मतदानका लागि स्वदेश फर्किनेको लर्को
प्रतिनिधि सभा सदस्यको निर्वाचन मिति नजिकिँदै जाँदा रोजगारीका लागि भारतका विभिन्न सहरमा गएका नेपाली मताधिकार प्रयोग गर्न स्वदेश फर्कने क्रम बढ्दै गएको छ । रोजगारीका लागि भारत गएका नेपाली अहिले ठुलो सङ्ख्यामा बाँकेको जमुनाह नाका हुँदै नेपाल भित्रिरहेको इलाका प्रहरी कार्यालय जमुनाहले जनाएको छ ।
रोजगारी दिनेलाई बादी समुदायको मत
कैलालीका विभिन्न क्षेत्रमा बसोबास गरेका बादी समुदायले आफ्नो समुदायको मुख्य समस्या बेरोजगार रहेको उल्लेख गर्दै रोजगारी सिर्जना गर्ने उम्मेदवारलाई मतदान गर्ने बताएका छन् । कैलालीको लम्कीचुहा, टीकापुर, गोदावरीलगायतका पालिकामा बादी समुदायको बसोबास रहेको छ । लम्कीचुहा नगरपालिका–३, बल्चौरकी रमा बादीले सो बस्तीमा २३ जिल्लाका बादी समुदायको बसोबास रहेको बताउनुभयो । उहाँले बादी समुदायको बसोबासको ठेगान नभएको अवस्थामा तत्कालीन बादी समुदायको आन्दोलन र सङ्घर्षपछि सरकारसँग सम्झौता भएपछि धेरैको बसोबास टुङ्गो लागे पनि साँझबिहान छाक टार्ने समस्या समुदायमा रहेको बताउनुभयो ।
निर्वाचनको सम्पूर्ण तयारी पूरा
प्रदेश राजधानी सुर्खेतमा यही फागुन २१ गते हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको छ । निर्वाचनमा खटिने कर्मचारीलाई प्रशिक्षण, सुरक्षाकर्मी परिचालन, मतदान केन्द्रको अनुगमनलगायतका सम्पूर्ण काम सकिएको जिल्ला प्रशासन कार्यालय सुर्खेतको निर्वाचन सेलले जनाएको छ ।
दह्रो प्रतिस्पर्धामा प्रमुख नेता
‘नम्बरी सुनलाई कसी लगाउन पर्दैन’ नेपाली समाजको यो कथन दलका ठुला नेताको मामिलामा कमजोर ठहरिएको छ । दशकौँदेखि नेपाली समाजमा खारिएर आएका नेपालका राजनीतिक दलका ठुला नेता कसी लाउन नपर्ने नम्बरी सुन झैँ जनताले झट्ट पत्याइहाल्ने अवस्थामा देखिएका छैनन् ।
निर्वाचनको तयारी अन्तिम चरणमा
सिन्धुली जिल्लामा फागुन २१ गते हुन गइरहेको प्रतिनिधि सभा सदस्य निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको छ । निर्वाचनमा खटिने मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई अभिमुखीकरण कार्यक्रम सम्पन्न गरी नियुक्तिपत्र वितरण सुरु गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
सुदूरपश्चिमको विकास
सङ्घीय लोकतान्त्रिक गणतन्त्रले देशलाई सात प्रदेशमा संस्थागत गरेको छ । समन्वयात्मक विकास र पारस्परिक सहयोग नेपाली सङ्घीयताको मूल मर्म हो । आसन्न प्रतिनिधि सभाको निर्वाचनमा सबै प्रदेशले विकासका सपना सजाएका छन् । राजनीतिक दल तथा उम्मेदवारले आआफ्नो प्रदेशको विकासका निम्ति घोषणापत्रमा अनेक विषय समावेश गरेका छन् । दलका घोषणापत्रलाई अझ सविस्तार गर्दै प्रदेश तहमा पनि दल तथा
चुनावी सुरक्षा साझा दायित्व
२०८४ सालमा हुनुपर्ने प्रतिनिधि सभा निर्वाचन युवा आन्दोलनको परिणामस्वरूप झन्डै दुई वर्षअघि सरी सङ्कट व्यवस्थापनको प्रयासस्वरूप यही फागुन २१ गते हुँदै छ । भदौ २४ गते सरकारबाट ठुलो सङ्ख्यामा लुटिएका गोली, बन्दुक र भागेका बन्दी अझै सरकारी नियन्त्रणमा आइसकेका छैनन् । त्यसकारण पनि सुरक्षा चुनौती हुन्छ नै । सङ्घीय प्रादेशिक वा स्थानीय निकायका निर्वाचन सबैमा सुरक्षा चुनौती देखिँदै आएका
मतदाताको अग्निपरीक्षा
