गोरखापत्र अनलाइन
काठमाडौं, फागुन १६ गते । कलंकी मन्दिर संरक्षण तथा समाज सुधार संस्थाको २३ औँ वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ । साधारण सभाले नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको छ । सभाले लक्ष्मण रायमाझीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।
नवगठित कार्यसमितिको उपाध्यक्षत्रयमा अमरसिंह थापा, आदेश्वर बुढाथोकी र राजेशकुमार सुवेदीलाई चयन गरेको छ । सचिवमा गोविन्दप्रसाद पौडेल, कोषाध्यक्षमा सुरेश खत्री तथा सहसचिवमा इन्दिरा रिजाल सर्वसम्मत चयन हुनुभयो ।
यसैगरी सदस्यहरूमा सुरेन्द्रकुमार दाहाल, सुन्दरकुमार थापा, जन्गनाथ अधिकारी, गोविन्द सुवेदी, केशव सुवेदी, ध्रुवहरि रिजाल, ईश्वरी केसी, बलराम श्रेष्ठ, शारदा कार्की, रामकृष्ण श्रेष्ठ, शान्तराम थापा मगर, भीमभक्त श्रेष्ठ, रमेश खत्री, प्रकाशमान सिल्पकार लगायत रहेका छन् ।
साधारणसभाको अवसरमा संस्थालाई विभिन्न रूपमा सहयोग गर्ने व्यक्तित्वहरूलाई सम्मान गरिएको थियो । संस्थाले मन्दिर संरक्षण, सरसफाइ, सामाजिक सचेतना तथा समाज सुधारसम्बन्धी गतिविधिमा योगदान दिनेको प्रशंसा गर्दै सम्मानपत्र प्रदान गरेको जनाएको छ ।
कार्यक्रमको उदघाटन काठमाडौं महानगरपालिकाका पूर्व मेयर बिद्यासुन्दर शाक्यले गर्नुभयो । उदघाटन मन्तव्य व्यक्त गर्दै उहाँले मन्दिर संरक्षण मात्र नभइ समाज सुधारको उद्देश्यसहित स्थापना भएको संस्थाले उदाहरणीय काम गर्दैआएको बताउनुभयो ।
नवनिर्वाचित अध्यक्ष लक्ष्मण रायमाझीले संस्थाको उद्देश्यअनुसार मन्दिर संरक्षण, धार्मिक तथा सांस्कृतिक गतिविधिको प्रवर्धन र समाज सुधारका कार्यक्रमलाई अझ प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
संस्थाले आगामी कार्यकालमा मन्दिर क्षेत्रको भौतिक पूर्वाधार सुधार, नियमित सरसफाइ, धार्मिक कार्यक्रमको व्यवस्थापन तथा समुदायलक्षित सामाजिक अभियानलाई प्राथमिकतामा राख्ने जनाएको छ ।