्यटन मन्त्री पाण्डे
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले विश्वमा देशको परिचय र ब्रान्डिङलाई स्थापित गर्नुपर्नेमा जोड दिनुभएको छ ।
राजस्व र व्ययको वार्षिक अनुमान माथिको छलफल समाप्त
कोसी प्रदेशसभाको आज बसेको बैठकमा आर्थिक वर्ष २०८२-८३ को राजस्व र व्ययको अनुमान माथिको छलफल समाप्त भएको छ ।
हुम्लामा पहिलो पटक बालविवाह बदर
जिल्लामा उमेर नपुगी गरिएको एक बालविवाह बदर भएको छ । जिल्लाको सिमकोट गाउँपालिका–२ का १५ वर्षीय युवक र खार्पुनाथ गाउँपालिका–२ की १४ वर्षकी बालिकासँग हालै गरिएको विवाह बदर भएको हो ।
प्लास्टिकभन्दा सिसाका बोतलमा माइक्रोप्लास्टिक बढी भेटिएको एक अध्ययनको दावी
शिशाको बोतलमा बिक्री हुने पानी, सोडा, बियर र वाइनजस्ता पेय पदार्थमा प्लास्टिकको बोतलमा भन्दा माइक्रोप्लास्टिक बढी हुने फ्रान्सको खाद्य सुरक्षा निकायले शुक्रबार सार्वजनिक गरेको एक आश्चर्यजनक अध्ययनले देखाएको छ ।
पाकिस्तानबाट २६९ अफगान नागरिक स्वदेश फिर्ता
काबुल, असार ६ गते । पाकिस्तानको जेलमा रहेका कुल दुई सय ६९ अफगान नागरिकलाई बिहीबार रिहा गरी उनीहरूको मातृभूमि अफगानिस्तानमा फिर्ता पठाइएको स्थानीय मिडिया आउटलेट टोलोन्युजले शुक्रबार बताएको छ ।पाकिस्तानको विभिन्न जेलमा तीन महिना बिताएका महिला र बालबालिका लगायत पूर्व कैदीहरूलाई तोरखाम सीमा विन्दुमा अफगान अधिकारीहरूलाई हस्तान्तरण गरिएको छ ।पाकिस्तानले विगत छ महिनामा सयौँ अफगान कैदीलाई मुक्त गरेको छ । इस्लामाबादले कानूनी यात्रा कागजातहरू नभएका अफगान शरणार्थीहरूलाई छिमेकी देश छोड्न समेत निर्देशन दिएको छ । सिन्हा
मिथेन ग्याँस र धौवादी फलाम उत्खननसँगै अर्थतन्त्रमा सहयोग पुग्छ: प्रधानमन्त्री ओली
प्रधानमन्त्री केपी शर्मा ओलीले दैलेखमा ५० वर्षसम्म नेपाललाई पुग्ने मिथेन ग्याँस पत्ता लागेको बताउनुभएको छ ।
‘आदिबासीको प्रतिनिधित्वले मुलुक समृद्ध बन्छ’
रक्षामन्त्री मनवीर राईले मुलुकको विविधताअनुसार राज्यको संरचनाहरुमा विविधत्तायुक्त प्रतिनिधित्व कायम गर्न सके मुलुक समृद्ध बन्ने बनाउनुभएको छ ।
अन्तरप्रदेशीय मार्ग निर्माण कार्य अघि बढ्छ: अर्थ मन्त्री यादव
मधेस प्रदेशका अर्थमन्त्री सुनिल कुमार यादवले मधेस प्रदेश सरकारले अन्तरप्रदेशीय मार्ग खोल्ने कार्य लहान नगरपालिकाबाट सुरु गर्ने बताउनु भएको छ । लहान नगरपालिकाको १६ औँ नगर सभालाई लहान नगरपालिकाको सभा हलमा समुद्घाटन गर्दै यस्तो बताउनु भएको हो ।
प्रशासकीय अधिकृत श्रीवास्तव सहित दुई जना पक्राउ
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको काठमाडौँ कार्यालयबाट खटी आएको टोलीले पर्साको बहुदरमाई नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत अजय कुमार श्रीवास्तव र पोखरिया नगरपालिकाका जिन्सी, प्रशासन तथा इन्धन वितरण शाखाका प्रमुख सन्दीप साहलाई पक्राउ गरेको छ ।
जनताको चाहनाअनुसार काम गरिरहेका छौं : मन्त्री गुरुङ
सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जनताले सरकारको राम्रा कामहरु हेर्न चाहेको बताउनुभएको छ । उहाँले वर्तमान सरकारले जनताको चाहनाअनुरुप राम्रा काम गरेर देखाउने विश्वास दिलाउनुभयो ।
