शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
काठमाडौँ, फागुन १७ गते । विभागीय टोली त्रिभुवन आर्मी क्लबले एन्फा राष्ट्रिय लिगमा नव जनजागृति युवा क्लबमाथि सहज जित निकालेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आइतबार भएको खेलमा आर्मीले नव जनजागृतिलाई ३–० गोलले हरायो । एकपक्षीय खेलमा आर्मीलाई जिताउन र्जप्रिन्स कार्कीले नवौँ, नवयुग श्रेष्ठले ५४औँ र कुन्साङ लामाले ७६औँ मिनेटमा गोल गर्नुभयो ।
लिगमा आठ खेल सकेको आर्मीको यो पाँचौँ जित हो । जितसँगै आर्मीले १७ अङ्क बनाएको छ । समान खेलमा अङ्कविहीन नव जनजागृति युवा क्लब अन्तिममा छ । १३ टोली सहभागी राष्ट्रिय लिगको विजेताले ५० लाख रुपियाँ पुरस्कार पाउने छ ।