प्रतिनिधि सभा सदस्य निर्वाचन सन्निकट छ । मत खसाल्न वा पात्र बदल्नकै लागि मात्रै पनि निर्वाचन हुन लागेको होइन । राजनीतिक दलको नागरिकसँग टुटेको सामाजिक सम्झौता, बिग्रँदो सार्वजनिक विश्वास र अन्तर्राष्ट्रिय छवि पुनस्र्थापित गर्न निर्वाचन हुँदै छ । नागरिकले आफूमाथि शासन गर्न दललाई दिएको विश्वासको दुरुपयोग र सेवा प्रवाहमा जवाफदेहिता नहुँदा निर्वाचन छिट्टै आयो ।
परिपक्व नेतृत्वको खोजी
लोकतान्त्रिक शासनव्यवस्थामा निर्वाचनलाई केवल सरकार परिवर्तनको यान्त्रिक प्रक्रिया मात्र मानिँदैन, बरु यो एक महापर्व हो, जहाँ सार्वभौम जनताले आफ्ना प्रतिनिधिमार्फत आफ्नो भविष्यको मार्गचित्र कोर्ने गर्छन् । आधुनिक लोकतन्त्रको आधारशिला नै प्रतिनिधिमूलक शासनव्यवस्था हो । जनसाङ्ख्यिकीय आकार सानो हुँदाको प्रत्यक्ष लोकतन्त्रको अभ्यास–जहाँ सबै नागरिक एकै ठाउँमा भेला भएर निर्णय लिन्थे, आजको जटिल समाजमा सम्भव छैन । जनताका मुद्दाहरूमा गहन छलफल गर्ने, साझा धारणा बनाउने र त्यसलाई नीतिगत रूप दिएर कार्यान्वयन गर्ने जिम्मेवारी निर्वाचित प्रतिनिधिमा निहित हुन्छ ।
१०० वर्ष अघिको गोर्खापत्र
१०० वर्ष अघिको गोर्खापत्र
आजको राशिफल
आजको राशिफल
दलको घोषणापत्रमा शिक्षा
नागरिकले छानेका पात्र र प्रणालीबाट सञ्चालन हुने राजनीतिक व्यवस्था लोकतन्त्र हो । लोकतन्त्र आधुनिक समाजमा सबैभन्दा उन्नत शासनप्रणाली मानिएको छ । यो नागरिक सहभागिताबाट नागरिककै लागि सञ्चालन गरिने प्रणाली हो ।
‘हर सिनेमा, हर भोइस’ माथि अन्तर्क्रिया
चैत १९ देखि २३ गतेसम्म हुन लागेको नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) को नवौँ संस्करणको तयारीमा चलचित्रसँग सम्बन्धित विभिन्न व्यक्तित्वसँग अन्तर्क्रिया कार्यक्रम आयोजना गरिएको छ । नक्सालस्थित कान्तिपुर थिएटरमा निफले ‘हर सिनेमा, हर भोइस’ शीर्षकमा तीन महिला निर्देशक समुन्द्र भट्ट, उषा रजक र सङ्गीता श्रेष्ठसँग अन्तर्क्रिया कार्यक्रम आयोजना गरेको छ ।
नेपालीलाई उच्च सतर्कता अपनाउन अनुरोध
संयुक्त अरब इमिरेट्स (युएई) मा रहेको नेपाली दूतावासले त्यहाँ रहेका नेपाली नागरिकलाई अनावश्यक यात्रा नगर्न आग्रह गरेको छ । दूतावासले शनिबार विज्ञप्ति जारी गर्दै मध्यपूर्वी क्षेत्रमा विकसित भएका परिस्थितिलाई ध्यानमा राख्दै दूतावासले नेपाली नागरिकलाई अनावश्यक यात्रा नगर्न र उच्च सतर्कता अपनाउन आग्रह गरेको हो ।
निर्वाचन नजिकिँदै गर्दा आन्तरिक उडानमा चाप
प्रतिनिधि सभा सदस्य निर्वाचन नजिकिएसँगै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुँदै आएको उडानमा हवाईयात्रुको चाप बढेको छ । आगामी बिहीबार हुने निर्वाचनको मिति नजिकिँदै गर्दा यहाँ भित्रिनेभन्दा बाहिरिने यात्रुको सङ्ख्या बढ्दै गएको विमानस्थल कार्यालयले जनाएको छ ।
नोबेल मेडिकल लापरबाही मुद्दा : आज फैसला हुन सक्ने
विराटनगरस्थित नोबेल हस्पिटल एण्ड मेडिकल कलेजमा उपचारका क्रममा गलत औषधीको प्रयोग गर्दा मृत्यु भएको विषयलाई लिएर दर्ता भएको चिकित्कीय लापरबाही मुद्दा अन्तिम फैसलाको चरणमा पुगेको छ ।
चाँदीमा लगानी बढ्दा आयात बढ्यो