टेउवा मूर्ति सङ्ग्रहालय अलपत्र
टेउवा पछिल्लो समय बागलुङ जिल्लाकै एक आकर्षक पर्यटकीय गन्तव्य हो । यहाँ निर्माण गरिएका मूर्तिकलाको दृश्यावलोकन गर्न मानिसहरू आउने गर्दछन् । गलकोट नगरपालिका–५ हरि चौरमा पर्ने टेउवामा विश्व विख्यात मूर्तिकारहरूले निर्माण गरेका मूर्तिहरू छन् । खुल्ला मूर्ति सङ्ग्रहालय निर्माण गर्ने सोचका साथ काम अघि बढाइएको छ ।
अवरुद्ध राप्ती राजमार्ग सुचारु
लगातार वर्षासँगै कपुरकोट गाउँपालिका–३ चोरखोलामा आएको पहिरोका कारण अवरुद्ध राप्ती राजमार्ग सञ्चालनमा आएको छ। पहिरो हटाएपछि अवरुद्ध राजमार्ग खुलेको हो ।
डोटीमा जिप दुर्घटना : तीन जनाको मृत्यु, पाँच घाइते
डोटीमा जिप दुर्घटनामा हुँदा तीन जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् । जिल्लाको आदर्श गाउँपालिका-१ खिरधार धौलामाटी भन्ने ठाउँमा शुक्रबार दिउँसो जिप दुर्घटना भएको हो ।
६० किलो सुन तस्कर गर्ने अमला रोका पक्राउ
६० किलो सुन ओसारपसारका क्रममा बरामद गरिएको घटनामा संलग्न एक जनालाई प्रहरीले पक्राउ गरेको छ । रोल्पाको थवाङ गापा २ स्थायी घर भई हाल काठमाडौँको टोखा नपा वडा ३ सुर्यदर्शन टोल बस्ने ४४ बर्षीया अमला रोकालाई प्रहरीले पक्राउ गरेको हो ।
सङ्क्रमणकालीन न्यायका विषयमा प्रधानमन्त्री ओली, देउवा र दाहालबिच छलफल
धानमन्त्री केपी शर्मा ओली, नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालबिच सङ्क्रमणकालीन न्यायका विषयमा छलफल भएको छ ।
ग्वार्को ‘ओभर पास’ प्रधानमन्त्री ओलीद्वारा उद्घाटन (फोटो फिचर)
लितपुरको ग्वार्को चोकमा ‘ओभर पास’ आज प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्नुभएको छ । उद्घाटनसँगै सञ्चालनमा आएको ओभरपासका कारण काठमाडौँ उपत्यकाको निकै व्यस्त सडक चक्रपथको जाम कम हुने विश्वास गरिएको छ ।
तीन करोड कम लागतको आयोजना कार्यान्वयन कागजमै सीमितः पूर्व अर्थमन्त्री महत
पूर्व अर्थमन्त्री डा. प्रकाशशरण महतले तीन करोडभन्दा तलको आयोजना केन्द्र सरकारले कार्यान्वयन नगर्ने निर्णय कागजमै सीमित भएको बताउनुभएको छ ।
रैथानीबाली कागुनो, झुमरो र चिनोको संरक्षण गरिँदै
बाजुराको स्वामिकार्तिक खापर गाउँपालिकाले रैथाने बाली कागुनो, झुमरो, चिनो, कोदो, मकैको संरक्षण अभियान सुरु गरेको छ ।
क्यान्सर रोगका बिरामीलाई घरमै उपचार सुविधा
धरान, असार ६ गते । बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले क्यान्सरका सिकिस्त बिरामीहरूलाई लक्षित गरी सहज रूपमा उपचार तथा हेरचाह पुर्याउने उद्देश्यले घरमै गएर उपचार दिने सेवाको प्रारम्भ गरेको छ । क्यान्सरका बिरामीलाई लक्षित गरी आवश्यक पर्ने नियमित या आकस्मिक उपचार सेवाहरू सर्वसाधारणहरूलाई सहज रूपमा उपलब्ध गराउन प्रतिष्ठानले स्वास्थ्यकर्मीहरूको टोलीले घरैमा गएर उपचार गर्ने व्यवस्था मिलाइएको बिपी प्रतिष्ठानको सह–प्रवक्ता डा.