नगरबसको प्रदूषण जाँच
पोखराभित्र चल्ने केही सार्वजनिक सवारीको शुक्रबार प्रदूषण जाँच गरिएको छ । महानगरभित्र चल्ने नगरबसको प्रदूषणले सौन्दर्यमा आँच आएको र धुवाँको मुस्लोले हिँड्नै कठिन भएको सामाजिक सञ्जालमा टीकाटिप्पणी भएको थियो । जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीसँगको समन्वयमा यातायात व्यवस्था कार्यालय सवारी कास्कीले महानगर कार्यालयनजिक न्युरोडमा २१ नगरबसको प्रदूषण जाँच गर्दा आधा फेल भए । जाँच गर्दा ११ वटा मात्र पास भएका छन् ।
बुद्धभूमिमा योगाभ्यास
अन्तर्राष्ट्रिय योग दिवसको अवसर पारेर लुम्बिनीमा एकदिवसीय योग कार्यक्रम सम्पन्न भएको छ । नेपालका लागि भारतीय राजदूतावासको आयोजनामा योग दिवसको पूर्वसन्ध्यामा शुव्रmबार योगाभ्यास भएको हो ।
ठेउला नियन्त्रणमा डब्लुएचओ टोली पुग्ने
बैतडीको सुर्नया गाउँपालिका–७ र ८ मा ठेउला रोगको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्यकर्मीको टोलीले प्रभावित क्षेत्रमा स्थलगत अनुगमन गरेर १२ जनाभन्दा बढीमा सङ्क्रमण देखिएको जनाएको छ ।
जोखिम आकलन गरी तयारी अवस्थामा रहने निर्णय
जिल्ला प्रशासन कार्यालय कैलालीमा बसेको कार्यालय प्रमुखको बैठकले जोखिमको आकलन गरी तयारी अवस्थामा रहने निर्णय गरेको छ । मनसुन भित्रिएसँगै बाढी, पहिरो, डुबान, चट्याङलगायतको प्रकोपका कारण क्षति हुन नदिन सबै सरोकारवाला कार्यालयले तयारी अवस्थामा रहने निर्णय गरेको हो ।
धार्मिक संरचना निर्माणमा बजेट बढी
सुशासन र समृद्धिको कुरा तड्कारो रूपमा उठाउँदै आएको सुदूरपश्चिम प्रदेश सरकारले मठमन्दिर, मण्डली, मस्जिद जस्ता धार्मिक संरचना निर्माणमा अत्यधिक बजेट विनियोजन गरेको पाइएको छ ।
प्रभातको ‘अरु अलिकति फरक कुरा’ बजारमा
समालोचक रमेश प्रभातको दोस्रो निसमालोचनासङ्ग्रह ‘अरू अलिकति फरक कुरा’ सार्वजनिक भएको छ । गजल मञ्च चितवनले प्रकाशन गरेसँगै सो संग्रह बजारमा आएको छ ।
कर्णालीका बादी समुदाय सुरक्षित भविष्यको खोजीमा
गाउँघरमा हिँड्ने, मादल बनाउने, गीत गाउँदै जीविका चलाउँदै आएका कर्णालीका बादी समुदाय पछिल्लो समयमा आफ्नो सुरक्षित भविष्यको खोजी गर्न थालेका छन् । दैलेख, जाजरकोटका बादी समुदायले आफ्नो बस्ती विकाससँगै दीर्घकालीन योजनाको पनि माग गरेका छन् ।
नेपाल आर्ट काउन्सिलमा ‘झिम्माई’
नेपाल आर्ट काउन्सिलमा ‘झिम्माई’ शीर्षकमा तीनदिने बहुआयामिक कला प्रदर्शनी सुरु भएको छ ।
‘ब्रेक डान्स’ सार्वजनिक