पछिल्लो समय चाँदीमा लगानीकर्ताको आकर्षण बढ्दै गएको छ । सुनसँगै चाँदीको मूल्य निरन्तर बढ्दै गएपछि लगानीकर्तामा आकर्षण बढ्न थालेको हो । भन्सार विभागको तथ्याङ्क अनुसार चालु आर्थिक वर्ष २०८२/८३ को सात महिनामा ३३ करोड ८८ लाख २८ हजार रुपियाँ बराबरको एक हजार ५४० केजी चाँदी आयात भएको छ । गत वर्ष सो अवधिमा चार लाख ३१ हजार रुपियाँ बराबरको १५ केजी चाँदी आयात भएको थियो । लगानीकर्ताको अत्यधिक मागको कारणले यस वर्ष चाँदीको आयात अहिलेसम्मकै उच्च भएको भन्सार तथ्याङ्कले देखाएको छ । यस वर्ष चाँदीको मूल्य निरन्तर बढ्दै गएपछि लगानीकर्ताले चाँदीमा लगानी गर्न थालेपछि आयातमा ह्वात्तै बढेको हो ।
प्रदेश र स्थानीय तहको अनुदान कटौती गर्न मिल्दैन : वित्त आयोग
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले प्रदेश र स्थानीय तहमा जाने वित्तीय समानीकरण अनुदान कटौती नगर्न केन्द्र सरकारको ध्यानाकर्षण गराएको छ । यही फागुन ११ गतेको आयोगको बैठकले यस्तो निर्णय गरेको हो ।
विस्तार हुँदै मकै खेती
उम्मेदवार, नेता र कार्यकर्तालाई प्रतिनिधि सभाको निर्वाचनले व्यस्त बनाएको भए पनि दक्षिणी मोरङका मकै खेती गर्ने किसानलाई भने निर्वाचनले छोएको छैन । अगुवा मकैमा मल लगाएर सिँचाइ गर्न बितेको छ ।
भाइरल पार्कतिर पानी, खेतबारी सुक्खा
देशभर चुनावी माहोलले छोएको भए पनि सुनसरीका किसानलाई चुनावमा मतदानभन्दा बढी मकै, गहुँ र तरकारीबालीमा सिँचाइ गर्न नपाएकोमा चिन्ताले सताएको छ । चार वटा निर्वाचन क्षेत्र रहेको सुनसरीमा १०८ जना उम्मेदवार घरदैलोमा छन् ।
गहुँको नयाँ छ जात विकास
राष्ट्रिय गहुँबाली अनुसन्धान कार्यक्रमले तराई क्षेत्रका लागि जिङ्क गहुँ–१, जिङ्क गहुँ–२ र बोर्लग–२०२० जातको नयाँ गहुँको बिउ विकास गरेको छ । त्यसै गरी पहाडी क्षेत्रका लागि खुमलशक्ति, भेरीगङ्गा र हिमगङ्गाको जात विकास गरेको कार्यक्रमले जनाएको छ ।
जातीय भेदभाव र हिंसा रोकिएन
दलित समुदायमाथि इन्टरनेट र सामाजिक सञ्जाल माध्यमबाट पनि जातीय भेदभाव र हिंसा भइरहेको एक अध्ययनले देखाएको छ । सामाजिक सञ्जाल प्रयोगबाट अपमान, विभेद र हिंसा हुन थालेपछि दलितमाथि हुने जातीय विभेद र हिंसाको स्वरूप पनि ‘डिजिटलाइज्ड’ भएको अध्ययनको निष्कर्ष छ ।
दलका घोषणापत्रमा पूर्वाधार, महत्वाकाङ्क्षा कार्यान्वयनमा समस्या
फागुन २१ मा हुन लागेको प्रतिनिधि सभा निर्वाचनका लागि प्रचारप्रसारमा होमिएका राजनीतिक दलहरूले विगत झैँ विकास निर्माण र भौतिक पूर्वाधारलाई प्राथमिकतामा राखेर घोषणापत्र सार्वजनिक गरिसकेका छन् । नेपाली कांग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिस्ट पार्टी (नेकपा), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लगायतका दलले घोषणापत्रमा पूर्वाधार तथा राष्ट्रिय गौरवका आयोजनालाई प्राथमिकतासाथ उल्लेख गरेका छन् । घोषणापत्रमा मुलुकको समृद्धि र विकासलाई उच्च प्राथमिकता दिएको देखिन्छ ।
युद्धमा होमियो मध्यपूर्व
अमेरिका र इजरायल मिलेर इरानमाथि सैन्य आक्रमण सुरु गरेका छन् । अमेरिका र इरानबिचको जेनेभा वार्ता असफल भएपछि शनिबार बिहानदेखि इरानको राजधानी तेहरानलगायत विभिन्न स्थानमा हवाई आक्रमण गरिएको हो । आफूमाथि भएको आक्रमणको प्रत्याक्रमण स्वरूप इरानले इजरायलसहित कतार, बहराइन, संयुक्त अरब इमिरेट्स र कुवेतमा रहेका अमेरिकी सैन्य अखडालाई लक्षित गरी क्षेप्यास्त्र प्रहार गरेको छ । ती क्षेप्यास्त्रलाई प्रतिरक्षा प्रणालीले आकाशमै नष्ट पारिदिएको सम्बद्ध अधिकारीहरूले बताएका छन् । इरानले प्रत्याक्रमण गरेपछि मध्यपूर्वका सबै हवाई उडान प्रभावित भएको एपीले जनाएको छ ।