• ४ चैत २०८२, बुधबार

क्युबाविरुद्ध कारबाही गर्ने ट्रम्पको चेतावनी

blog

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प

वासिङ्टन, चैत ४ गते । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलाबाट तेल निर्यात रोकिए पछि  बढ्दो विद्युत् सङ्कटको सामना गरिरहेको अवस्थामा क्युबाको  सरकार विरुद्ध तत्काल कारबाही गर्ने चेतावनी दिनुभएको छ ।

अमेरिकी राष्ट्रपति ट्रम्प र विदेशमन्त्री मार्को रुबियोले टिप्पणी गर्दै अमेरिकाले क्युबामा आफ्नो प्रभाव विस्तार गर्न सक्ने  चेतावनी दिएका हुन  । 

हालको विषम परिस्थितीले वासिङ्टनलाई क्युबा माथि चाँडै कारबाही गर्न प्रेरित गरिरहेको उल्लेख गर्दै उनीहरूले टापुले सामना गरिरहेको अत्यन्त कठिन परिस्थितिबारे प्रकाश पारेका छन् । 

रुबियोले  टापुको अर्थतन्त्र नियमसङ्गत र राजनीतिक तथा सरकारी प्रणाली रहेर सञ्चालन नभएकाले यसलाई तत्काल लयमा ल्याउन नसकिनेसमेत बताउनुभएको छ ।

क्युबाका राष्ट्रपति मिगुएल डियाज–क्यानेलले उक्त टिप्पणीलाई आफ्नो देश विरुद्धको अमेरिकी धम्कीको रूपमा आलोचना गर्दै सामाजिक सञ्जाल एक्स मार्फत क्युबाले जस्तो सुकै अवस्थामा पनि आक्रमणको कडा प्रतिरोध गर्ने बताउनुभएको छ । रासस, क्युएनए