दलका घोषणापत्रमा पूर्वाधार, महत्वाकाङ्क्षा कार्यान्वयनमा समस्या
फागुन २१ मा हुन लागेको प्रतिनिधि सभा निर्वाचनका लागि प्रचारप्रसारमा होमिएका राजनीतिक दलहरूले विगत झैँ विकास निर्माण र भौतिक पूर्वाधारलाई प्राथमिकतामा राखेर घोषणापत्र सार्वजनिक गरिसकेका छन् । नेपाली कांग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिस्ट पार्टी (नेकपा), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लगायतका दलले घोषणापत्रमा पूर्वाधार तथा राष्ट्रिय गौरवका आयोजनालाई प्राथमिकतासाथ उल्लेख गरेका छन् । घोषणापत्रमा मुलुकको समृद्धि र विकासलाई उच्च प्राथमिकता दिएको देखिन्छ ।
युद्धमा होमियो मध्यपूर्व
अमेरिका र इजरायल मिलेर इरानमाथि सैन्य आक्रमण सुरु गरेका छन् । अमेरिका र इरानबिचको जेनेभा वार्ता असफल भएपछि शनिबार बिहानदेखि इरानको राजधानी तेहरानलगायत विभिन्न स्थानमा हवाई आक्रमण गरिएको हो । आफूमाथि भएको आक्रमणको प्रत्याक्रमण स्वरूप इरानले इजरायलसहित कतार, बहराइन, संयुक्त अरब इमिरेट्स र कुवेतमा रहेका अमेरिकी सैन्य अखडालाई लक्षित गरी क्षेप्यास्त्र प्रहार गरेको छ । ती क्षेप्यास्त्रलाई प्रतिरक्षा प्रणालीले आकाशमै नष्ट पारिदिएको सम्बद्ध अधिकारीहरूले बताएका छन् । इरानले प्रत्याक्रमण गरेपछि मध्यपूर्वका सबै हवाई उडान प्रभावित भएको एपीले जनाएको छ ।
काठमाडौँमा रोकिए तीन हजार यात्रु
मध्यपूर्वका देशमा देखिएका तनावका कारण नेपालमा शनिबारका लागि पूर्वनिर्धारित १८ वटा उडान रद्द हुँदा तीन हजारभन्दा बढी यात्रु प्रभावित भएका छन् । संयुक्त राज्य अमेरिका र इजरायलले इरानमाथि गरेको आक्रमणको जवाफमा तेहरानले गरेको प्रत्याक्रमणपछि चुलिएको क्षेत्रीय तनावका कारण आठ वटा देशले आफ्नो हवाईक्षेत्र बन्द गरेका छन् ।
२० गते रातिदेखि यातायात नचल्ने
निर्वाचनको अघिल्लो दिन अर्थात् फागुन २० गते लामो तथा मध्यम दुरीका रात्रि बसहरू सञ्चालन नहुने यातायात व्यवसायीले बताएका छन् । निर्वाचन आयोगले मतदानलाई लक्षित गर्दै फागुन २० गते राति १२ बजेदेखि २१ गते साँझ पाँच बजेसम्म अत्यावश्यकबाहेकका निजी तथा सार्वजनिक सवारी सञ्चालन बन्द गरेकाले रात्रि बसहरू सञ्चालन नगर्ने नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले जनाएको छ ।
दलहरूको घोषणापत्रमा लुम्बिनी : रोजगारी सिर्जनामा समान दृष्टिकोण
आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि राजनीतिक दलहरूले सार्वजनिक गरेको घोषणापत्रमा लुम्बिनीको विकासबारे साझा धारणा देखिएको छ । विशेष गरी विश्व सम्पदा सूचीमा सूचीकृत लुम्बिनी क्षेत्रको दिगो विकास, व्यवस्थापन र अन्तर्राष्ट्रिय प्रवर्धन यस पटकका दलका प्रतिबद्धतापत्रको साझा विषय भएको छ ।
फागुमा प्रयोग गरौँ प्राकृतिक रङ