सीमा गुरुङ निर्देशित चलचित्र ‘रङ डेस्टिनेसन २’ को पहिलो गीत ‘ब्रेक डान्स’ सार्वजनिक भएको छ । गायिका समीक्षा अधिकारी र गायक ओम सुनारको स्वर रहेको प्रेमिल गीतमा सङ्गीत पनि गायक सुनारको रहेको छ । गीतका शब्द मुना शाहले लेख्नुभएको छ ।
सम्झनामा ‘जयतु संस्कृतम्’
नेपालमा समय समयमा विविध किसिमका आन्दोलन हुँदै आएका छन् ।
योगले बनाउँछ निरोग
गत एघार वर्षदेखि अन्तर्राष्ट्रिय योग दिवस बडो उत्साहका साथ मनाउँदै आइरहेका छौँ । निःशुल्क अथवा अति नै न्यून खर्चमा शरीरभित्र रहेका अनेकौँ रोगको उपचार यसबाट सहजै रूपमा सम्भव भएकाले यसप्रति आकर्षण बढ्दै गएको छ । नियमित रूपमा योग गर्नाले रोगको सम्भावनालाई नै समाप्त गर्न सकिन्छ । योगको माध्यमबाट विश्वका करोडौँ मानिस लाभान्वित भएका छन् ।
डोटीका गाउँबस्ती : सम्भावना र चुनौती
स्वर्ग खप्तडलाई सिरानीमा राखेको डोटी, प्रकृतिका लहराभित्र सुशोभित छ । डोटीमाथि शैलेश्वरी माता र ठुला केदार बाबाको कृपा छ । सेतीको कलकलसँगै सम्भावनाका थुप्रै आशा बगिरहेका छन् । ती आशालाई बग्न नदिई, ड्यामले बाँधेर उज्यालोमा रूपान्तरण गर्न सकेमा डोटेली जनताको जीवन साँच्चिकै झलमल्ल पार्न सकिने छ ।
विपत् व्यवस्थापनमा अर्जुनदृष्टि
केही दिनअघि विपत् व्यवस्थापन र पूर्वतयारीबारे छलफलमा सहभागी हुने अवसर मिलेको थियो । छलफलमा काठमाडौँ उपत्यकाभित्र रहेका विपत् व्यवस्थापनमा सरोकार राख्ने निकाय र प्रभावित क्षेत्रका प्रतिनिधिको समेत उल्लेख्य सहभागिता थियो । विगतबाट पाठ
‘माग्ने राजा’ को पोस्टर
चलचित्र ‘माग्ने राजा’ को दुई वटा पोस्टर शुक्रबार एक कार्यक्रमबिच सार्वजनिक गरिएको छ । केदार घिमिरे (माग्ने बुढा) मुख्य भूमिकामा रहनुभएको एउटा पोस्टरमा केदार मात्रै देखिनुभएको छ भने अर्कोमा केदारसँगै वर्षा शिवाकोटी र विल्सनविक्रम राईलाई देख्न सकिन्छ ।
सुनिनै छाडे पप गीत
कुनैबेला पप गीतको खानी बनेको पोखरामा आजभोलि पप गीत विरलै सुन्न पाइन्छन् । पप ब्यान्डले भरिभराउ हुने पोखरामा हिजोआज पप ब्यान्ड पनि हराउँदै गएका छन् । २०५० दशकतिर पोखरामा हरेक हप्ता नयाँ नयाँ पप गीत रेकर्ड हुन्थे । विभिन्न पप ब्यान्डले हरेक हप्ता साङ्गीतिक कार्यक्रम आयोजना गर्थे ।
थारू सांस्कृतिक महोत्सव सुरु
सुनसरीको रामधुनी नगरपालिकास्थित झुम्कामा चौथो राष्ट्रिय थारू चलचित्र तथा सांस्कृतिक महोत्सव सुरु भएको छ ।
प्रधानमन्त्रीसँग इप्पानको भेट, बजेटको प्रावधान सुधार गर्न माग
स्वतन्त्र ऊर्जा उत्पादकको संस्था, नेपाल (इप्पान) ले जलप्रवाही आयोजनाको विद्युत् खरिदबिक्री सम्झौता ‘टेक एन्ड पे’ का आधारमा गरिने भन्ने बजेटको व्यवस्था सच्याउन प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष ज्ञापनपत्र बुझाएको छ ।
