एक करोड ८९ लाख मतदाताका लागि २३ हजार मतदान केन्द्रमा विशेष व्यवस्था
कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले मतदान प्रक्रियालाई सहज र छिटो बनाउन विशेष प्रवन्ध मिलाइएको जानकारी दिनुभयो । उहाँका अनुसार आयोगले महिला र पुरुषका लागि छुट्टाछुट्टै लाइनको व्यवस्था गरेको छ भने वृद्धवृद्धा, सुत्केरी, अशक्त र अपाङ्गता भएका व्यक्तिहरूका लागि लाइनमा बस्न नपर्ने गरी प्राथमिकताको व्यवस्था गरेको छ ।
बागलुङका दुई हजार ३ सय २ किशोरीले एचपिभि खोप लगाए
जिल्लाका दुई हजार ३ सय २ जना किशोरीले पाठेघरको मुखको क्यासर विरुद्वको (एचपिभि) खोप लगाएका छन् ।
इलाम अस्पतालको आकस्मिक कक्षको नयाँ भवन निर्माण सुरु
इलाम अस्पतालको आकस्मिक कक्ष (इमजेन्सी) सेवाको नयाँ भवनको निर्माण कार्य सुरु भएको छ ।
सिन्धुलीमा निर्वाचन सामग्री बुझाउन सुरु
सिन्धुली जिल्लामा यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा खटिएका कर्मचारीहरूलाई आइतबारदेखि निर्वाचन सामग्री बुझाउन सुरु गरिएको छ ।
सबैभन्दा नयाँ र परिमार्जित पार्टी कांग्रेस नै हो : प्रदेश सभापति पुन
नेपाली कांग्रेसका लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनले अहिलेका लागि सबैभन्दा नयाँ र परिमार्जित दल नेपाली कांग्रेसनै भएको दाबी गर्नुभएको छ ।
निर्वाचनलाई निष्पक्ष रूपमा सम्पन्न गराउन सरकार शतप्रतिशत लागेको छः मन्त्री इङनाम
भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारणमन्त्री डा. कुमार इङनामले सरकारले निर्वाचनलाई निष्पक्ष रूपमा सम्पन्न गराउनका लागि सम्पूर्ण शक्ति परिचालन गरिरहेको बताउनुभएको छ ।
निर्वाचन मर्यादित बनाउन सुरक्षा र अनुगमनमा कडाइ
फागुन २१ गते हुने निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न मोरङमा सुरक्षा र अनुगमनको तयारीलाई तीव्र पारिएको छ ।
नयाँ घर पाएका बाढीपीडितले सम्झँदै भगवती
असोजको त्यो रात, आकाश अचानक कालो भयो । एकैछिनमा झमझम पानी पर्न थाल्यो । बुढी खोलामा बाढीसँगै डर पनि बढ्दै गयो ।
कास्कीमा रात्रिकालीन व्यवसाय ९ बजेपछि बन्द रहने
कास्कीमा फागुन १८ गतेदेखि रात्रिकालीन व्यवसाय सञ्चालनमा रोक लगाइएको छ ।
निर्वाचनमा खटिने कर्मचारीले बुझे नियुक्तिपत्र
फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनमा खटिने कर्मचारीले शनिबार नियुक्तिपत्र बुझेका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयबाट कर्मचारीले नियुक्तिपत्र बुझेका हुन् ।
कालीकोटमा मदिरा बिक्री निषेध
कालीकोटमा सात दिनसम्म मदिरा बिक्री बितरण गर्न पूर्णरुपमा निषेध गरिएको छ । फागुन २१ गते सम्पन्न हुने प्रतिनिधिसभा निर्वाचनलाई स्वच्छ, निष्पक्ष, तथा भयरहित बनाउन तोकिएको अबधिमा मदिरा बिक्री बितरण गर्न निषेध गरिएको हो ।
बदलिएको चुनावी शैली
इलामको क्षेत्र नं. १ मा विगतका निर्वाचनमा पूर्वप्रधानमन्त्री झलनाथ खनाल चुनावमा उठेपछि ठुलै तामझाम र होहल्ला हुने गथ्र्यो । यस पटक खनालले निर्वाचनमा उम्मेदवारी दिनु भएन । यस पटक
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित भोटे भाषा
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित भोटे भाषा
मतदान केन्द्रमा सबै महिला कर्मचारी
यही फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि मुस्ताङको दुई मतदान केन्द्रमा मतदान अधिकृतसहित शतप्रतिशत महिला कर्मचारी खटाइएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार घरपझोङ गाउँपालिका–३, स्याङस्थित जनकल्याण आधारभूत विद्यालय मतदान केन्द्र र जिल्ला कारागारमा जोमसोममा एक अस्थायी मतदान केन्द्रको जिम्मा महिलालाई दिइएको छ ।
किसानलाई सिँचाइको चिन्ता
देशभर चुनावी माहोलले छोएको भए पनि सुनसरीका किसानलाई चुनावमा मतदानभन्दा बढी मकै, गहुँ र तरकारी बालीमा सिँचाइ गर्न नपाएकोमा चिन्ताले सताएको छ । चार वटा निर्वाचन क्षेत्र रहेको