नेपालीहरूको रङ्गीन पर्व फागु (होली) मा प्राकृतिक रङ प्रयोग गर्न चिकित्सकहरूले सुझाव दिएका छन् । यो पर्वमा खेलिने रङको सही प्रयोग नगर्दा स्वास्थ्यमा समस्या देखिने गरेको छ । त्रिगुणा लामालाई गत वर्ष कलेजमा होली खेल्दा साथीहरूले मिसावटयुक्त रङको प्रयोग गर्दा अस्पताल जानु परेको थियो । होली खेल्दा रङ लगाएको केही घण्टापछि उहाँको शरीरमा फोका आउन सुरु ग¥यो । ती फोका चिलाउने, पोल्ने र फुट्ने गर्दा झनै पीडादायी भयो । दुई दिनसम्म पनि ठिक नभएपछि उहाँले विशेषज्ञ चिकित्सककहाँ गएर उपचार गराउनुभएको थियो । त्रिगुणाको मात्र समस्या होइन, होलीमा धेरै मानिसले सही रङको प्रयोग नगर्दा समस्या हुने गरेको छ । बजारमा पाइने रङको गुणस्तर र त्यसले पार्ने स्वास्थ्य असरबारे धेरैलाई जानकारी नहुँदा छालासम्बन्धी रोग बढिरहेको छ ।
बाँदर नियन्त्रण गर्नेलाई जैमिनीबासीको मत
दक्षिण बागलुङको जैमिनी नगरपालिकामा मुख्य समस्या बाँदर आतंक हो । तीन वर्षअघि जैमिनीले विज्ञ सम्मेलन गरेर बाँदर नियन्त्रणको प्रयास थाले पनि त्यो अहिलेसम्म पूरा भएको छैन ।
कलंकी मन्दिर सुधार समितिमा रायमाझी
कलंकी मन्दिर संरक्षण तथा समाज सुधार संस्थाको २३ औँ वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ । साधारण सभाले नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको छ । सभाले लक्ष्मण रायमाझीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।
संविधानसभा सदस्य बिनोद पहाडी एमालेमा प्रवेश
नेपाली कम्युनिष्ट पार्टी (नेकपा) केन्द्रीय सदस्य तथा संविधान सभा सदस्य विनोद पहाडी नेकपा (एमाले) प्रवेश गर्नुभएको छ । उहाँलाई एमाले उपाध्यक्ष विष्णु पौडेल, केन्द्रीय सचिव छविलाल विश्वकर्मा, नेता लिला गिरी लगायतले पार्टीमा स्वागत गर्नुभयो ।
सवारी दुर्घटनामा एकको मृत्यु
झापाको बिर्तामोडमा दुईवटा सवारीसाधन ठक्कर खाँदा एक जनाको मृत्यु भएको छ । दुर्घटना भित्री सडक खण्डमा शुक्रबार राति भएको हो ।
इरानले इजरायलमा क्षेप्यास्त्र प्रहार गरेपछि क्षेत्रीय तनाव उच्च स्तरमा
इरानले शनिबार इजरायली क्षेत्रमा क्षेप्यास्त्र प्रहार गरेको छ । उक्त आक्रमणले मध्यपूर्वमा बढ्दो तनावलाई नयाँ उच्चस्तरमा पुर्याएको छ ।
ममता मृदुलसँग लघुकथामा बहस अध्याय-६, नारी दिवस सम्पन्न
नारी स्रष्टा समाज द्वारा नारी दिवसको पूर्व सन्ध्या पारेर नारी स्रष्टाहरूलाई सम्मान गरिएको छ । प्राडा सावित्री कक्षपतिको प्रमुख आतिथि, मन्जुश्री प्रधान विशेष अतिथि रहनुभएको कार्यक्रमको सभापति ममता मृदुल रहनुभएको थियो ।
किमद्वारा राइफल उपहार, छोरी फेरि केन्द्रमा
उत्तर कोरियाली नेता किम जोङ उनले सत्तारूढ वर्कर्स पार्टीको साताव्यापी महाधिवेशनपछि शीर्ष सरकारी तथा सैन्य अधिकारीलाई नयाँ स्नाइपर राइफल उपहार दिनु भएको छ ।
पाकिस्तानी लडाकू जेट जलालाबादमा दुर्घटनाग्रस्त, पायलट नियन्त्रणमा : अफगान स्रोत
एउटा पाकिस्तानी जेट जलालाबाद शहरमा दुर्घटनाग्रस्त भएको उल्लेख उर्दै पायलटलाई जीवितै नियन्त्रणमा लिएको अफगान सेना तथा प्रहरीलाई उदृत गर्दै शनिबार एएफपीले जनाएको छ ।
