जलालाबाद (अफगानिस्तान), फागुन १६ गते । एउटा पाकिस्तानी जेट जलालाबाद शहरमा दुर्घटनाग्रस्त भएको उल्लेख उर्दै पायलटलाई जीवितै नियन्त्रणमा लिएको अफगान सेना तथा प्रहरीलाई उदृत गर्दै शनिबार एएफपीले जनाएको छ ।
जलालाबाद सहरमा एउटा पाकिस्तानी लडाकू जेटलाई गोली हानेर खसालिएको पुष्टि गर्दै पाइलटलाई जिउँदै नियन्त्रणमा लिएको प्रहरी प्रवक्ता तैयब हम्मादले बताउनु भएको छ । पूर्वी अफगानिस्तानका सेनाका प्रवक्ता वाहिदुल्लाह मोहम्मदीले पनि पाकिस्तानी जेटलाई अफगान सेनाले खसालेको र पाइलटलाई जीवितै पक्रेको बताउनु भएको छ ।
इस्लामाबादको विदेश मन्त्रालयका प्रवक्ता ताहिर हुसेन अन्द्राबीलाई उदृत गर्दै एएफपीले दाबी गलत र पूर्णतया असत्य भएको जनाएको छ । पाकिस्तानले शुक्रबार अफगानिस्तानको राजधानी काबुल र दक्षिणी कान्दाहारमा हवाई आक्रमण गरेको थियो जुन सर्वोच्च नेता हिबतुल्ला अखुन्दजादाको क्षेत्र हो ।
अफगान सेनाले बिहीबार राति पाकिस्तान विरुद्ध सीमा आक्रमण सुरु गरेपछि निरन्तर हवाई आक्रमण भएको जनाएको छ । तालिबान सरकारले भने अफगानिस्तानमा पहिले पाकिस्तानी आक्रमणको प्रतिक्रियामा आक्रमण भएको बताएको छ । रासस/एएफपी