• १७ फागुन २०८२, आइतबार

इलाम अस्पतालको आकस्मिक कक्षको नयाँ भवन निर्माण सुरु

blog

इलाम अस्पताल

कोकिला ढकाल

इलाम, फागुन १७  गते । इलाम अस्पतालको आकस्मिक कक्ष (इमजेन्सी) सेवाको नयाँ भवनको निर्माण कार्य सुरु भएको छ ।

भारतीय राजदूताबासको सहयोग र इलाम नगरपालिकाको लागत साझेदारीमा नयाँ भवन निर्माण सुरु भएको इलाम नगर पालिकाले जनाएको छ । भवन निर्माणका लागि ११ करोड ९६ लाख ५ हजार ६ सय ५७ रुपियाँमा ठेक्का लागेको इलाम नगरपालिकाका इन्जिनियर क्षितिज दाहालले बताउनुभयो । दाहालका अनुसार दुतावासको ९० प्रतिशत रकम र नगरपालिको दस प्रतिशत लागत साझेदारीमा भवन निर्माण पुरा हुने छ । 

अर्थ डिजाइनर्स एन्ड डेभलोपर्स प्रालि हेटाैँडा ६ मकवानपुरले ठेक्का पारेरे सुरु भएको भवनका आगामी २०८४ जेठ १५ गते सम्म निर्माण कार्य सम्पन्न गरिसक्नु पर्ने छ । निर्माण हुने दुई तले पक्की भवनमा आकस्मिक सेवा साथै आइ सियू, अप्रेसन थ्रिएटर, ओपिडीसहित अन्य वार्डहरू सञ्चालन हुने इन्जिनियर दाहालले जानकारी दिनुुभयो ।