जलालाबादमा पाकिस्तानी जेट खसालियो, पाइलट पक्राउ
अफगानिस्तान र पाकिस्तानबिच चर्किदै गएको सैन्य तनावबिच शनिबार जलालाबाद सहरमा एक पाकिस्तानी लडाकू जेट खसालिएको र त्यसका पाइलटलाई जीवित अवस्थामा नियन्त्रणमा लिइएको अफगान सुरक्षा निकायले जनाएका छन् ।
मुस्ताङमा मदिरा बिक्री रोक
फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा सुरक्षालाई मध्यनजर गर्दै मुस्ताङमा ६ दिनका लागि मदिराजन्य पदार्थको बिक्री–वितरण तथा सेवनमा पूर्णरूपमा रोक लगाइने भएको छ ।
प्रलोपा उम्मेदवारको समर्थन एमाले उम्मेदवारलाई
कैलाली क्षेत्र २ का प्रगतिशील लोकतान्त्रिक पार्टीका प्रत्यक्ष उम्मेदवार डम्बरबहादुर रावलले नेकपा (एमाले) का उम्मेदवार सूर्यबहादुर थापालाई सर्मथन गर्दै आफ्नो उम्मेदवारी निस्क्रिय भएको घोषणा गर्नुभएको छ ।
‘मतदाताको मनोविज्ञान प्रभावित बनाउन खोजियो’
नेकपा (एमाले) का प्रचार विभाग संयोजक मिनबहादुर शाहीले निर्वाचनको मुखमा जेनजीपुस्ताको आन्दोलनको बिबिसीको डकुमेन्ट्री मतदाताको मनोविज्ञान प्रभावित पार्ने उद्देश्यले सार्वजनिक गरिएको आरोप लगाउनुभएको छ ।
इरानविरुद्ध अमेरिका र इजरायलको सैन्य आक्रमण
इरानविरुद्ध संयुक्त राज्य अमेरिका र इजरायलले शनिबार सैन्य आक्रमण सुरु गरेपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानी जनतालाई ‘आफ्नो सरकार लिन’ अपिल गर्नु भएको छ ।
गाउँभरि ज्वरो सङ्क्रमण, दुई बालकको मृत्यु
ज्वरोको लक्षण देखिएको एकै घरका दुई जना बालकको पाँच दिनको फरकमा मृत्यु भएको छ । मृतक बालकमा उच्च ज्वरो आउने, रिङटा लाग्ने, ओठ सुक्ने र बान्ता हुने लक्षण देखिएको छ ।
‘टोकियो अघि र पछि’ ट्राभल प्रदर्शनी आजदेखि
नेपालस्थित जापानी दूतावास र द जापान फाउन्डेसनको आयोजनामा आजदेखि बबरमहलस्थित नेपाल आर्ट काउन्सिल ग्यालरीमा ‘टोकियो अघि र पछि’ शीर्षकमा प्रदर्शनी सुरु भएको छ ।
निर्वाचनमा हुम्लामा हिउँ पन्छाएर सडक सञ्चालनको प्रयास
गत माघ दोस्रो साता परेको हिमपातपछि अवरुद्ध बनेको हुम्लाको उत्तरी नाम्खा गाउँपालिका-५, हिल्सा सडक खण्ड र वडा-६ मा पर्ने न्यालु सडक खुलाउनका लागि काम सुरु भएको छ ।
प्रदेश र स्थानीय तहको अनुदान कटौती गर्न मिल्दैन : वित्त आयोग
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले प्रदेश र स्थानीय तहमा जाने वित्तीय समानीकरण अनुदान कटौती नगर्न केन्द्र सरकारको ध्यानाकर्षण गराएको छ । यही फागुन ११ गतेको आयोगको बैठकले यस्तो निर्णय गरेको हो ।
आइएमएफद्वारा किएभका लागि चार वर्षे वित्तपोषण कार्यक्रम स्वीकृत
अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ)ले युक्रेनका लागि आठ अर्ब १० करोड अमेरिकी डलरको नयाँ चार वर्षे वित्तपोषण कार्यक्रम स्वीकृत गरेको इन्टरफ्याक्स-युक्रेन समाचार एजेन्सीले रिपोर्ट गरेको छ ।