निर्यात व्यापारमा उच्च सुधार
नेपालको निर्यात व्यापारमा उछाल आएको छ । चालु आर्थिक वर्ष २०८१/८२ को ११ महिनामा अघिल्लो वर्षको सोही अवधिको तुलनामा निर्यात ७७.७७ प्रतिशतले बढेको छ । जस अनुसार चालु आवको ११ महिनामा नेपालबाट दुई खर्ब ४७ अर्ब रुपियाँको निर्यात भएको छ ।
संस्थागत बहालकर स्थानीय सरकारले उठाउन पाउने
संस्थागत बहालकर सङ्कलनको अधिकार स्थानीय तहको क्षेत्राधिकारभित्र पर्ने भन्दै सर्वोच्च अदालतले विराटनगर महानगरपालिकाको पक्षमा रिट जारी गरेको छ । विराटनगर महानगरपालिकाले रिट दायर गरेको झन्डै सात वर्षपछि सर्वोच्च अदालतले गत जेठ २० गते संस्थागत बहालकर सङ्कलन गर्न पाउनुपर्ने रिट जारी गरिदिएको हो ।
एमआरपीकेन्द्रित अनुगमन नरोकिने
व्यापारी व्यवसायीबाट विरोध हुँदै आएको भए पनि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले अधिकतम खुद्रा बिक्री मूल्य (एमआरपी) को कार्यान्वयनलाई कडाइसाथ लागु गर्ने भएको छ । त्यसको अनुगमनलाई अझ प्रभावकारी बनाउने विभागले जनाएको छ ।
उपनिर्वाचन कात्तिक दोस्रो साता गर्ने प्रस्ताव
निर्वाचन आयोगले प्रतिनिधि सभा र प्रदेश सभामा रिक्त रहेका स्थानको उपनिर्वाचन कात्तिक दोस्रो साता गर्ने प्रस्ताव गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीसँगको छलफलमा निर्वाचन आयोगले प्रतिनिधि सभा र प्रदेश सभामा रिक्त रहेका एक/एक सदस्य पदको निर्वाचन कात्तिक दोस्रो साता गर्ने प्रस्ताव गरेको हो ।
इरान - इजरायल युद्ध : ‘नेपाल आइपुगेपछि म रोएँ’
विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइराला इजरायलतर्फ लाग्दै गर्दा भ्रमण युद्धको डरलाग्दो अनुभवमा परिणत होला भन्ने कल्पनासम्म थिएन । कृषि क्षेत्रको प्रगति अध्ययन गर्न इजरायल जानुभएका उहाँलाई सो भ्रमण युद्धको त्रासदीपूर्ण अविस्मरणीय कथा झैँ बनेको छ ।
सभामुखबाट ध्यानाकर्षण
प्रतिनिधि सभामा प्रधानमन्त्रीसँगको प्रश्नोत्तर रोकिएको छ । प्रश्नोत्तरका क्रममा पनि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले अवरोध कायमै राख्ने जनाएपछि अन्तिम समयमा प्रश्नोत्तर रोकिएको हो ।
बढ्यो मनसुनी जोखिम
नेपालमा मनसुनी वर्षाको रेकर्ड बढ्दै जाँदा विभिन्न प्रकारका प्राकृतिक विपत्तिको जोखिम बढेको छ । शुक्रबारदेखि देशभर मनसुन विस्तार भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार बिहीबारसम्म लुम्बिनीमा अड्किएको मनसुन रातभरमा देशभर फैलिएको हो ।