अभिजीत कुमारले जानकारी दिनुभयो । यस प्रकारको सेवाले क्यान्सरका कारण दुखाइको पिडाले असह्य भएर छटपटाइ रहेको तथा कमजोर भई घरमा थलिएर बसेको समयमा उपचारका लागि अस्पताल आउनुपर्ने कठिन परिस्थितिको सामना गर्नुपरेका बिरामी तथा आफन्तजनका लागि ठुलो राहत दिने विश्वास प्रतिष्ठानले लिएको छ । यो सेवा काठमाडौँ बाहेक धरानमा नै पहिलो पटक रहेको सह–प्रवक्ता डा.कुमारले जानकारी दिनुभयो । यस सेवा लिनको लागि प्रतिष्ठानको आन्तरिक चिकित्सा विभाग अन्तर्गतको ओन्कोलोजी एकाइस“ग समन्वय गरी सर्वसाधारणले सेवा लिन सकिने छ । उक्त सेवाको लागि प्रतिष्ठानले हाललाई प्रति भिजिट पन्ध्र सय शुल्क निर्धारण गरेको छ भने विपन्न बिरामीको हकमा भने प्रतिष्ठानले विपन्न बिरामीलाई प्रदान गर्ने नियमानुसारको निःशुल्क सेवा दिने व्यवस्था गरिएको छ । हाललाई यो सेवा धरान उपमहानगरपालिका भित्र प्रदान गरिने प्रतिष्ठानले जनाएको छ । घरमै गएर उपचार गरिने यस प्रकारको कार्यक्रममा क्यान्सर रोग भएका सिकिस्त बिरामीहरूलाई क्यान्सर सम्बन्धी प्रशिक्षित नर्सहरू र डाक्टरहरू लेभेटी, लक्षण व्यवस्थापन गर्ने, उपशामक व्यवस्थापन गर्ने, भावनात्मक-आध्यात्मिक सहयोग गर्ने जस्ता कार्यका साथै पारिवारिक परामर्श प्रदान गर्ने गरिन्छ सह–प्रवक्ता डा.कुमारले जानकारी दिनुभयो । यसै गरी उपचारका लागि आउने बिरामीहरूको सुविधाका लागि ओपिडी टिकट दर्ता गर्न तथा ल्याब रिपोर्ट हेर्न मोबाइल एपको नयाँ“ संस्करण सार्वजनिक गरेको सह–प्रवक्ता डा.कुमराले जानकारी दिनुभयो । सेवाको पहुँच, पारदर्शिता र सेवा ग्रहण प्रक्रियालाई अझ सरल र प्रभावकारी बनाउन सुविधाहरू थप गरिएको हो । यस मोबाइल एप मार्फत सेवाग्राहीहरूले घरमै बसेर जेनेरल ओपिडी टिकट दर्ता गर्न सक्नेछन् । एपमा लग इन गरी आफूले देखाउन चाहेको ओपिडी चयन गरी भुक्तानीको प्रक्रिया पश्चात् दर्ता भइसकेको जानकारीका साथै टोकन नम्बर प्राप्त गर्न सक्ने छन् ।सो टोकन नम्बरको आधारमा अस्पतालको सम्बन्धित ओपिडीमा आएर ओपिडी टिकट तथा चिकित्सकलाई देखाउने टोकन प्राप्त गर्न सक्नेछन् । साथै ओपिडी टिकट बापतको शुल्क आएमइपे र खल्ती नामका माध्यमबाट भुक्तानी गर्न सकिने छ ।विद्यार्थीहरूको चिकित्सकीय अभ्यासलाई बृहत् बनाउने उद्देश्यले प्रतिष्ठानमा स्नातक तहका विद्यार्थीका लागि विद्यार्थी अन्कोलोजी शाखा पनि स्थापन गरिएको छ । यस शाखामा रहेर विद्यार्थीले क्यान्सर रोकथाम र जागरूकतामा योगदान पुर्याउनु, विद्यार्थी र आमजनतामा क्यान्सर शिक्षा, जागरूकता र निवारक स्वास्थ्य सेवा अभ्यासहरूलाई प्रवर्धन गर्नुका साथ प्रतिष्ठान र समुदाय बिच पुलको रूपमा काम गर्ने गरेको छ । चिकित्सा विज्ञानको क्षेत्रमा अनुसन्धानको ठुलो महत्त्व रहेको हुँुदा प्रारम्भिक चरणदेखि नै विद्यार्थीहरूलाई अनुसन्धानको क्षेत्रमा आबद्ध गराई अनुसन्धान सम्बन्धी ज्ञानलाई बलियो बनाउने उद्देश्यले विद्यार्थी अनुसन्धान शाखाको समेत स्थापना गरिएको सह–प्रवक्ताले कुमारले जानकारी दिनुभयो ।
धार्मिक नदी वरुणबाट बिजुली निकाल्न स्थानीयको अवरोध
धार्मिक, सांस्कृतिक र पर्यावरणीय दृष्टिले अत्यन्तै संवेदनशील मानिने भोटखोला गाउँपालिकामा रहेको वरुण नदीमा विद्युत् परियोजना सञ्चालन गर्ने सरकारी निर्णयप्रति स्थानीयवासीले आपत्ति जनाएका छन् ।