शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
गोरखापत्र अनलाइन
दाङ, फागुन १५ गते । घोराही उपमहानगरपालिका –४ का बामदेव गुरुङ पुनः एमालेमा फर्किनुभएको छ । केही समयअघि एमाले परित्याग गरी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गर्नुभएका गुरुङलाई एमाले केन्द्रीय सदस्य सुजिता शाक्यले आज पुनः उहाँलाई एमालेमा फर्काउनुभएको हो।
गुरुङले पछिल्लो राजनीतिक अवस्थाको समीक्षा गर्दै पुनः एमालेमै सक्रिय भएर काम गर्ने निर्णय लिएको बताउनुभयो । लामो समयदेखि एमालेको संगठन निर्माण र स्थानीय तहको राजनीतिक गतिविधिमा सक्रिय रहँदै आउनुभएका उहाँ अब एमालेमै रहेर देश र जनताको सेवा गर्ने प्रतिवद्धता जनाउनुभयो ।
गुरुङको पुनरागमनले वडा नम्बर ४ सहित घोराही क्षेत्रमा एमाले संगठन थप बलियो हुने नेत्री शाक्यको विश्वास छ । एमालेले पछिल्लो समय जिल्लामा संगठन विस्तार र कार्यकर्ता एकतामा जोड दिँदै अभियान चलाइरहेको छ ।