निर्वाचनको तयारी पूरा
गण्डकी प्रदेश निर्वाचन कार्यालय पोखराले प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ को सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । शनिबार पोखरामा पत्रकार सम्मेलनको आयोजना गरी गण्डकी प्रदेशका ११ जिल्लामा निर्वाचन आयोगको समन्वय र सहजीकरणमा निर्वाचन सम्पन्न गर्ने तयारी अन्तिम चरणमा पुगेको जानकारी दिएको हो ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित उराँव भाषा
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित उराँव भाषा
कहिल्यै भएन बाढी नियन्त्रणमा ठोस काम
निर्वाचनका बेला उम्मेदवारले बाढी नियन्त्रण र नदी व्यवस्थापनको विषयलाई सधैँ आफ्ना एजेन्डामा उल्लेख गर्ने गरेका छन् । जुनसुकै पार्टीका प्रतिनिधिले विजय प्राप्त गरे पनि पछिल्ला दिनमा भने बाढी नियन्त्रणको विषय ओझेलमा पर्ने गरेको छ । हरेक वर्ष बर्खाका बेला दोहोरिने कटान र डुबानको समस्याले स्थानीयवासी त्रसित छन् । यस पटक भने उनीहरूले बाढी नियन्त्रणमा स्पष्ट योजना र कार्यान्वयन क्षमता भएका उम्मेदवारलाई मात्र मत दिने बताएका छन् ।
मतदानका लागि स्वदेश फर्किनेको लर्को
प्रतिनिधि सभा सदस्यको निर्वाचन मिति नजिकिँदै जाँदा रोजगारीका लागि भारतका विभिन्न सहरमा गएका नेपाली मताधिकार प्रयोग गर्न स्वदेश फर्कने क्रम बढ्दै गएको छ । रोजगारीका लागि भारत गएका नेपाली अहिले ठुलो सङ्ख्यामा बाँकेको जमुनाह नाका हुँदै नेपाल भित्रिरहेको इलाका प्रहरी कार्यालय जमुनाहले जनाएको छ ।
रोजगारी दिनेलाई बादी समुदायको मत
कैलालीका विभिन्न क्षेत्रमा बसोबास गरेका बादी समुदायले आफ्नो समुदायको मुख्य समस्या बेरोजगार रहेको उल्लेख गर्दै रोजगारी सिर्जना गर्ने उम्मेदवारलाई मतदान गर्ने बताएका छन् । कैलालीको लम्कीचुहा, टीकापुर, गोदावरीलगायतका पालिकामा बादी समुदायको बसोबास रहेको छ । लम्कीचुहा नगरपालिका–३, बल्चौरकी रमा बादीले सो बस्तीमा २३ जिल्लाका बादी समुदायको बसोबास रहेको बताउनुभयो । उहाँले बादी समुदायको बसोबासको ठेगान नभएको अवस्थामा तत्कालीन बादी समुदायको आन्दोलन र सङ्घर्षपछि सरकारसँग सम्झौता भएपछि धेरैको बसोबास टुङ्गो लागे पनि साँझबिहान छाक टार्ने समस्या समुदायमा रहेको बताउनुभयो ।
निर्वाचनको सम्पूर्ण तयारी पूरा
प्रदेश राजधानी सुर्खेतमा यही फागुन २१ गते हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको छ । निर्वाचनमा खटिने कर्मचारीलाई प्रशिक्षण, सुरक्षाकर्मी परिचालन, मतदान केन्द्रको अनुगमनलगायतका सम्पूर्ण काम सकिएको जिल्ला प्रशासन कार्यालय सुर्खेतको निर्वाचन सेलले जनाएको छ ।
दह्रो प्रतिस्पर्धामा प्रमुख नेता
‘नम्बरी सुनलाई कसी लगाउन पर्दैन’ नेपाली समाजको यो कथन दलका ठुला नेताको मामिलामा कमजोर ठहरिएको छ । दशकौँदेखि नेपाली समाजमा खारिएर आएका नेपालका राजनीतिक दलका ठुला नेता कसी लाउन नपर्ने नम्बरी सुन झैँ जनताले झट्ट पत्याइहाल्ने अवस्थामा देखिएका छैनन् ।
निर्वाचनको तयारी अन्तिम चरणमा
सिन्धुली जिल्लामा फागुन २१ गते हुन गइरहेको प्रतिनिधि सभा सदस्य निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको छ । निर्वाचनमा खटिने मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई अभिमुखीकरण कार्यक्रम सम्पन्न गरी नियुक्तिपत्र वितरण सुरु गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
सुदूरपश्चिमको विकास
सङ्घीय लोकतान्त्रिक गणतन्त्रले देशलाई सात प्रदेशमा संस्थागत गरेको छ । समन्वयात्मक विकास र पारस्परिक सहयोग नेपाली सङ्घीयताको मूल मर्म हो । आसन्न प्रतिनिधि सभाको निर्वाचनमा सबै प्रदेशले विकासका सपना सजाएका छन् । राजनीतिक दल तथा उम्मेदवारले आआफ्नो प्रदेशको विकासका निम्ति घोषणापत्रमा अनेक विषय समावेश गरेका छन् । दलका घोषणापत्रलाई अझ सविस्तार गर्दै प्रदेश तहमा पनि दल तथा